विजयपछि बाम उमेद्वारको पहिलो प्राथमिकता सडक रोल्पा समाचार

मंसिर ७ रोल्पा
नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य एवं प्रदेशसभा सदस्यका उमेद्वार दिपेन्द्र पुनमगरले वाम गठबन्धनका तर्फबाट उमेद्वार विजयी हुने भएकोले पहिलो प्राथमिकता रोल्पा जिल्लालाई सडकको वाँकी क्रान्ति पूरा गर्ने बताउनुभएको छ ।
रोल्पा जिल्ला २०४८ सालमा रोल्पाको दुइवटै क्षेत्र तत्कालीन जनमोर्चाले विजयी प्राप्त गरेको थियो । त्यतिबेलामा रोल्पा जिल्लामा सडकको ट्रयाकमात्रै खोल्न सकेको माओवादीकेन्द्रका नेता दिपेन्द्र पुनमगरले बताउनभयो । रोल्पा जिल्लामा माओवादी आन्दोलन गाउँमा केन्द्रीत हुँदा रोल्पा जिल्लाको विकासमा पूर्णविराम नै लागेको बताउँदै २०६३ सालभन्दा पछाडीमात्रै विकासको कार्य अगाडि बढेको बताउनुभयो ।
२०६३ सालमा तत्कालीन नेकपा (माओवादी) शान्ति वार्ताद्वारा सरकारमा सहभागि भएको थियो । अन्तरिम सरकारको बेलामा महरा सूचना सञ्चार मन्त्री हुनुभयो । त्यतिबेलामा रोल्पा जिल्लाको सूचनाको क्रान्ति पूरा भयो । रोल्पा जिल्लामा हात हातमा मोवाईल घर घरमा इन्टरनेटको नाराले लोकप्रिय बन्नुभएका माओवादी नेता कृष्णबहादुर महाराको नेतृत्वमा विकासको ढोका खुल्न थालेका हुन् । रोल्पा जिल्लामा २०६३ साल भन्दा अगाडि सरमुकाम लिबाङ आउनको लागि भालुबाङबाट लिबाङसम्मको सडक जोड्ने सडक मात्रै थियो । २०६३ सालमा तत्कालीन नेकपा (माओवादी) सरकारमा सहभागि हुँदा रोल्पाको सडक क्रान्तिको यात्रा शुरुवात भएको थियो । भालुबाङबाट लिबाङ आउनको लागि दिनभरीको यात्रा थकित मुद्रामा लिबाङ आई पुग्ने गरेका थिए । सोही तर माओवादी सरकारमा सहभागि भएपछि भालुबाङदेखि लिबाङसम्मको कालोपत्रे भएको थियो । त्यहाँबाट रोल्पाको सडकको क्रान्तिको आरम्भ भएको थियो । २०६४ सालमा तत्कालीन नेकपा (माओवादी) पहिलो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी भयो । जनयुद्धको आधार इलाका रोल्पाबाट नै तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही रोल्पाको २ बाट विजयी भएर देशको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुनुभयो । त्यसपछि विकासको मूल फुटेको थियो ।
तत्कालीन नेकपा (माओवादी) ले जनयुद्धकालमै घोराहीदेखि थबाङसम्म पु¥याउने योजनाका साथ शहीदमार्गको शुरुवात गरेको थियो । त्यतिबेलाको जनताको अभियानबाट गैरीगाउँको टिलासम्म मात्रै सडक सञ्चालन भएको थियो । सरकारमा सहभागी भएपछि घोराही थबाङसम्मको शहीदमार्ग, सुलिचौर थबाङसम्मको सडक, भालुबाङदेखि लिबाङसम्मको कालो पत्रे, सुलिचौरदेखि गामसम्मको मोटरबाटो, किमिचौरदेखि जिनाबाङसम्म नै कृषि सडक लगायत जिल्लाका सम्पूर्ण साविकको गा.वि.स र हालका ७१ वटा वडामा आफूहरुको पहलमा सडक सञ्चालन भएको बताउनुभयो ।
उहाँले रोल्पा जिल्लामा सोही सडकलाई सुधार गरी सबै सडकमा सडक सञ्जालको विस्तार गर्ने र त्यही सडकमा यातायात सञ्चालन गरी निर्यातलाई बढाउने, आयात घटाउने कार्यक्रम रहेको बताउनुभयो । कृषिमा अत्याधिक जोड गर्ने आफ्नो पार्टी र आफ्नो योजना रहेको बताउनुभयो । अब रोल्पा जिल्लालाई सडकको वाँकी क्रान्ति पूरा गर्ने नै पहिलो कार्यभार भएको बताउनुभयो ।
उहाँले सडक र भौतिक विकास भएपछि मानव विकासमा लाग्ने बताउनुभयो । सामाजिक, साँस्कृतिक लगायत सभ्य समाजका लागि अगाडि बढ्नु पर्ने बताउनुभयो ।

You may also like