नेकपा रोल्पाको आयोजनामा १३१ औं माओ जयन्ती सम्पन्न


खुमबहादुर सुनार
पौष १० लिबाङ


This image has an empty alt attribute; its file name is biplab-111.jpg

१३१ औं माओ जयन्ती नेकपामा विभिन्न कार्यक्रम गरी देशभर मनाउदै गर्दा रोल्पामा पनि दिवसको अवसर अभियान उद्घाटन तथा ध्रुविकरण कार्यक्रम मंगलबार नेपाल कम्युनिस्ट पार्टीले लिबाङमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमा माओको बारेमा विभिन्न धेरै मानिसलाई स्पष्ट जानकारी रहेको छ । आजको दिन विश्वका कम्युनिष्टहरुले माओलाई विभिन्न रुपमा सम्झिने गर्दछन् । नेपालका कम्युनिष्टहरुले पनि विभिन्न कार्यक्रम गरी माओलाई आजको दिनमा सम्झिने गर्दछन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा मध्य दक्षिण रोल्पाका पार्टी इन्चार्ज आक्रोश सीले बोल्दै विश्व सर्बहारा बर्गका नेता तथा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङको जन्म २६ डिसेम्बर सन् १८९३ मा चीनको हुनान प्रान्तको स्याङतान जिल्लाको पहाडी गाउँ साओ साङचुङमा भएको बताउनुभयो । माओत्सेतुङले एउटा अर्ध सामन्ती र अर्धऔपनिवेशिक मुलुकमा गरिने क्रान्तिको रणनीति र कार्यनीतिको निक्र्यौल गरी दिर्घकालिन जनयुद्धको कार्यदिशा विकास गरेर चिनमा सर्वहारा वर्गको सत्ता स्थापना गर्नु भएको पनि सीले बताउनु भयो ।
आक्रोस सीले त्यति मात्र नभएर माओले चिनियाँ समाजको वर्ग विश्लेषण, ग्रामीण वर्गसङ्घर्षको सिद्धान्त, माक्र्सवाद, लेनिनवादलाई सिर्जनात्मक रूपले चिनियाँ क्रान्तिमा प्रयोगको सन्दर्भमा युगान्तकारी सफलता प्राप्त गरेको समेत बताउनुभो ।
चिनियाँ नेता माओत्सेतुङ विश्वकै महान पुरुषमध्ये एक भएको १३१औ जन्म अवसरमा पारेर रोल्पा मनाइएको हो । उहाँले भन्नुभयोः–“उहाँ संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका अग्रज स्रोत हुनुहुन्छ । माओ विश्वकै महान पुरुष मध्येकै एक बन्न पुग्नुभएको छ ।”
उहाँका अनुसार सर्वाेच्च अदालतले ३५ दिन भित्र हाजिन हुन गरिएको निर्देशलाई राजनीतिक ढंगले हल नगरी नेत्र विक्रम चन्दलाई माफि नदिएको खण्डमा अर्को बाटो तिर जान पनि निर्देशन दिनुभयो ।
कार्यक्रममा नेकपाका पार्टी केन्द्रीय प्रतिनिधी सदस्य टिकाराम सि, नेकपाका पार्टी केन्द्रीय प्रतिनिधी एवं युवा संघका केन्द्रीय कार्यालय सदस्य विलेशण सी, नेपाल पार्टी केन्द्रका रोल्पा नगरपालिका संयोजक लालबहादुर सि, लगायत बुद्धिजीवी समाजसेवि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको पत्रकारको उपस्थिति रहेको छ । उक्त कार्यक्रम सहजीकरण मध्य दक्षिण रोल्पाका सेक्रेटरी खिमराज पुन ‘प्रभात’ सी को अध्यक्षतामा रहेको थियो ।

You may also like