कांग्रेसका किल्ला भत्काउन कांग्रेसबाट राेल्पामा उमेदवार

मानसिंह बिक
रोल्पाको खंग्री नेपाली कांग्रेसको किल्ला नै मानिन्छ तर पनि उम्मेदवार दिदाँ आवश्यक समन्वय नगरेको भन्दै कांग्रेसको किल्ला भत्काउन कांग्रेसबाटै स्वतन्त्र उमेदवार दर्ता गराएका छन् ।
सुवर्णावती २ खुंग्रीमामा नेपाली कांग्रेसका उम्मेदवार मदन सिंह विरुद्ध कांग्रसकै प्रभावशाली नेता नेत्र गिरीले वडा अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।
स्थानीयतहको निर्वाचन बैशाख ३१ मा हुने भन्ने बेलामा खुग्रीको विभिन्न साविकको वडाहरुमा पूर्व सांसद एवं हाल रोल्पा नगरपालिकामा मेयर लेखनाथ आचार्य, पूर्व राज्य मन्त्री सुरेन्द्र हमालले नेपाली कांग्रेसको उमेदवारको रुपमा आफूलाई चिनाएको नेत्र गिरीले बताउनुभयो । उहाँले भन्नुभयोः“मलाई गाउँ गाउँमा लगेर उमेदवार बनायौँ भनेर भोट मागदिने र पछि टिकट पठाउँदा अरुलाई दिने यसका विरुद्ध मेरो उमेदवारी हो, मेरो चरित्रमाथी हत्या गर्न लगाउने यसरी कहाँ पाइन्छ, सके जित्छु होइन पनि खुंग्री कांग्रेसको पकड भत्किन सक्छ, यसरमा विचार गर्नुपर्दछ ।” उहाँले रुखमा होइन चाखी चिन्हमा भोट दिएर आफूलाई विजय गराउन मतदातासँग अनुरोध गरिरहेका छन् ।
यस्तै राजनीतिक दललाई हे¥यौँ पटक पटक स्वतन्त्रलाई हेराँै यस पटक भन्ने मुल नाराका साथमा आइतबार खुंग्रीमा ¥याली निकालिएको थियो । सोही क्रममा बजार परिक्रममा समेत गरिएको थियो । उहाँले युवा वेरोगार रोक्ने, खानेपानी व्यस्था गर्ने, एम्बुलेन्स सञ्चालनका लागि पहल गर्ने, आर्थिक पारदर्शीता लगायतको विषयमा आफूले पहल गर्ने गिरीले बताएका छन् ।
नेपाली कांग्रेसका खुंग्री गाविस पहिलेदेखि राम्रो भएपछि २०७० सालको निर्वाचनदेखि कमजोर बन्दै गएको त्यहाँका समाज सेवीले बताएका छन् । हाल एउटै पार्टीकाट उमेदवार दिएपछि कांग्रेसको मुख्य प्रतिसपर्धी नेकपा (माओवादी केन्द्र) लाई अझै सहज हुन सक्ने बताइएको छ ।
अध्यक्षमा नेत्र गिरीलाई विजयी बनाउने र पार्टीले आफूहरुलाई अन्याय गरेकोले अन्य पदमा माओवादी केन्द्रलाई सहयोग गरिने नेपाली कांग्रेसका सक्रीय नेता अशोक गिरीले बताउनुभयो । अस्तित्व संकट परेपछि आफूहरुले यो कदम चाल्न वाध्य भएको बताउनुभयो ।

You may also like