जातिय छुवाछुतको अवस्था सम्बन्धी गैर दलित र दलित समुदाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

रोल्पा समाचारदता
लिबाङ– रोल्पा
२०७३ साल चैत्र ३० गते साविक सेरम गाउँ विकास समिति जातिय छुवाछुतमुक्त भएको समयमा वर्तमान समयमा जातिय छुवाछुतको अवस्था बारेमा गैर दलित र दलित समुदाय लगायत सरोकारवाला निकाय बीचमा बिहीबार सुन्छहरी गाउँपालिकाको सेरममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष एवं संयुक्त दलित जनअधिकार मञ्च रोल्पाका सचिव मानसिंह बि.क.ले जातिय छुवाछुत नगरी एक अर्काे समुदायको जातिहरु मिलेर बस्नु पर्दछ ।” जातिय छुवाछुत प्रथा अन्त्य भए मात्र एकाइसौं सताब्दीको समाज विकास समृद्ध समतामूलक समाज बन्ने धारणा उहाँले व्यक्त गर्नुभयो । जातिय छुवाछुत मुक्त भएपनि समय–समयमा जातिय छुवाछुतसम्बन्धी अन्तरक्रिया तथा छलफल गर्नुपर्ने कुरामा जोड दिनुभयो । विगतमा जातिय छुवाछुत व्यापक भएता पनि वर्तमान समयमा धेरै मानिसहरुले शिक्षा बन्दै गर्दा जातिय छुवाछुत प्रथा निर्मूलिकरण हुँदै गरेको प्रमुख बि.क.ले बताउनुभयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि नेपाल दलित मुक्तिमोर्चा रोल्पा जिल्लाका अध्यक्ष तुल्सिराम सुनार, नेपाल दलित मुक्तिमोर्चा रोल्पा जिल्ला सदस्य पूर्णबहादुर गोतामे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा गैर दलित समुदाय र दलित समुदाय बीचमा जातिय छुवाछुत सम्बन्धी अन्तरक्रिया तथा छलफल गरेका थिए । जुन छलफलले सो ठाउँमा जातिय छुवाछुत अगामी दिनमा गर्नु हुँदैन भनेर गैर दलित समुदाय र दलित समुदायमा जातिय छुवाछुत नगर्ने प्रतिवद्वता व्यक्त गरेका थिए । दलित समुदायहरुले आनिबानी रुपान्तरण गर्नु सकेको अवस्थामा आफै जातिय छुवाछुत प्रथा अन्त्य हुने सहभागिहरुले जोड दिएका थिए । महावीर रानाको अध्यक्षतामा सञ्चालन भएको कर्यक्रमको सञ्चालन बाबुराम आचार्यले गर्नुभयो । यस्तै अन्तरक्रिया कार्यक्रम बुधबार घुसबाङमा सम्पन्न भएको छ भने सुक्रबार फुलिबनमा सम्पन्न हुने नेपाल पत्रकार महासंघ जिल्ला शाखा कार्यालय रोल्पाका अध्यक्ष एवं संयुक्त दलित जनअधिकार मञ्च रोल्पाका सचिव मानसिंह बि.क. जानकारी दिनुभयो ।

You may also like