आफूले पाएको ५० हजारको पुरस्कारमा ५० हजार थपेर १ लाखको शहीद दिलबहादुर रम्तेलको नामबाट पुरस्कारकोष स्थापना


रोल्पा समाचारदाता
चैत्र ३ रोल्पा

This image has an empty alt attribute; its file name is 2077-11-28-2077.jpg

आफूले पाएको ५० हजारको पुरस्कारमा ५० हजार थपेर १ लाखको शहीद दिलबहादुर रम्तेलको नामबाट पुरस्कारकोष स्थापना
नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष,ं रोल्पा समाचार साप्ताहिकका प्रकाशक एवं सम्पादक मानसिंह विश्वकर्माले नेपाल राष्ट्रिय दलित पत्रकार संघ, नेपालले प्रथम महाधिवेशनको अवसरमा पर्शु–शिवरी पत्रकारिता पुरस्कारबाट आफूले पाएको ५० हजारको नगद पुरस्कारमा थप ५० हजार थपेर गणतान्त्रिक आन्दोलनका प्रथम शहीद दिलबहादुर रम्तेलको नाममा १ लाखको अक्षयकोष स्थापना गरी ‘दिलबहादुर रम्तेल शाहसिक’ पत्रकारिता पुरस्कारको स्थापना गर्नुभएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालको बुटवलमा २८ गतेदेखि चैत्र १ गते सम्म सञ्चालित राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा व्यावसायीक तथा अधिकारकर्मी पर्शु शिवसरी पत्रकारिता पुरुस्कार २०७७ बाट नगद पुरस्कारसहित सम्मानति हुनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट सम्मानित भएपछि उहाँले आफूले पाएको ५० हजार नगद रुपैयामा फेरी आफ्नो तर्फबाट ५० हजार रुपैया थपेर १ लाख रुपैयाको अक्षयकोको स्थापना गरी ‘दिलबहाद्ुर रम्तेल शाहसिक’ पत्रकारिता पुरस्कार कोष स्थापना गर्नुभएको छ । पुरस्कृत हुनेहरुको तर्फबाट वोल्दै उहाँले भन्नुभयोः–“जनयुद्धमा करिव बाल्यकालमै भूमिगत भई बाल संगठनको, विद्यार्थाी संगठनको राजनीति जीवनबाट २०६० सालदेखि युद्धपत्रकारितामा लागेको थिए । हाम्रो लागी दिलबहादुर रम्तेलले १२ वर्षमै जीवन गुमाउनु भएको थियो, उहाँले हाम्रो स्वतन्त्रता र मुक्तिका लागि जीवन आहुति दिनुभयो, उहाँ नै गणतान्त्रिक आन्दोलनको प्रथम शहीद हुनुहुन्छ, उहाँको नाममा सरकार, नत पार्टी लगायतले केही गरेको छैन, त्यसका लागि मैले पाएको नगदमा थपेर कोष स्थापना गर्दछु,। हामीले शहीदलाई सम्झिने बाटो बनाउनुपर्दछ” । शहीदहरु सबैको साझा भएकाले तिनको वलिदानलाई सम्झिनका लागि पनि स्थापना गरिएको रोल्पा समाचार साप्ताहिकसंग प्रतिक्रिया दिनुभएको छ । सो पुरस्कारमा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले पनि १ लाख राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

This image has an empty alt attribute; its file name is ma.jpg


युद्ध पत्रकारदेखि हालसम्म निरन्तर पत्रकारिता पेशामा आवद्ध मानसिंह विश्वकर्मा हाल रोल्पा समाचार साप्ताहिकको प्रकाशक एवं सम्पादकको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । नेपाल पत्रकार महासंघ रोल्पाका २ कार्यकालका सचिव र पाचौ अधिवेशनबाट निर्वाचित अध्यक्ष भइ भूमिका निर्वाह गरि सक्नुभएको छ । त्यस्तै हाल प्रेस संगठन नेपालको लुम्बिनी प्रदेशको संयोजकको जिम्मेवारी समेत निर्वाह गरिरहनुभएको छ । हाल नेपाल राष्ट्रिय दलित पत्रकार संघ, नेपालको केन्द्रीय सदस्यमा समेत निर्वाचित हुनुभएको छ ।

This image has an empty alt attribute; its file name is ghasama-1024x473.jpg


रोल्पामा पत्रकारिता र व्यावसायीक क्षेत्रमा अगाडि बढ्नुभएको मानसिंह विश्वकर्माले नेपाल पत्रकार महासंघ रोल्पाले वितरण गर्नेगरी स्वर्गिय बुवा लछुमन विश्वकर्माको नाममा १ लाखको ‘लछुमन कृष्णसेन स्मृति’ पत्रकारिता पुरस्कार स्थापना गरि सक्नुभएको छ । रोल्पा समाचार साप्ताहिकका प्रकाशक एवं सम्पादक मानसिंह विश्वकर्माले विभिन्न सामाजिक, राजनीतिक, विविध क्षेत्रमा काम गरि उदाहरणीय काम गरि रहनुभएको छ ।

You may also like