संघीय सरकार नेपाल उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्री माननीय वर्षमान पुन ‘अनन्त’को पहलमा इट्ट् भट्टाबाट घर फर्किदै

संघीय सरकार नेपाल उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्री माननीय वर्षमान पुन ‘अनन्त’को पहलमा इट्ट भट्टाबाट घर फर्किदै
८ वैशाख, लिबाङ– रोल्पा ।।


संघीय सरकार नेपाल, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री मानीन वर्षमान पुन ‘अन्नत’को पहलमा लक डाउनको समयवधि थप हुँदै जाँदा विभिन्न जिल्लाको इट्टा भट्टामा मजदुरीका लागि गएका रोल्पा जिल्लाबासीहरु घर फर्किने क्रम जारी छ । सोही क्रममा    माडी गाउँपािलका, राेल्पा नगरपालिका र पूर्वी रूकुम जिल्लाबाट  हनुमान–५ इट्टा भट्टामा मजदुरीमा गएका २२ जना मजदुरी अाज लिबाङसम्म अाइपुगेका छन् ।   रोल्पा नगरपालिका–४ नं. वडा टुडिखेल स्थित रहेको हेल्थ डेस्कबाट सबैको स्वास्थ परीक्षण गरी अर्काे गाडी व्यवस्था गरी  गणतव्यतिर हिडेका छन् ।
‘संघीय सरकार नेपालले कोरोना भाइरस (कोभिड–१९) संक्रमित नियन्त्रणका लागि २०७६ साल चैत्र महिनाको ११ गतेदेखि लक डाउन लागू पश्चात् इट्ट भट्टामा पनि काम बन्द भयो । हामी लक डाउन खुल्ला र घर जाऔला भन्ने आशामा थियौं । तर, लक डाउनको समयवधि थप हुँदा जाँदा हामी समस्या परेका थियौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री माननीय वर्षमान पुन ‘अनन्त’को पहलमा हिजो भक्तरबाट बसमा लिबाङसम्म आइपुगेका छौं’ माडी गाउँपालिका–६ लाप्चुन रोल्पा निबासी निर्माण परियारले भने । परियारले भने,‘ वडा अध्यक्ष खर्कबहादुर पुनलाई फोन गर्दा घर नगएर वडाको क्वारेन्टाइनमा आउन आग्रह गरेको बताए । घरसम्म आउन पाइन कि ? चिन्ता थियो । तर, त्यो चिन्ताबाटमुक्त भयो । अब वडा कार्यालयको निर्माण गरेको क्वारेन्टाइनमा इमान्दरपूर्वक बस्ने छु ।’
राेल्पा नगरपालिका-४ टुडिखेलमा सञ्चालन हेल्थे डेस्कबाट तिनीहरूकाे ज्वारी परीक्षण गरी इट्टा भट्टाबाट लिबाङसम्म आइपुगेका ति मजदुरीहरुमध्ये माडी गाउँपालिका र पूर्वी रुकुक मजदुरीहरुलाई गाडीबाट घरसम्म पु¥याउँदै छ भने घर नजिक भएकाहरु पैदल यात्राबाट नै घरतिर हिडेका छन् । संघीय नेपाल उर्जा, जलस्रोत तथा सिचाई मन्त्री माननीय वर्षमान पुन ‘अनन्त’, प्रतिनिधि सभा सदस्य एवं निवर्तमान सभामुख ओनसरी घर्तीमगर, शिक्षा÷स्वास्थ्य समिति संयोजक एवं प्रतिनिधि सभा सदस्य जयपुरी घर्तीमगर आन्तरिक मामिला तथा कानुन मान्त्री माननीय मन्त्री कुल प्रसाद के.सी, प्रदेश सभा सदस्य माननीय दीपेन्द्र कुमार पुन ‘सिजल’, यस जिल्लाको दश ओटै स्थानीयतहका प्रमख÷अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल सहित अन्य सरोकारवाला निकायहरुको सक्रिय भूमिकाबाट लक डाउनबाट प्रभावित भएका जिल्लाबासीहरुलाई उद्वारमा सहयोग पुगेको छ । केही व्यक्तिहरु त टाढा–टाढाबाट पैदल यात्राबाट घरसम्म आइपुगेका छन् । घर फर्किएकाहरुलाई वडा कार्यालयहरुले निर्माण गरेको क्वारेन्टाइनमा राखि स्वास्थ्य परीक्षण गरिदै आएको छ । क्वारेन्टाइनको समयवधि पूरा गरेका व्यक्तिहरुलाई घरतिर समेत जाँदै छन् ।

You may also like