“१० वर्ष जनयुद्धपछि दलितहरुले थप अधिकार पाएका छौँ ।” केन्द्रीय सदस्य विश्वकर्मा


रोल्पा समाचारदाता
लिबाङ , रोल्पा
साउन २३ गते


नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय समिति सदस्य एवं दलित अधिकारकर्मी मानिसंह विश्वकर्माले दलित

समुदायले १० वर्षको महान् जनयुद्धपछि थप अधिकार पाएको बताउँदै सो अधिकारको सँस्थागतका लागि दलित समुदाय नै सचेत हुनुपर्ने बताउनुभयो ।
यस्तो विचार केन्द्रीय सदस्य विश्वकर्माले नेपाल दलित मुक्तिमोर्चा रोल्पा नगरपालिकाको आयोजनामा संगठन सुदृढी तथा बिस्तार अभियान अन्तर्गत रोल्पा नगरपालिका वडा नं ४ लिबाङमा भएको वडा भेला तथा राजनैतिक प्रशिक्षणमा कार्यक्रममा सोमबार बताउनुभएको हो । उहाँले जनयुद्धलाई दलित समुदायको मुक्तिको मार्ग भएको बताउँदै अब थप अधिकार र संविधानको कार्यन्वयनको लागि अझै सशक्त ढंगले लाग्नुपर्ने बताउनुभयो । विगतको राज्यले विभेद गरेपनि वर्तमानको राज्यले दलितको संबाङ्गीण विकासका लागि लागेको बताउँदै त्यसका लागि अगाडि बढ्नु पर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका विश्वकर्माले दलितहरुलाई हुने विभेदको विरुद्धमा गैर दलित समुदायले पनि सकरात्मक भूमिका निर्वाह गरेको बताउँदै त्यसलाई पनि एकीकृत गरेर लग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा रोल्पा नगर कार्यपालिका सदस्य देवबहादुर विक, नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति रोल्पाका सदस्य अविनास वि.क., नेकपा (माओवादी केन्द्र) केन्द्र रोल्पा नगरपालिकाका वडा सचिव केशरबहादुर विक, नगर कार्यपालिका सदस्य हरी विक, नेकपा (माओवादी केन्द्र) रोल्पा वडा नं. ६ को वडा सदस्य करण परियार लगायतको आतिथ्यतामा रहेको थियो ।


राजनीतिक प्रशिक्षण सँगै भएको भेलाले एकादेव विश्वर्माको अध्यक्षतामा ११ सदस्यीय वडा समिति निर्माण गरेको छ । अब वडाहरुको विकास निर्माण, जातीय विभेद लगायत समुदायको विकासमा सामूहिक ढंगले अगाडि बढ्ने निर्णय गरेको छ ।
नेपाद दलित मुक्तिमोर्चा रोल्पा नगरपालिकाका सचिव दामोदर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममो सञ्चालन दिपेश विश्वकर्माले गर्नुभएको थियो । यस भन्दा अगाडि अभियान अन्तर्गत रोल्पा न.पा. ७ मा २१ गते सम्पन्न भईसककेको छ भने २४ गते वडा नं. १ मा गर्ने नगर सचिव दामोदर विकले जानकारी दिनुभयो ।

You may also like