“सभामुख महरामाथी होइन परिवर्तनकारीमाथीको हमला हो”

रोल्पा समाचारदाता
असोज २६


प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि ‘जवरजस्ती करणी’ प्रयास गरेको भनि आरोप लगाएकोमा राष्ट्रिय तथा अन्तरािष्ट्रय शक्ति केन्द्रहरुले बढी चासो दिएको बताउँदै यो सभामुख माथीको मात्रै हमला नभएर परिवर्तनकारी शक्ति तथा सँस्थामाथीको हमला भएको प्रतिक्रिया बताउनुभयो ।

यस्तो विचार मन्त्री केसी प्रेस संगठन रोल्पाले लिबाङमा आयोजना पत्रकार भेटघाट कार्यक्रममा आज रोल्पाको लिबाङमा बताउनुभएको हो ।
कृष्णबहादुर महरासर रोल्पा र देशको एउटा धरोहर भएको बताउँदै सबैलाई सो घटनाले स्तब्ध बनाएको बताउँदै भन्नुभयो ः–“यो घटनाले रोल्पा र देशलाई बढी क्षति र मर्माहत बनाएको छ त्यसमा बढी चासो दिएर महरासरलाई अमानवीय तरिकाले घेराबन्दी गरेको छ । त्यसमा हामी पनि लडनु पर्दछ । ”
उहाँले भन्नुभयोः–“मानिसहरुमा सबैको केही कमजोरी भएपनि त्यसका आम जीवन नै सिध्याने गरी जो खेल भएको छ, विदेशी तथा कानूनी निकायले बढी सरकार बढी लागेको छ, यसले राम्रो पारेको छैन ।” यसबारे अनुन्धान होला तर त्यसलाई अतिरञ्जित गर्न आवश्यक नरहेको बताउनुभयो ।
केसीले भन्नुभयोः–“कृष्णबहादुर महरा सर हामी सबैको आदर्श गुरु हुनुहुन्छ । निरन्तर राजनीतिक यात्रामा छाँै, आजसम्मको व्यवहारले त्यसो घटना उहाँबाट हुन सक्ने भन्दा पनि सोच्न समेत नसक्ने कुरा हो । यो व्यवस्था र परिवर्तनकारी शक्तिका विरुद्धमा लागेको कुरा हो । यो घटनाका रचनाकारहरु पूर्णत असफल हुन्छन् । ”

You may also like