सुनिल स्मृति गाउँपालिकाद्वारा बजार क्षेत्रमा छर्कियो औषधी

२२ गते चैत्र
सुलिचौर–रोल्पा ।


सुनिल स्मृति गाउँपालिका कार्यालय रोल्पाद्वारा शनिबार गाउँपालिकाको बजार क्षेत्रहरुमा कोरानो भाइरस नियन्त्रणका लागि औषधी छर्किएको छ । गाउँपालिकाभित्र दुसन नियन्त्रणका लागि डिफेक्सन झोल छर्किएको हो । गाउँपालिकाको भाइरस सम्बन्धि बच्न र बचाउनको निम्ति सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।
गाउँपालिका केन्द्र सुलिचौर, रुइनिबाङ र खुंग्रीको बजार क्षेत्रमा औषधी छर्किएको गाउँपालिका अध्यक्ष गुनेन्द्र घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोना भाइरसले विश्वभरि महामारी रुपमा फैलिएको हुँदा यस गाउँपालिकाले पनि महामारीबाट बच्नका लागि औषधी बजार क्षेत्रमा छर्किएको हो । आगामी दिनमा पनि आवश्यकताको आधारमा औषधी छर्किने गाउँपालिकाले तयारी गरेको छ ।’

उहाँले यो भाइरसबाट व्यक्तिगत आनीबानी र सरसफाई ध्यान पु¥याएमा यस भाइरसकाे संक्रमितबाट बच्न सकिन्छ । त्यसैले सम्पूर्ण गाउँपालिकाबासीहरुलाई आफ्नो आनीबानी र व्यक्तिगत सरसफाइमा विशेष ध्यान पु¥याउन अनुरोध गर्नुभयो ।

गाउँपालिकाले गाउँपालिकाबासीहरुलाई भाइरसबाट बचाउनको निम्ति सक्दो पहल गर्दै आएको छ भने संघीय सरकार र प्रदेश सरकारसँग समेत विशेष पहल गर्दै आएको छ भने यस पहलमा गाउँपालिकाबासीहरुलाई पूर्ण सहयोगका लागि उहाँले अनुरोध गर्नुभएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी दिनुभयो ।

You may also like