“बलिदानबाट आएको संघीयताको सबै लागेर रक्षा गर्नु पर्दछ । ” –सभामुख पूर्ण घर्तीमगर


रोल्पा समाचारदाता
साउन १८ रोल्पा


लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण घर्तीमगरले नेपालको आमूल परिवर्तनका लागि गरिएको बलिदान, त्याग, तपस्याबाट संघीयता प्राप्त भएकोले गर्दा संघीयताको आवश्यकता मात्रै होइन अनिवार्यता नै भएको बताउनुभयो । उहाँले संघीयता विरोधीहरुले संघीयता खारेजीको कुरा गरिरहेकोले त्यसका विरुद्धमा सबै राजनीतिक दलहरुको साझा ऐजेण्डा भएकाले त्यसको रक्षा सबै मिलेर गर्नुपर्ने बताउनुभयो ।

सभामुख घर्तीमगरले यस्तो विचार रोल्पा जिल्लाको भ्रमणमा पुगेको बेलामा रोल्पाको सदरमुकाम लिबाङमा सञ्चारकर्मीहरुसँग भएको भेटघाटमा बताउनुभएको हो । 


उहाँले भन्नुभयो:–“संघीयता आम नेपाली आमाका सन्तानहरुको बलिदान, राजनीतिक दलहरुको साझा आन्दोलनबाट आएको हो त्यसैले संघीयता नयाँ शासन पद्धतीका भएकाले आवश्यकता छ, संघीयता विरोधीहरुले नै खारेज गर्न खोजेका छन् तर ति शक्तिको विरुद्धमा सबैले सचेत हुनुपर्दछ । ”
उहाँले नेपालमा संघीयताको खारेजी होइन कि यसमा देखिएको समस्या तथा गलत प्रवितिलाई अन्त्य गर्दै राजनीतिक संस्कार अनुसार अगाडि बढाउनुपर्नेमा बताउनुभो । संघीयतालाई कतिपय शक्तिहरुबाट असफल बनाउनतिर लागि रहेको बताउँदै अधिकारको कुरा गर्दै गर्दा सचेत नागरिकले कतव्र्यको बोध गरी संघीयतालाई बलियो बनाउनुपर्ने बताउनुभो ।
उहाँले विगतको परिवर्तनको आन्दोलनका कारणले गर्दा समावेशी, समानुपातिक, सम्पूर्ण विभेदको अन्त्यका लागि अगाडि बढेकोले प्रणाली खराव नभएको तर प्रणालीमा रहेका मानिसहरुको कारणले गर्दा नै असफल हुने बताउनुभो । उहाँले भन्नुभयो:–“यो प्रणालीलाई सुधार गर्दै जाने हो तर हामी सबै जिम्मेवारी भएनौ भने हाम्रै कारणले नै असफल हुन सक्छ त्यसमा सबै जिम्मेवार बनौँ ।”
आफूलाई जनताले पहिलो पटक जनताले निर्वाचन गरेको र प्रदेश सभाले सभामुखको जिम्मेवारी दिएपछि त्यसको जिम्मेवारी आरम्भमा प्रदेशसभाको जग निर्माण गर्दै कार्य सम्पादननमा व्यवस्थित गरेको बताउनुभयो ।
उहाँले संघीय संरचनामा पहिलो पटक अभ्यास भएकाले गर्दा आफूहरुले आधारभूत रुपमा कार्य कानून निर्माण, अन्य कार्य सम्पादनमामा पनि गरी सकेको बताउनुनयो । उहाँले लुम्बिनी प्रदेश सभाको १० आँै अधिवेशनसम्म आई पुग्दा ८२ वटा विधेयकहरु दर्ता भएका र ७२ वटा विधेयक पारित भएको बताउनुभयो । उहाँले राजनीतिक रुपमा आएका असहजताहरुले पनि लुम्बिनी प्रदेशका विषयगत समितिहरु अपूर्णता भएपनि हाल सबै राजनीतिक दलहरुमा सहमतिमा आएर पूर्णता दिइएको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले प्रहरी ऐन, निजामति ऐन, लोकसेवा ऐन पारित भएर अगाडि बढेमा मात्रै प्रदेशको उपयोगिता हुने बताउँदै भन्नुभयो:– “एउटा प्रहरी भर्ना नगर्न सक्ने मन्त्री, एक जनता कर्मचारी भर्ना नगर्न सक्ने प्रदेश, कर्मचारी सरुवा बढुवा गर्न संघले गर्ने हो भने प्रदेशको के काम ? त्यसैले प्रदेशको उपयोगितालाई जनतामा स्थापित गर्नेुपर्दछ । ”
उहाँले परिवर्तनका लागि तिनै शहीद, बन्दी, बेपत्ता लगायत आम जनताको योगदानले आएको बताउँदै आफूहरुले कुनै पनि राज्यसत्तामा पुगेर आफ्नो वर्ग, धरातल कसैले पनि भूल्नु नहुने बताउनुभयो । सभामुख पूर्ण घर्तीमगरले द्वन्द्वपीडित, शहीद परिवार, बन्दी, बेपत्ताको सम्मान तथा राहतका लागि स्थानीयहरुले नै सम्वोधन गर्नुपर्ने बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीता अचार्य, उपप्रमुख कर्मलाल परियार, मुख्यमन्त्रीका प्रेस संयोजक एवं नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्मा, पत्रकार महासंघका संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्व अध्यक्ष खेम बुढामगर लगायत सञ्चारकर्मीहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंघका उपाध्यक्ष खुविना सुनारीमगरले सञ्चालन गर्नुभएको थियो ।

You may also like