लुङग्री गाउँपालिकामा कांग्रेस र एमाले कार्यकर्ता माओवादी केन्द्र प्रवेश


खुमबहादुर सुनार
बडाचौर रोल्पा, चैत्र १८


रोल्पाको लङ्ग्री गाउँपालिकामा नेपाली कांग्रेसका स्थानीय प्रभावशाली नेता तथा बौद्धिक व्यक्तिको तथा पुर्व शिक्षक लुङग्री गाउँ तकबहादुर विष्टको नेतृत्वमा विभिन्न व्यक्तिहरु नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको छ । विष्टको नेतृत्वमा लुंङग्री वडा नम्बर ४, सानो नम्जा र सालडाँडाका तेजबहादुर घर्ती, कलिभान घर्ती, वडा नं. ५ बाट नेकपा एमाले परित्याग गरी मदन गुरुङ र वडा नं. १ पाङबाट नेपाली कांग्रेस परित्याग गरी नरबहादुर विष्ट लगायतका नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको माओवादी केन्द्रका गाउँपालिका सचिव अमृत विष्ट ‘आकाश’ले जानकारी दिनुभयो ।


उक्त कार्यक्रमका कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने व्यक्तिहरुलाई नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा लुम्बिनी प्रदेश सांसद जोखबहादुर महराले लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्र्दै दशवर्षे जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा र समृद्ध नेपाल निर्माणका लागि माओवादीको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा महराले वर्गीय मुक्तिका लागि पनि माओवादी केन्द्रको विकल्प नरहेको बताउँदै नवप्रवेशीहरुले (माओवादी केन्द्र) को राजनीतिक प्रभाव, काम गर्ने शैली र सही नीतिलाई बुझेर माओवादी रोजेको बताउनुभयो ।
सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति रोल्पाका संयोजक गुनेन्द्र घर्ती, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार बाबुलाल पुनमगर, लुङग्री गाउँपालिका पार्टी इन्चार्ज तुलराम खड्का लगायतको आतिथ्यता रहेको थियो ।
सो कार्यक्रम नेकपा (माओवादी केन्द्र) का लंग्री गाउँपालिका अध्यक्ष नेमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव दिलबहादुर पुनमगरले गर्नुभएको थियो ।
लुग्री गाउँपालिकामा पछिल्लो चरणमा माओवादी केन्द्रको बलिया आधार बन्दै गएको र आगामी दिनमा अझैै पार्टीलाई थप सृदृढ र विस्तार एवं जनताको सेवामा लगाउने निर्णय भएको लुग्री गाउँपालिका संगठन समिति सहसचिव तथा प्रबक्ता अमृत बहादुर बिष्ट आकाशले दिनु भएको दिनुभएको थियो ।

You may also like