अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजले साउदीमा अलपत्र परेकी प्रतिभालाई उद्धार गरी घर पु¥यायो ।


रोल्पा समाचारदाता
असार ३० दाङ


बैदशिक रोजगारमा शिलशिलामा गई साउदीमा अलपत्र परेका सल्यानका प्रतिभा विकलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी र नेपाली दूतावास साउदीको संम्वनयमा स–कुशल नेपाल फर्काइ परिवारसंग पुनः मिलन गराउको छ ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष डिलाराम वलीले दिनुभएको जानकारी अनुसार घोराहीमा एक कार्यक्रम गरी परिवारको जिम्मा लगाई दिएको बताउनुभएको हो । कार्यक्रमा प्रमुख अतिथि घोराही उपमहानगरपालिका उपप्रमुख हुमा कुमारी डिसी, बिशिस्ट अतिथि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज का केन्द्रीय सल्लाहकार कैलाश रोका मगर, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दाङ शाखाका अध्यक्ष ओम प्रकाश खड्का दाङ शाखाका प्रमुख सल्लाहकार शक्तीराम डाँगी, दाङ शाखाका सल्लाहकार घन बहादुर रोका, पत्रकार जीवन घर्तीमगरको रोवहरमा उक्त कार्यक्रम गरिएको हो ।

No description available.


पुनरमिलन कार्यक्रमको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय कोषाध्यक्ष निशान वलीले स्वागत मनतव्य दिनुभएको थियो भने अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दाङ शाखाका प्रबक्ता घनश्याम गिरिले सहजीकरण गर्नु भएको थियोे ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले विगत एक दशकदेखि नै सामाजिक सेवामा काम गर्दै आई रहेको छ । यसले रोल्पा जिल्लाबाट बैदशिक रोजगारमा गएर अलपत्र परेका, विभिन्न सामाजिक सेवा र राहतका कार्यक्रमहरु गर्दै आई रहेको छ ।

You may also like