नेकपा (विप्लब) रोल्पा जिल्ला सदस्य अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हरी वली माओवादी केन्द्र समाहित
समाचारदाता
भाद्र १६ लिबाङ

जनजन माओवादी, घरघरमा माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आज नेकपा (बिप्लब) का रोल्पा जिल्ला समिति सदस्य एवं अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हरीबहादुर वली नेपाल कमयुनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) रोल्पाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ट सदस्य एवं जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका इन्चार्ज तथा संयोजक पूर्ण घर्तीमगरले अविर लगाएर घर प्रवेश गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ट सदस्य एवं सदस्य एवं जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका इन्चार्ज पूर्ण घर्तीमगरले माओवादी क्रान्तिकारीहरुले सञ्चालन गरेको आन्दोलाई लक्ष्यमा पु¥याउन, सिंगो आन्दोलनको सपना पूरा गर्नका लागि माओवादी घटकहरु एक हुनु पर्ने आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयोः“यो पार्टी प्रवेश होइन यो घर प्रवेश कार्यक्रम को रुपमा लिनुपर्दछ किन किन हामी माओवादी घटकहरु सबै एक स्थानमै रहुनु पर्दछ वाँकी क्रान्तिका, शहीदको र सिंगो आन्दोलनलाई लक्ष्यमा पु¥याउनु छ हामी एकता बद्ध हुनु पर्दछ । ”
बरिष्ठ केन्द्रीय सदस्य घर्तीमगरले माओवादी जनयुद्धले नेपालमा परिवर्तन गरेको बताउँदै आगामी दिनमा पनि परिवर्तनको ऐजेण्डालाई स्थापित गर्नका लागि माओवादी नै जिम्मेवारी रहनु पर्ने बताउनुभयो । उहाँले एक आपसमा होइन सिंगो नेपाली जनतलाई नेतृत्व गर्द एकताबद्ध गरेर मात्रै नेपाली राजनीतिक क्रान्ति पूरा हुने बताउनुभयो । उहाँले हरीबहादुर वलीको जिम्मेवारीको विषयमा समान स्तरको हैसियतमा काम गर्ने जिम्मेवारी प्रदान गर्ने बताउँदै स्वागत समेत गर्नुभयो ।


यस्तै कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका बैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र थापा घर्तीमगरले नेपाली क्रान्तिको बाँकी अभिभारा पूरा गर्नका लागि सबै लाग्नु पर्ने बताउँदै वली माओवादी केन्द्रमा समाहित हुने कुरालाई आपूm खुशी भएको बताउनुभयो । उहाँले जनता र देशको सपना पूरा गर्नका लागि सँगै लामबद्ध हुने बताउनुभयो ।

कार्यक्रममा हरीबहादुर वलीले आफु समाहित नेकपा मनोगत भएको र अझै सम्म पनि केही नयाँ कार्य गर्न नसकेकोले गर्दा सो पार्टी भन्दा नेकपा (माओवादी केन्द्र) नै सकरात्मक बाटोमा रहेको निष्कर्षसहित माओवादी केन्द्रमा समाहित भएको बताउनुभयो । उहाँले भन्नुभयोः–“बिप्लबको नेतृत्वमा रहेको नेकपाले जसरी काम गर्ने सपना देखाएको थियो, आफुले सोचेर लागेको तर त्यो अधुरा सपनाहरु पुरा गर्न र आफ्नो प्रतिवद्धता अनुसार अगाडि बढ्न नसकेकोले गर्दा आफू माओवादी केन्द्रमा समाहित भएको छु । आजैदेखि म माओवादी केन्द्रमा समाहित भएको घोषणा गर्दछु । ”
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रदेश समिति सदस्यहरु रेशम पुनमगर, शोभाराम राना, प्रेस सेन्टर लुम्बिनी प्रदेश समिति अध्यक्ष एवं सदस्य मानसिंह विश्वकर्मा, नेकपा (माओवादी) रोल्पा नगरपालिका समिति अध्यक्ष फविन्द्र आचार्य लगायतको आतिथ्यता रहेको थियो ।  

You may also like