मालिक तैले बानी सुधार्नु पर्छ

मालिक तैले बानी सुधार्नु पर्छ,ख्याल भनेको होइन
जनताको समस्या cropped-icon.pngटार्नु पर्छ ,ख्याल भनेको होइन

रास्ट्रलाई डुबाएर तँ स्वार्थ माथी शैर गरिरहेछ्स्,
ब्यक्ति डुबेर देश उतार्नु पर्छ,ख्याल भनेको होइन

स्वभिमान सगरमाथामा चन्द्र सुर्य उचालिरहेछ,
झरेँ भने तँलाइ पछार्नु पर्छ,ख्याल भनेको होइन

दौरा,सुरुवाल र टोपी यतै फुकालेर जा जाने भए,
यी कसिङ्गरहरु बढार्नु पर्छ,ख्याल भनेको होइन

चिलको इसारामा कुखुरो सुन पचाउन खोज्दैछ,
खोर सार्न त मलाई मार्नु पर्छ,ख्याल भनेको होइन,

प्रदिप रोदन, गोरखा

You may also like