नेपाल मगर संघ रोल्पाले अधिबक्ता भगवति पाण्डेलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र दियो


रोल्पा समाचारदाता
लिबाङ रोल्पा,
साउन २२ गते


नेपाल मगर संघ रोल्पाको आयोजनामा मगर समुदाय र तामाङ समुदायलाई आत्मसम्मान र प्रतिष्ठाता माथी गम्भीर चोट पुर्याउने गरिे अधिबक्ता भगवती पाण्डेले दिएको अभिब्यक्तिका विरुधमा पक्राउ गरी कारवाही माग गर्दै गरेको शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका अवस्थामा प्रर्दशनकारीमाथी प्रहरी दमन भएको भन्दै सोको विरुद्धमा आज जिल्ला प्रशासन कार्यालय रोल्पामा मार्फत नेपाल सरकार गृहमन्त्रालायलाई ज्ञापनपत्र बुवाएको छ ।


धर्ना कार्यक्रममा जिल्ला प्रशासनमा भएको सभालाई सम्वोधन गर्दै नेपाल मगर संघका केद्रीय बरिष्ठ उपाध्यक्ष धनबहादुर पुनमगरले सबैको आफ्नो सँस्कृति र पहिचान भएको बताउँदै कसैले अर्काको सँस्कृति र पहिचानमाथि चोट पुग्ने कार्य नर्गका लागि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयोः“मगर लगायत विशेष जनजाती समुदायमा मामाको छोरीसँग विहे गर्दछन् भने आर्यनहरुमा दाजुभाई र दिदीबहीको साइनो हुन्छ, जनजाती समुदायहरुले मामाको छोरीसँग विहे नगरेमा आफ्नो सँस्कृति सकिने र आर्यनहरुको मामाको छोरीसँग विहे गरेभने आफ्नो पहिचान सकिन्छ त्यसैले गर्दा हामी सबैले सबैको सँस्कार स्वीकार गर्नुपर्दछ ।” उहाँले यस मागलाई गम्भिरढंगले लिएर कारवाहीको गर्नुपर्ने बताउनुभयो ।
जिल्ला अध्यक्ष देउकला घर्तीमगर द्वारा हस्ताक्षरित ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छ । सो ज्ञापन पत्रमा तामाङ र मगर लगायत सम्पूर्ण समुदायलाई नै अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाइ सजाय दिनुपर्ने । शान्तिपूर्ण आन्दोलनमा आफ्नो मागहरु राखिरहेको अभियान्ताहरु लाई नियन्त्रण्मा लिएपछी बल प्रयोग गरी चरम यातना दिने जिल्ला प्रहरी परिषद टेकु, ककाठमाडौंका प्रहरी वरिष्ठ परिक्षक दान बहादुर कार्की सहित संलग्नलाई कारवाही गर्नुपर्ने, साउन १७ गतेको आन्दोलनमा प्रहरीको चरम यातना, निर्धात कुटपिटबाट घाइते भएक उपचार गर्नुपर्ने लगायतका माग राखेको छ ।

You may also like