शहीदहरुको सपना पूरा गर्न हामी सबैको दायित्व होः उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पुन

मानसिंह विश्वकर्मा
कार्तिक २२ गते, जिनाबाङ रोल्पा ।


संघीय सरकार उर्जा, जलस्रोत एवं सिंचाई मन्त्री वर्षमान पुनमगरले बिहीबार गंगादेव गाउँपालिका ३ जिनाबाङ मनिमारे रोल्पामा शहीद किमबहादुर थापा ‘सुनिल’ शालिक सिलान्यास गर्नुभएको छ ।
शहीद थापाको शालिक सिलान्यास गर्दै भन्नुभयो–“गणतन्त्र ल्याउनुमा शहिद किमबहादुर थापा लगायतका अमर वीर शहीदहरुको अमूल्य बलिदानबाट आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संविधान कार्यन्वयको चरणमा हामी छौं ।”

हामीले यो संविधान प्रभावकारी कार्यन्वयन गरौं भने थापा लगायत महान वीर सहिदहरुको सपना पूरा हन्छ होइन भने यो संविधान प्रभावकारी कार्यन्वय हुन सकेन भने महान सहिदहरुको सपना अँधुरो बन्ने समेत धारणा समेत मन्त्री पुनले व्यक्त गर्नुभयो । त्यसैले महान वीर सहिदहरुको सपना पूराको निम्ति संविधान प्रभावकारी कार्यन्वयनमा हामी सबैको दायित्व बोध भएको मन्त्री पुनले बताउनुभयो । उहाँले नेपालको राजीतिक व्यवस्था परिवर्तनको निम्त अमूल्य बलिदान गर्ने हुने महान शहीद थापाको सम्मान स्वरुप शिलाक निर्माण गरेको प्रति गंगादेव गाउँपालिकालाई समेत धन्यवाद व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रममा गङगादेव गाउँपालिका रोल्पाका अध्यक्ष बिर बहादुर खत्रीले शहिदले देशको राजनीतिक व्यवस्था परिवर्तनको निम्ति योगदानको उच्च सम्मान गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

उहाँले किम बहादुर थापाको शाहादत प्राप्त गरेको स्थान मनिमारेमा शालिक निर्माण गरिएको बताउनुभयो । आगामी दिनमा पनि गाउँपालिकाले देशको राजनीतिक क व्यवस्था परिवर्तनको निम्ति अमूल्य जीवन बलिदानी गर्नु हुने महान शहीदरुलाई सम्मान र शहीद परिवारहरुलाई पनि सक्दो सहयोग गर्ने गाउँपालिका अध्यक्ष खत्रीले प्रतिवद्वता व्यक्त गर्नुभयो । तत्कालीन ने.क.पा. (माओवादीका) केद्रीय सदस्य एवं जनमुक्ति सेना नेपालका डिभिजन कमान्डर शहीद किमबहादुर थापा ‘सुनिल’ डिभिजन घोषणा कार्यक्रमको समयमा जिनाबाङ मनिमारे रोल्पामो २०६२ सालमा तत्काली शाही सेनको हेलिकप्टर आक्रमणमा निधन भएको थियो । थापाको निधानले पार्टी र जनमुक्ति सेना नेपालमा अभाव नै भयो । गंगादेव गाउँपालिकाले थापाको स्मृरणमा १५ लाख बजेटमा निर्माण भएको थियो । ५ नंं. प्रदेश सभा सदस्य दीपेन्द्र पुन सिजल, जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढा, गंगादेव गाउँपालिका रोल्पाका अध्यक्ष बिरबहादुर खत्री, त्रिबेणी गाउँपालिका रोल्पाका अध्यक्ष शान्त कुमार वली, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला समन्वय समिति रोल्पाको सदस्य लोक मान वली, गंगादेव गाउँपालिका रोल्पाका उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश पुन मगर, गाउँपालिकाका जनप्रतिनिधि लगायतको आतिथ्यता रहेको गाउँपालिका रोल्पाका प्रेस संयोजक अशोक वली ‘परिवर्तन’ले जानकारी दिनुभयो ।

You may also like