रोल्पाको अर्गानिक दौडे बुटवल र दाङसम्म

रोल्पा समाचारदाता
२०७६, साउन ११ लिबाङ


रोल्पाको उत्तरी पूर्वी भु–भागमा अत्याधिक रुपमा पाइने दौडेले आजकाल रोल्पालीहरुको प्राथमिकताका तरकारी बन्नुको साथै दाङ, बुटवलसम्म वित्री हुने गरेको छ । स्वास्थ्यका लागि निकै फाइदा जनक मानिने वनमा अर्गानिक रुपमा उत्पादन भएको दौडे सबैको रुचीकरको तरकारी बनेको हो ।
रोल्पाको सरमुकाम उत्तरी भू–भूभाग धबाङ, धाङ्सी, गाम, सेरम, स्यूरी, उवा, लगायत खोलैभरीका जंगलहरुमा प्राकृतिक रुपमा नै उत्पादन भएको दौडे स्थानीयवासीको आय–आर्जनको क्षेत्र बनेको छ । भने बजारबासीहरुको रुचीकरको तरकारी बनेको छ । बजारमा तकारीको अभाव समेत तरेको छ दौडेले ।
धाङ्सी, धबाङका स्थानीयबासीहरुले विहानै उठेर राम्रो क्षितिज नै नखुलेको बेलामा डोकोभरी दौडे बोकेर लिबाङ आउनु हुन्छ । करिव २ घण्टाको बाटो हिडेर लिबाङमा आउँदा बजारबासीले दौडेको मूल्य घटाउन खोज्दा मनभरी पीडा परेको नाम नबताउने एक दौदे किसानले बताउनुभयो । उहाँले भन्नुभयोः–“कस्ता बजारका उपभोक्ता एवं व्यापारीहरु हामीले पहिलो दिन खोज्न लाग्छ दोस्रो दिन लिबाङ बजारमा लिन लाग्छ, खोज्न र लिन कस्तो कठिन हुन्छ, लिबाङमा लिएपछि हाम्रो तरकारीको कुनै मूल्य नभएको झै गरी १० रुपैया मुठा ४० के.जी. रुपैयाँ दिदा पनि कस्तो घटाउन खोज्नन् अनि हाम्रो किसानहरुको जीवन कहिलो उभो लाग्छ ?”


एक दिनभरी खोजेर १ डोको बनाउँछन् अनि लिबाङ लिन्छन् लिबाङमा लिदा बजार मुल्य नपाउँदा किसानहरु हिन्तावोध भएर फेरी सस्तोमा बेच्दै जाने गर्दछन् । तर बजारबासीहरुले अर्गानिक तरकारी भन्दै खाने काम पनि छोडेका त छैनन् ।
बजारमा विद्यार्थी, महिलाहरुले बढी दौडे लिएर आउने गर्दछन् । विद्यार्थीहरुले दौडे बेचर विद्यालयको खर्च जुटाउने गरिरहेका हुन्छन् भने महिलाहरु घर खर्च जुटाउने गरेको बताएका छन् ।
रोल्पाको दौडे आजकाल दाङको घोराही, भालुबाङसम्म सप्लार्य भइरहेको लिबाङ ४ जिल्ला समन्वय समिति गेट अगाडि तरकारी पसल गरेर बस्नु भएका रामकुमार विश्वकर्माको भनाई छ । सिजनको २ महिनाभरी राम्ररी व्यापार भएको बताउनु हुन्छ । लिबाङ बजार लिएर घर खर्च जुटाउन सजिलो भएको दौडे लिएर लिबाङ बजार आउनु भएका खिमा केसीले बताउनुभयो । करिव २५÷देखि ३० किलो लाउने गरेको त्यसबाट घर खर्च राम्ररी नै भएको बताउनुभयो ।
रोल्पाको दौडे आर्गानिक अनि प्राकृतिक रुपमा खोलाको किनारमा उम्रिएकोले गर्दा मानवीय स्वास्थ्यलाई निकै फाइदा हुन्छ । यसबाट स्वाथ्यलाई फाइदा हुने भएकोले गर्दा आजकाल सबैको रुचीकर तरकारीको रुपमा उपभोग गर्ने गरिन्छ ।

You may also like