परिवर्तन गाउँपालिका रोल्पाको ११ औं गाउँ सभा तथा हिउँदे अधिवेशन

परिवर्तन गाउँपालिका रोल्पाको ११ औं गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न


This image has an empty alt attribute; its file name is p2.jpg

२४ पौष, लिबाङ–रोल्पा
परिवर्तन गाउँपालिका रोल्पाको ११ औं गाउँ सभा तथा हिउँदे अधिवेशन शनिबार गाउँपालिकाको केन्द्र पुतलाचौरमा सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is p3.jpg

गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले आफूहरूको पाँच वर्षे कार्यकालको समय अन्तिम भएको र गाउँपालिकाको ११ औं गाउँ सभा तथा हिउँदे अधिवेशन पनि अन्तिम भएको बताउनुभयो । गाउँपालिकामा आफू निर्वाचित भएर आउँदा पालिकाको नियमित कार्य निजी भवन अर्थात् भाडामा लिएर काम भइरहेको स्मरण गर्दै उहाँले शून्य अवस्थाबाट काम अगाडि बढाएर अहिले सबै सेवाहरू एउटै भवनबाट गाउँपालिकाबासीहरुलाई प्रवदान गर्दै आएको बताउनुभयो । गाउँपालिकाको सबै वडामा वडा कार्यालय निर्माण भएको उल्लेख गर्दै एक दुई वडा अझै पनि भाडामा चलिरहेको बताउदै परिवर्तन गाउँपालिका अरु पालिका भन्दा नमूना योग्य काम गर्न सफल भएको उहाँको भनाई छ । गाउँपालिकको समग्र विकासमा आगामी दिनमा पनि जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै उहाँले धारणा व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is p1.jpg

त्यसैगरी गाउँपालिका उपाध्यक्ष हित कुमारी बुढामगरले आफूहरूको पाँच बर्षे कार्यकाल अन्तिम भएको बताउँदै गाउँपालिकामा आफूहरूले नमूना योग्य काम गरेको बताउनुभयो । स्थानीय तह निर्माण नीति योजनामा महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो । परिवर्तन गाउँपालिकाले शिक्षा,स्वास्थ्य,यातायात,खानेपानी तथा कृषि कार्यमा छलाङ्ग भएको बताउनुभयो ।
अधिवेशनमा सामाजिक शाखा संयोजक तथा गाउँपालिका–२ नं. वडा अध्यक्ष हरिप्रसाद बुढामगरले प्रगति प्रतिवेदन सभा प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनमा शिक्षा स्वास्थ तथा खेलकुद क्षेत्रमा राम्रो काम भएको बताइएको छ । आर्थिक शाखा संयोजक तथा गाउँपालिका–१ नं. वडा अध्यक्ष बम बहादुर पुनमगरले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गरेका प्रगति प्रतिवेदनमा कृषि क्षेत्रमा राम्रो उपलब्ध भएको बताउनुभयो । पूूर्वाधार विकास शाखा संयोजक तथा गाउँपालिका–५ नं. वडा अध्यक्ष सुक बहादुर बुढामगरले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार सडक निर्माण कार्यमा राम्रो उपलब्ध भएको बताइएको छ । विपद् व्यवस्थापन समिति संयोजक तथा गाउँपालिका–६ नं. वडा अध्यक्ष भानसिङ बुढामगरले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकामा विपद् व्यवस्थापनमा राम्रो काम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सुशासन तथा संस्थागत समिति संयोजक तथा गाउँपालिका–३ नं. वडा अध्यक्ष झपिराम डाँगीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकामा सुशासन काममा राम्रो उपलब्धि प्राप्त गरेको उहाँले बताउनुभयो ।
साथै विधेयक समिति संयोजक तथा गाउँपालिका–४ नं. वडा अध्यक्ष दल बहादुर बुढामगरले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विधेयक निर्माण तथा कार्यपालिका प्रभावकारी कार्य सम्पादन गर्दै अगाडि बढेको अगाडि बढेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । सूचना तथा सञ्चार समितिको प्रगति प्रतिवेदन प्रस्तुत गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले प्रस्तुत गर्नुभएको छ । उहाँले सूचना सञ्चारमा राम्रो काम भएको प्रतिवेदनमा प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाले गरेका राम्रा कामा तथा जनगुनासोलाई गाउँपालिकाबासीसम्म पु¥याउने उद्वेश्य सहित जिल्लामा सञ्चालित विभिन्न सञ्चार माध्यमसँग समन्वय गरि थप प्रभावकारी बनाउने प्रस्तुत प्रतिवेदनमा उहाँले उल्लेख गर्नुभएको थियो ।
गाउँपालिकाको सबै वडाको विभिन्न संशोधन सूची र परिवर्तन गाउँपालिकाको संशोधन सूची पेस र २०७८ को श्रावणदेखि बस्दै आएको कार्यपालिकाको बैठकले गर्दै आएको महत्वपूर्ण निर्णयको प्रतिवेदन परिवर्तन गाउँपालिका नायब सुब्बा ललित बुढामगरले प्रस्तुत गर्नुभएको थियो । हिउँदे अधिवेशनमा ६ ओटै वडाका वडा अध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू, ६ ओटै वडाका सदस्यहरू तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरू लगायत सरोकारवाला निकायहरुको उपस्थिति थियो । गाउँपालिका अध्यक्ष निकान्त डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन निमित्त प्रमुख प्रशासकीय अधिकृत धु्रव राज न्यौपानेले गर्नुभएको थियो भने स्वागत गाउँपालिका उपाध्यक्ष हित कुमारी बुढामगरले गर्नुभएको थियो ।

You may also like