संसदीय दलको नेता केसी र सभामुख घर्ती

मानसिंह बिश्वकर्मा
२०७४ माघ २८ रोल्पा
नेकपा माओवादी ५ नं. प्रदेशको बैठकले नेकपा (माओवादी केन्द्र) का नेता कुलप्रसाद केसी सोनाम ५ नं. प्रदेशको संसदीय दलको नेता एवं गृहमन्त्रीमा रिफारिस हुनुभएको छ । बुटवलमा बसेको पार्टीको उच्च स्तरीय बैठकले उहाँलाई सो जिम्मेवारीका लागि पार्टीले सिफारिस गर्नुभएको हो ।

 

संसदीय दलका नेता एवं भावी गृहमन्त्री कुलप्रसाद केसी ‘सोनाम   

यसैगरी  पार्टीको उप नेतामा कृष्णध्वज खड्का, सभामुख पूर्ण घर्तीमगर, सचेतक दढीराम न्यौपाने, सह सचेत दामाशर्मा र संसदीय दलको सचिवमा तुलाराम घर्तीमगरलाई रिफारिस गरेको बैठकमा सहभागि प्रदेश सभा सदस्य दिपेन्द्र पुनमगरले जानकारी गराउनुभयो । उहाँले अब ५ नं. प्रदेशलाई नमूना एवं सम्बृद्ध बनाउनका लागि आगामी दिनमा सरकारको टुङ्गो लागेपछि नीति तथा कार्यक्रम समेत बनाईने बताउनुभयो । उहाँ संसदीय दलको नेता संगै गृहमन्त्रीको जिम्मेवारी समेत दिने पार्टी निर्णय गरेको छ ।


रोल्पा निर्वाचन क्षेत्र नं. क बाट निर्वाचित कुलप्रसाद केसी ‘सोनाम’ माओवादी केन्द्र भित्रका युवा तथा प्रभावशाली नेताको रुपमा आफ्नो भूमिका निर्वाह गरिरहनुभएको छ । विद्यार्थी उमेरदेखि नै राजनीति शुरुवात गर्नुभएका केसी पहिलो पटक सरकारमा सहभागि हुनुभएको छ । जनयुद्धको समयमा रोल्पा जिल्ला लगायत विभिन्न स्थानमा संगठनको भूमिका निर्वाह गर्दै मोहन बैद्य ‘किरण’सँगै भारतमा जेल जीवन विताउनुभएको थियो । सरल स्वभाव र सधै विचारले ओतप्रोत कुलप्रसाद सामान्य किसान परिवारका सरल नेता हुन् । पहिलो पटक सरकारमा सहभागि भएपछि प्रदेशलाई सुरक्षा एवं आर्थिक रुपमा आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
यस्तै पूर्ण घर्तीले आफूले सभामुखको जिम्मेवारी गम्भिरढंगले बहन गर्दै सबैलाई मिलाएर अगाडि बढाउने प्रतिवद्धता राख्नुभएको थियो । बैठकमा प्रदेश इन्चार्ज वर्षमान पुनमगरले प्रदेशलाई नेपालको मोडेल प्रदेश बनाउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

You may also like