पहिरोबाट खसेको ढुङ्गा लागेर रोल्पामा एक महिलाको मृत्यु

रोल्पा समाचर दाता

भाद्र १०,लिबाङ रोल्पा

माडी गाउँपालिका-६ धाराखोला/भार्णिबाङ सडक खण्ड पहिरोबाट खसेको ढुङ्गाले लागेर माडी गाउँपालिका-५ बाङ्गमा निवासी लालि वलीकाे मृत्यु भएको छ ।

पहिरो खसेको ठाउँमा बाटो क्रस गर्दै गर्दा ढुङ्गाले लागेर छियाछिया भएको शरीर करिव ५०/६० मिटर तल थियो । इलाका प्रहरी कार्यालय घर्तिगाउँका प्रहरी, माडी गाउँपालिका गाउँप्रहरी र माडी-५ भाबाङका युवाहरुबाट जोखिम मोलेर लासलाई उद्धार गरेका थिए ।

You may also like