उपल्लो घापा राेल्पाका ९८ घरधुरीलाई माक्स र हात धुने साबुन वितरण

उपल्लो घापा राेल्पाका ९८ घरधुरीलाई माक्स र हात धुने साबुन वितरण
७ वैशाख, उपल्लो घापा–रोल्पा


रोल्पा नगरपालिका–७ नं. वडा उपल्लो घापा रोल्पामा अवस्थित शहीद स्मृति युवा युवा क्लव र स्वास्थ्य सशक्तिकरण आमा समूहद्वारा आज ९८ घरधुरीलाई माक्स र हात धुने सावुन वितरण गरिएको छ । शहीद स्मृति युवा क्वलका अध्यक्ष गणेश पुनमगर र सशक्ति स्वास्थ्य आमा समूहका अध्यक्ष हिरा पुनमगरले सावुन र माक्र्स वडा सदस्य मनकुमारी घर्तीमगर र शहरी स्वास्थ्य क्लिनिकका इन्चार्ज ओमबहादुर पुनमगरलाई हस्तातरण गर्नुभएको थियो । त्यस पछि वडाका विभिन्न टोलबाट आएका प्रतिनिधीहरुलाई वडा सदस्यताले वितरण गर्नुभएको थियो ।
युवा क्वल र आमा समूह संयुक्त रुपमा ति घरधुरी परिवारलाई एक हजार माक्स र ११० ओटा हात धुने साबुन वितरण गरेका हुन् । ति ९८ घरधुरीका प्रत्येक व्यक्तिलाई २÷२ ओटा माक्स र १÷१ ओटो हात धुने साबुन तिवरण गरिएको छ ।

माक्स र साबुन वितरणमा रोल्पा नगरपालिका–७ नं. वडा सदस्य मनकुमारी घर्तीमगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष एवं रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिका प्रकाशक÷सम्पादक मानसिंह विश्वकर्मा, नेपाल क्युनिष्ट पार्टी (ने.क.पा) रोल्पा नगरपालिका कमिटी रोल्पाको सदस्य आाइतराम बि.क, बुद्धिजीवि वीरबहादुर बुढामगर, शिक्षक लालबहादुर पुन, शहीद स्मृति युवा क्लव अध्यक्ष गणेश पुन, स्वास्थ्य सशक्तिकरण आमा समूह अध्यक्ष हीरा पुन सहित सरोकारवाला निकायहरुको सहभागि थियो ।

यस कार्यलय नोबेल कोरोना भाइरस सहित अन्य रोगहरुको किटाणुबाट बच्नका लागि व्यक्तिगत आनीबानी र व्यक्तिगत सरफाइमा थप सहयोग पुग्ने क्लवको अध्यक्ष गणेश पुनले बताउनुभयो । गाउँघर क्लिनिक रोल्पा नगरपालिका–७ नं. वडा घ्युउ पोखरा रोल्पाको इञ्चार्ज ओमबहादुर पुनले माक्स र साबुन वितरण कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

You may also like