प्राइमलाइफ इन्स्योरेन्स रोल्पा शाखाद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

प्राइमलाइफ इन्स्योरेन्स रोल्पा शाखाद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

२४ पौष, लिबाङ–रोल्पा ।
प्राइमलाइफ इन्स्योरेन्स कम्पनी रोल्पा शाखाले लुङ्ग्री गाउँपालिका–७ हार्जङ रोल्पा निबासी मृतक सुरेश घर्तीमगर श्रीमती निमा घर्तीमगरलाई मृत्यु दाबी रु ११ लाख रकम शनिबार हस्तारण गरेको छ ।


This image has an empty alt attribute; its file name is b1.jpg

कार्यक्रमको प्रमुख अतिथि एवं लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्का र लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्का र प्राइमलाइफ इन्स्योरेन्स कम्पनी रोल्पा शाखाका शाखा प्रबन्धक टिकाराम जि.सी.ले रु ११ लाख रकमको चेक हस्तान्तरण गर्नुभएको हो । मृतक सुरेश घर्तीमगरले २ वर्ष अगाडी प्राईमलाइफ इन्स्योरेन्समा बिमा गर्नु भएको थियो ।

This image has an empty alt attribute; its file name is b2.jpg


कार्यक्रमका प्रमुख अतिथि लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्काले आम जनतालाई आफूले कमाएको केही अंश छुट्टाएर बीमा गर्न प्रोत्साहन गर्नुपर्ने जोड दिनुभयो । जीवन बीमा कम्पनीका अभिकर्ताहरुको क्षमता, दक्षता अभिवृद्धि गरि सहि सूचना जनता माझ लग्न जिबन बिमा कम्पनीलाई सुझाब दिँदै आफू पनि जनताको घर÷घर गई बीमामा सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । साथै प्राइमलाइफ इन्स्योरेन्स कम्पनी रोल्पा शाखाका शाखा प्रबन्धक टिकाराम जि.सी.ले बीमाको महत्व र आवश्यकता सहजीकरण गर्नुभएको थियो । आजको दिनमा जोखिमको दृष्टिकोणले बीमा आवश्यक रहेको र भविष्यका लागि आर्थिक साहारा हुने भन्दै नागरिकहरुलाई बिमा गर्न, गराउन पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा गुम्चाल प्रहरी कार्यालयका प्रमुख, स्थानीय सरकारि तथा गैरसरकारी सस्थाका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय वुद्धिजीवी, सामाजसेवी लगायतका सरोकारवाला निकायहरुको सहभागी थियो । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी रोल्पा शाखाका शाखा प्रबन्धक टिकाराम जि.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालक प्राइमलाइफ इन्स्योरेन्सका दिलिप बानियाले गर्नुभएको थियो स्वागत प्राइम लाइफ इन्स्योरेन्सका अप्रेसन इन्चार्ज भानुभक्त सन्यासीले गर्नुभएको थियो ।

You may also like