रोल्पा प्लसले एच.आई.भी. संक्रमितहरुका लागि बजेटको व्यवस्था गरिदिन पालिकाहरुलाई अनुरोध

रोल्पा समाचारदाता
असार २५ गते

Hiv Images - Free Download on Freepik


रोल्पा प्लसले रोल्पामा रहेका एच.आई.भी. संक्रमितहरुलाई उपचार तथा पोषणका लागि स्थानीय पालिकाहरुलाई बजेट व्यवस्था गरि दिनका लागि अनुरोध गरेको छ ।
नेपाल सरकारले एच.आई.भी. संक्रमितहरुलाई दीर्घ रोगीहरुको सूचीमा सूचिकरण गर्दै संक्रमितहरुलाई उपचार तथा पोषण एव्म जीवन निर्वाहका लागि सहयोग गर्ने दायित्व भित्र पर्दछ । एच.आई.भी. संक्रमितहरुलाई विगतमा समाजले नकरात्मक दृष्टिकोणका साथ हेरेपनि हाल भने राज्य र विभिन्न सरकारी तथा गैर सरकारी सँस्थाहरुको सचेतना मुलक कार्यक्रमले गर्दा हेर्ने नजर बढलिएको छ । यसै सचेतना मूलक कार्य गर्दै आई रहेको सँस्था रोल्पा प्लस हो । रोल्पा जिल्लामा रोल्पा स्वास्थ्य कार्यालय, रोल्पा अस्पताल, पालिकाका स्वास्थ्य शाखाहरुले गरेका प्रयासले रोल्पा जिल्लामा यसको न्यूनिकरण भएको छ ।
रोल्पा जिल्लामा २०६५ साल चैत्र २० गते स्थापना भई राष्ट्रिय एच.आई.भी.तथा एड्स महासंघ (ल्ब्एत्ल्) काठमाण्डौँको सहयोगमा रोल्पा जिल्लामा रहेका एच.आई.भी. संक्रमितहरुलाई सहयोगमा काम गर्दै आई रहेको रोल्पा प्लसका अध्यक्ष राधा विश्वकर्माले बताउनुभयो । सँस्थाले विरामीहरुको लागि प्रत्येक वर्ष (भाइरल लोड) एच.आई.भि.एड्स. समन्धी जनचेतना मुलक कार्यक्रम गर्दै आई रहेको छ । कार्यक्रम गर्दा बजेटको आवश्यक पर्ने र बजेटको व्यवस्था सरकारकाले नगर्दा निकै समस्या भएको अध्यक्ष विश्वकर्माल बताउनुभयो ।

रोल्पा जिल्लाका रोल्पा नगरपालिका लगायत अन्य ९ वटा गाउँपालिकाहरुमा ती विरामीहरुलाई जीवन निर्वाहमा सहयोग गर्नेका लागि कार्यक्रम तथा आर्थिक प्रस्तावना (प्रपोजल) पठाइएकोको  परियोजना कार्यक्रम तथा वित्त अधिकृत संगीता घर्तीमगरले बताउनुभयो । विगत वर्षहरुमा राष्ट्रिय एच.आई.भी.तथा एड्स महासंघ (ल्ब्एत्ल्) काठमाण्डौँको सहयोगमा रोल्पा जिल्लामा रहेका एच.आई.भी. संक्रमितहरुलाई ग्लोवल फण्ड एचआइभी प्रोग्रागम सञ्चालन गरी रोल्पामा पनि  हालसम्म सहयोग गर्दै आई रहेको वित्त अधिकृत संगीता घर्तीमगरले बताउनुभयो । 
विगदेखि नै रोल्पा नगरपालिकाकोले खाद्यान्न र यातायात सम्बन्धी सहयोग गर्दै आई रहेको कारणले पनि सहज भइरहेको सँस्थाले बताएको छ । यस वर्षमा नि गाउँपालिका र नगरपालिकाहरुमा पनि आर्थिक वर्ष २०८०।०८१ को लागि सहयोगका लागि प्रस्तावना बुझाइएकोले सबैले बजेट विनियेजन गरिदिनको लागि रोल्पा प्लसका अध्यक्षअध्यक्ष राधा विश्वकर्माले बताउनुभएको छ । 
रोल्पा जिल्लामा ५० जनाको संक्रमित भएपनि १ जनाको मृत्य भएको र १ जनाले बसाई सराई गरेको हाल ४८ जना संक्रमितहरु रहेको सँस्थाले बताएको छ । नेपालका अन्य नागरिकहरु झै एच.आई.भी. संक्रमितहरुको जीवन निर्वाहका लागि राज्यलको जिम्मेवारी रहेको छ । त्यसैले संक्रमितमैत्री बजेट निर्माणका लागि सबै पालिकाहरुले ध्यान दिन जरुरी छ । विकास निर्माण भौतिक विकासमात्रै भन्दा पनि नागरिकहरुलाई स्वस्थ्य बनाउने तिर पनि ध्यान दिने कि ? आफ्ना नागरिकहरुलाई स्वस्थ रहेमा मात्रै पालिका र देश समृद्धि हुन्छ । त्यसैले त्यसमा ध्यान दिनु पर्दछ । 

You may also like