रोल्पाको गैरीगाउँमा बस दुर्घटनामा मृत्यक, घाइते हुनेको विवरणसँगै अवस्था विस्तृतमा


खुम बहादुर सुनार लिबाङ रोल्पा
साउन २३ गते

त्रिवेणी ७ गैरीगाउँ रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना. ख. २६१२ नम्बरको बस दुर्घट ना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिनुभयो ।
सूचना अधिकरी भुसालका अनुसार मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका–२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ का अन्दाजी ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी, परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्त बहादुर विक रहेका छन् । यस्तै बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको सूचना अधिकरी भुसालले बताउनुभयो । सडकदेखि करिब १५० मिटर तल खसेको उक्त बसमा १९ जना यात्रु सवार रहेको प्रहरीको जानकारी दिएको थियो । घाईतेहरु माडी गाउँपालिका –६ बस्न बर्ष १४ को नबिन बुढाको खुट्टामा चोट बोल्न सक्ने अवस्था, त्रिबेणि गाउँ पालिका.–७ छम्पा सुनारी बस्ने बर्ष ६२ को कमानसिंह सुनारको टाउँकोमा चोट, बोल्न सक्ने अवस्था मध्यम रहेको बताउनुभयो ।
यसैगरी रोल्पा नगरपालिका वडा–६ दार्वोट बस्ने वर्ष २५ को कमान सिंहको शरीरको बिभिन्न भागमा चोट, अवस्था गम्भीर रहेको, माडि गाउँपालिका.–४ बस्ने बर्ष ९ को मिलन डाँगीको शरीरको बिभिन्न भागमा चोट, बोल्न सक्ने अबस्था गम्भीर रहेको, माडि गाउँपालिका–६ कोर्चावाङ बस्ने बर्ष १५ को मुकेश पुनको हातमा चोट, । माडि गाउँपालिका.–२ घर्तिगाउँ बस्ने बर्ष २० को जितेस बाठाको शरीरको बिभिन्न भागमा चोट,अवस्था गम्भीर रहेको, माडि गाउँपालिका–७ बस्ने बर्ष २३ की हिमानी घर्तिको हात खुट्टामा चोट, यहि हिमानी घर्तिको छोरा ११ महिनाको ओल्सन घर्ति,अवस्था मध्यम रहेको छ, माडि गाउँ पालिका.–४ बस्ने बर्ष २२ कबिता खड्काको शरिरको विभिन्न भागमा चोट, कबिता खड्काको छोरा बर्ष–५ को युस खड्काको शरिरको बिभिन्न भागमा चोट, माडि गाउँपालिका–४ बस्ने बर्ष २६ कि मिना डाँगी हात मा चोट, घर्तिगाउ बस्ने बर्ष २८ बस्ने तिरपना बाठाको ढाडमा चोट, परिवर्तन गाउँपालिका–३ बस्ने बर्ष २४ को खुम्बु बुढा, त्रिबेणी गाउँपालिका.–२ नुबागाउँ बस्ने बर्ष अन्दाजी १७ कि पुर्णीमा बुढा शरिरको विभिन्न भागमा चोट, अबस्था गम्भीर रहेको, बर्ष १३ कि सुस्मिता बुढा ढाडमा चोट, माडी गाउँपालिका–२ बस्ने बर्ष ४० कि बिर्जना घर्ति ढाडमा चोट, माडी गाउँपालिका.–२ घर्तिगाउ बस्ने बर्ष २४ को कमल खड ्काको शरिरको बिभिन्न भागमा चोट, रोल्पा नगरपािलिका –.६ दारबोट बस्ने बर्ष २४ को ईन्द कुमार घर्र्ती को अबस्था सामान्य रहेको, जिल्ला दाङ घोराही उ.म.न.पा.१२ हापुर बस्ने बर्ष–२४ को हुमराज बस्नेत, टाउकोमा चोट, अबस्था सामान्य, (चालक) नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
सो दुर्घटना सहिद मार्गको ऋचिमा कच्ची सडक र हिलाम्मे भएका कारण चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिनुभयो । उक्त घटना थाहा पाउँन साथ जिल्ला सदरमुकाम लिबाङबाट प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, जिल्ला प्रहरी नायब उपरीक्षक श्याम सारुमगर लगायतको टोली घटना स्थलमै पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिनु भएको थियो । दुर्घटना भएको खबर पाउना साथ नेपाल प्रहरीका दारबोट, जुँगार र सशस्त्र प्रहरी बल समेत उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

You may also like