स्वास्थ्यकर्मीले जनताको सेवा गर्दै माओवादीको पक्षमा जनमत सृजना गर्नु पर्दछ । —केन्द्रीय सदस्य घर्ती


लिबाङ रोल्पा
भाद्र १४


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र थापा घर्तीमगरले माओवादी केन्द्रमा आस्था राख्ने सम्पर्ण कर्मचारी तथा सदस्यहरुले आफ्नो क्षेत्रबाट जनतालाई सेवा गरी माओवादीको पक्षमा जनमत निर्माण गर्नका लागि सबैलाई अपिल गर्नुभयो ।
यस्तो विचार बैकल्कि केन्द्रीय सदस्य घर्तीमगरले ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मुलनारा साथ सञ्चालित जनतासंग माओवादी विशेष रुपानतर अभियानको क्रममा प्रगतिशील स्वास्थ्यकर्मी महासंघ रोल्पाको प्रथम जिल्ला भेलालाई सम्वोधन गर्दै बताउनुभएको हो । उहाँले माओवादीले नै जनताको मुक्तिका लागि नेतृत्व गरेकोले गर्दा आगामी दिनमा पनि माओवादीको पक्षमा जनमत सृजना गरी माओवादी केन्द्रले लिएको समाजवाद निर्माणको यात्रालाई अगाडि बढाउनको लागि अभियानको थालनी समेत गरेको बताउनुभयो ।


उहाँले तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धलाई सफल बनाउनको लागि माओवादी निकट स्वास्थ्यकर्मीहरुको भूमिका अतुलनीय रहेको बताउँदै यस व्यवस्थालाई सँस्थागत गर्नका लागि पनि स्वास्थ्यकर्मीहरुले आफ्नो स्थानबाट भुमिका खेल्नुपर्ने बढाउनुभयो ।
नेपालको आमूल परिवर्तनका लागि माओवादी खेलेको भूमिका र पछिल्लो समयमा भएका प्रगतिका बारेमा आम जनतालाई स्पष्ट रुपमा बुझाएर अगाडि बढ्ने बताउनुभयो । उहाँले आम जनताको घर घरमा गएर राजनैतिक रुपमा प्रशिक्षण गर्ने बताउनुभयो ।
भेलाका विशष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयोजक पूर्ण केसीले माओवादी केन्द्रमा आस्था राख्ने सम्पूर्ण स्वास्थ्य कर्मीहरुलाई गोलबन्द गर्दै अगाडि बढ्नका लागि हार्दिक अपिल गर्नुभयो । उहाँले रोल्पा माओवादीको राजनीति, विचार, दर्शलाई आम जनतासम्म पु¥याउनको लागि अनुरोध गर्नुभयो । उहाँले नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द) ले लिएको अभियानलाई सफल पार्नका लागि लाग्न समेत अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विश्वकर्मा, राष्ट्रिय जनस्वास्थ्यकर्मी महासंघ प्रदेश सदस्य टंक गिरी, नेपाल औषधी संघ रोल्पाका अध्यक्ष शिवप्रसाद आचार्य, राष्ट्रिय प्रगतिशील स्वास्थ्य संगठनका प्रदेश समिति उपाध्यक्ष पदम घर्तीमगर, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन  जिल्ला अधयक्ष त्रिभुवन घर्तीमगर, नेपाल राष्ट्रिय कर्मचारी निजामतिका जिल्ला कोषाअध्यक्ष हुकम पुनमगर लगायतका आतिथिहरुको आतिथ्यता रहेका थिए । 

भेलाले टंक गिरी संयोजकत्व र दिपेन्द्र कुमार घर्तीमगर सचिव रहेको तदर्श समिति गठन गरेको छ ।

You may also like