स्रष्टा चौतारी श्रृङ्खलाको अवसरमा साहित्यिक रचना सुनाउने र सुन्नेको विकास हुँदै

रोल्पा समाचारदाता
लिबाङ–रोल्पा,

साहित्यिक क्षेत्रको विकासको निम्ति प्रत्येक महिनाको १५ गतेका दिन जिल्लामा नियमित अभियानकै रुपमा सञ्चालित स्रष्टा चौतारीे ६३ श्रृङ्खलाको अवसरमा साहित्यिक अनुरागिले आ–आफ्नो साहित्यिक रचना बाचन गरी यस महिनाको ६३ औं श्रृङ्खला रोल्पा नगरपालिका–४ लिबाङ स्थित बाचनालयमा बिहीबार सम्पन्न भएको हो । जिल्लामा स्रष्टा चौतारी श्रृङ्खलाको सञ्चालनसँगै साहित्यिक रचना सुनाउने र सुन्ने प्रचलनको विकास भएको छ ।
नियमित स्रष्टा चौतारीको ६३ औं श्रृङ्खलामा जिल्ला न्याधिश वासुदेवलाल श्रेष्ठ, रोल्पा नगरपालिका प्रमुख पुरण के.सी, जिल्ला प्रशासन कार्यालय रोल्पाका निमित्त प्रमुख जिल्ला अधिकारी चुडामुणी गौतम, खद्कदल रोल्पाका गणपति अजय गुरूङ, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्र.ना.उ. ज्ञानेन्द्रप्रसाद फुयाल, राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाका अनुसन्धान प्रमुख मनोज ढकाल, जिल्ला शिक्षा कार्यालय रोल्पाका जिल्ला शिक्षा अधिकारी कल्पणा घिमिरे, राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार एवं अग्रज साहित्यकार डी.वी. टुहुरो, जिल्ला समन्वय समिति रोल्पाका कार्यकारी सचिव तथा अग्रज साहित्यकार दामुर्सिफुल, राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका अध्यक्ष कविता उपाध्याय, सचिव चाहना शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका निवर्तमान अध्यक्ष एवं दोस्रो कार्यकालक अध्यक्ष महेश न्यौपाने, राप्ती साहित्य परिषल् जिल्ला शाखा रोल्पाका निवर्तमान अध्यक्ष गोकर्ण प्रसाद पुनमगर, ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष लोक आलक, उपाध्यक्ष नविन लोचनमगर, सचिव नारायण जिज्ञासु, सुनछहरी कला केन्द्र रोल्पाका अध्यक्ष दीपिन थापामगर, दिलकुमारी बुढामगर, हरी पुनमगर, वविता थापा, भिम वली लगायतका साहित्य अनुरागिहरुले साहित्य सिर्जना वाचन गर्नुभयो । जिल्ला अग्रज साहित्यकारहरुको विशेष पहलमा सञ्चालन गरिएको स्रष्टा चौतारी सुरुदेखि ६३ श्रृङ्खलासम्म नियमित रुपमा सम्पन्न हुँदै आएको छ । साहित्य सर्जकको साहित्यि विधिलाई निखारपन ल्याउनुसँगै नयाँ साहित्यक सर्जकलाई साहित्य रचनामा प्रोत्साहन गर्नु नै स्रष्टा चौतारी श्रृङ्खला सञ्चालन गर्नुको प्रमुख उद्वेश्य हो । श्रृङ््खलामा साहित्य सर्जकको साहित्य रचनाको बाचन सुन्ने स्रोतको समेत उतिकै उल्लेखनीय मात्रमा सहभागि बढ्ने क्रम बढको छ । जसले नयाँ साहित्यक सर्जकलाई साहित्य रचनामा उत्साहितसगै साहित्यिक सर्जकलाई साहित्यक रचनाको बानीको विकास भएको अग्रज साहित्यहरुको विश्लेष छ । यो श्रृङ्खला राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको आयोजनामा सम्पन्न भएको हो । नयाँ वर्षको २०७५ सालको पूर्वसन्ध्यामा चत्रै ३० गतेका दिन राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाले शुभ–कामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेकोेले सम्पूर्ण साहित्यक अनुरागी लगायत सरोकारवाला निकायलाई सोही दिन उपस्थितिका लागि जिल्ला शाखा रोल्पाका अध्यक्ष कविता उपाध्यायले अनुरोध गर्नुभयो । साथै उहाँले आगामी स्रष्टा चौतारी ६४ औं श्रृङ्खला राप्ताी साहित्य परिषद् जिल्ला शाखा रोल्पाको आयोजनामा रोल्पा नगरपालिका लिबाङ टुडीखेल स्थित बाचनालयमा नै आयोजना गरिएकोले सम्पूर्ण साहित्यक अनुरागी लगायत सरोकारवाला निकायलाई उपस्थितिको लागि जिल्ला शाखा रोल्पाका अध्यक्ष कविता उपाध्यायले हार्दिक अनुरोध गर्नुभयो । जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखदेखि राष्ट्र सेवक कर्मचारी लगायतको विगतको तुलनात्मक रुपमा स्रष्टा चौतारी श्रृङखला कार्यक्रममा सहभागिताले जिल्लाको साहित्यक कार्यक्रम अझै भव्य सान्दार वातावरणमा सम्पन्न हुँदै आएको छ । जिल्लाको स्रष्टा चौतारी श्रृङ्खलामा धेरै साहित्यिक सर्जकबाट साहित्यको रचनाको विकास भएको छ । जिल्लामा साहित्य सिर्जनाहरुको विकास गर्दा ति साहित्यक सिर्जनाहरुलाई व्यवस्थापन गर्नुतिर सम्बन्धित निकायको ध्यान पुग्न अनिवार्य छ । जसले गर्दा जिल्लामा साहित्य क्षेत्रमा विकास सफल्ता हासिल गर्न सकिन्छ । समाज धेरै मानिसहरु समाजिक विकृति विसङ्गतिमा नै रोमलिएको अवस्थामा समाजिक विकृति विसङ्गतिबाट ति मानिसहरुलाई उन्मुक्तिको निम्ति साहित्यिक कर्यक्रम व्यापक रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

You may also like