माओवादी विशेष रुपान्तर अभियानका लागि बिभिन्न पालिकाको प्रचार बिभाग संयोजक तोक्दै पे्रस सेन्टर रोल्पाको बैठक सम्पन्न


रमेश डाँगी भदौ ५


रोल्पा नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन पे्रस सेन्टर रोल्पाको नियमित बैठक बसेको छ । घर घरमा माओवादी, जनजनमा माओवादी भन्ने मूल नाराका साथ सञ्चालन अभियानका लागि बैठक बसेको हो ।
पे्रस सेन्टर रोल्पाका अध्यक्ष देवी गुरुङको अध्यक्षतामा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र) रोल्पाका संयोजक पुर्ण केसी (करेन्ट) को प्रमुख आथित्यता रहेको थियो । भने बिशिष्ट आथित्यतामा पे्रस सेन्टर लुम्विनी प्रदेशका फ्याक्सन ईन्चार्ज मानसिङ बिक, केन्द्रिय सदस्य नबिन लोचन मगर लगाएत प्रदेश सदस्य तथा जिल्ला कार्य समितिका सदस्यहरुको उपश्थिति रहेको थियो ।
बैठकले बिभिन्न निर्णयहरु गरेको छ जस अनुसार पार्टीले भदौ १६ बाट सुरु गर्न लागेको जनतासंग माओबादी रुपान्तरण अभियानलाइ सहयोग गर्न बिभिन्न पालिकामा प्रचार बिभाग प्रमुखहरु छनौट गरेको छ । जस अनुसार रोल्पा नगरपालिकामा देवी गुरुङ, सुनिलस्मृती गाँउपालिकामा भरत नेपाली, सुनछहरी गाँउपालिकामा जुनिसकुमार बिष्ट, परिवर्तन गाउपालिकामा स्मृती रोका, थबाङ गाउपालिकामा रमेश डाँगी, गंगादेव गाउपालिकामा टेकम ओली, माडी गाउपालिकामा बुद्दिमान ओली, रुन्टिगढी गाउपालिकामा तेजबिर बिसी र त्रिवेनी गाउपालिकामा प्रदेश सदस्य घनश्याम केसीलाइ जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै प्रदेश १(१)को सम्पुर्ण प्रचार बिभाग र समाचार कलेक्सनका लागि प्रदेश सदस्य खुबिना सुनारी मगर तथा प्रदेश ख को सम्पुर्ण प्रचार बिभागका लागि प्रदेश सदस्य टेकम ओलीलाई जिम्मेवारी दिएको पे्रस सेन्टर रोल्पाले जनाएको छ । प्रमुख अतिथि रुपमा रहनु भएका माओबादी केन्द्र जिल्ला संयोजक करेन्टले प्रेस सेन्टरले लामो इतिहास बोकेर आएकाले सम्पुर्ण सदस्यलाइ प्रेस सेन्टरको बिधि र पद्यतीमा रहेर इमान्दारीका साथ कामकार्य समाचारहरु संकलन गर्न आग्रह गर्नु भएको थियो । साथै भर्खरै सम्पन्न भएको माओबादी केन्द्र प्रदेश समितिको पुर्ण बैठकले रोल्पा जिल्लाको संंयोजकको जिम्मेवारी प्रदान गरेकोमा प्रेस सेन्टर रोल्पाले पुर्ण केसी (करेन्ट)लाई बधाई तथा सफल कार्यकालको सुभकामना ब्यतm गरेको थियो ।

You may also like