सुधारौ आनी बानी

सुधारौ आनी बानी

प्रहरी जवान पुर्णबहादुरभण्डारी
हाल लिबाङ रोल्पा ।

(गजल )
कोरोना घाटक छ है सबैले सुधारौ आफ्नै आनी बानी
बाँच्नुपर्छ अनि बचाउनु पर्छ समाज नफसौ जानी जानी ।
…………
आफ्नै परिवारसँग बस्दै गर्दा कोरोनाले भेट्यो भने,
बस्न दिँदैनन् समाजमा तिमीलाई लैजान्छन् तानी तानी ।
………..
कसैले संक्रमित भएको भन्ने थाहा पाए भने तिमीलाई,
खोज्नेछन् हजारौं अनि लाखौको भिडमा छानी छानी ।
………….
रोग लुकाएर समाजलाई नै खरानी बनाउन खोज्यौ भने,
भगाउनेछन् तिमीलाई आफ्नै समाजमा ढुङ्गा लाठी हानी हानी ।
…………
आफू बच्दै परिवार, समाज अनि देश बचायौ भने,
सम्झिरहनेछन् तिमीलाई सधै इश्वर भगवान मानी ।
………
बिश्व रोइरहेको यतिबेला थाहा पाएकै छौ होला ,
लापरबाही गरे देश रहने छैन बन्नेछ एका देशको कथा कहानी ।
……….
बुझेको छै भने मानवता देखाउ सक्ने ठाउँमा सहयोग गर,
समाज नरहे तिमी कसरी रहन्छौ नबढाउ स्वार्थको आम्दानी ।
……….
तिम्रै कारण समाज अनि परिवार रहँदैन आफै बुझ यहाँ ,
चित्त नदुखाउ केही दिन संघर्ष गर आफुलाई सभ्य ठानी ।
……….
सहनशील भएर केही सन्देश दिन खोज्यौ भने यहाँ ,
सम्मानसँगै जताततै गर्नेछन तिम्रै कुराकानी ।

You may also like