“जल, जमिन र जंगलको उपयोग गर्दै समृद्धिको बाटोमा अघि बढौँ” मंसिर १० गते सम्पन्न हुने प्रतिनिधि र प्रदेशको निर्वाचनमा रोल्पा क्षेत्र नं. १ का बाम गठबन्धनका साँझा उमेद्वार एवं नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य कुलप्रसाद केसी (सोनाम)

रोल्पा समाचार साप्ताहिकका सम्पादक मानसिंह बिकले आगामी मंसिर १० गते सम्पन्न हुने प्रतिनिधि र प्रदेशको निर्वाचनमा रोल्पा क्षेत्र नं. १ का बाम गठबन्धनका साँझा उमेद्वार एवं नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य कुलप्रसाद केसी (सोनाम) सँग निर्वाचन रोल्पाको आगामी कार्यक्रम र प्रतिवद्धताका बारेमा गरिएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

तपाईको राजनीतिक पृष्ठभूमि बताईदिनुहोस् ?
म विद्यार्थी राजनीतिदेखि जनताको सेवा सुरुवात गरेको हुँ । मेरो राजनीतिक यात्रा तीन दशक १६ वर्षदेखि नै सुरुवात गरेको हुँ । अहिलेसम्म सार्वजनिक पदभार पहिलो पटक सार्वजनिक पदमा रहेर सेवा नयाँ सेवा सुरु गर्ने हो ।
तपाई र तपाईको पार्टीलाई किन भोत दिने ?
देश परिवर्तनको नेतृत्व गरेको कारण र देशलाई समाजवादी आधार शिला निर्माणको विचार पार्टी भएको कारण हाम्रो पार्टी जनयुद्व, जन आन्दोदन, शान्ति समृद्धि र संविधानको निर्मता, पहल कर्ता भएकै कारण हाम्रो बाम पार्टीको विकल्प अरु हुँदैनन् । यस कारण म र हाम्रो गौरवशाली पार्टीलाई भोट दिनुको विकल्प हुँदैन ।
तपाईको पार्टीले किन बाम एलाइन्स गरेको हो ?
हाम्रो पार्टी नेपाल बाम आन्दोलन बाम मनोविज्ञान र आकांक्षाको सम्बोधन एकतावद्व शक्ति निर्माणबाटमात्र सम्भव छ । नेपालमा राजनीतिक, वैचारिक, मतभिन्नताबाट अलग थलो मात्र भएको नकरात्मक विषयलाई एकता सङ्घर्ष र लक्ष्यमा रुपान्तरण गर्ने नयाँ साहसको समयको बोध हामीलाई भयो । यो समय सन्दर्भ र आवश्यकताको समय हो । यो एलाइन्स केवल चुनावी लक्ष्य मात्र नभै एक नयाँ परिवर्तनकारी आकांक्षाको उद्घोषको रुपमा लिनु पर्दछ ।
तपाई र तपाईको पार्टी चुनावी ऐजेण्डा के–के हुन् ?
हाम्रो पार्टीको मूल एजेण्डा संविधान कार्यान्वयन, समाजवाद उन्मुख व्यवस्था गर्ने, हाम्रो देशलाई स्वाधिनता स्वतन्त्र र समुभ बनाउने लक्ष्य, राष्ट्रियता, जनतन्त्र र जनवादी एवं जनजीवनको समस्या पहल गर्ने हाम्रो पार्टीको मूल एजेण्डा रहने छन् ।
चुनावमा विजयी हुनका लागि जिल्ला र निर्वाचन क्षेत्रमा के– के गर्नुहुन्छ ?
जिल्ला र निर्वाचन क्षेत्रको कार्यक्रम कुन भन्ने स्पष्ट रहने चुनावी कार्यक्रम भन्नु भएको हो भने हाम्रो चुनावी परिचालन कमिटीद्वारा जिल्ला र चुनावी क्षेत्र स्तरीय कार्यक्रमहरु तय हुनेछन् । चुनावी कुरा गर्दा वीरभूमि रोल्पा र रोल्पाली आफै इतिहास निर्मता भएकोले यसको पहिलो सूचि रोल्पाली जनताको जीवनमा हेरफेर आउने गरी उत्पादन, पर्यटन, रोजगार, लुङ्ग्री, माडी हाइड्रो प्लावरद्वारा यसको चेहेरा बद्ल्नु हो । त्यहि अनुसार हामी जनताको वीचमा जान्छौँ ।
कुलप्रसाद केसी (सोनाम) को प्रतिवद्धतापत्र
“जल, जमिन र जंगलको उपयोग गर्दै
समृद्धिको बाटोमा अघि बढौँ”
“युद्ध पर्यटन
रोल्पाको पहिचान
गोलाकार भित्र हँसिया
हथौडामा मतदान ”

आदरणीय जनसमुदायहरु !
हामीले देशको समृद्धि, विकास र राज्यसत्ताको शासकीय स्वरुप र संरचनामा आमूल परिवर्तनका लागि १० वर्ष जनयुद्ध लड्यौँ । जनयुद्धको जगमा ०६२÷०६३ को १९ दिने जन आन्दोलन र मधेश आन्दोलनको उत्थान गरी नेपालमा संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशि– ंसमानुपातिकता जस्ता ठूल–ठूला उपलब्धिहरु संविधानसभा मार्फत हाँसिल ग¥यौँ । यही कुराको संस्थागत गर्नु हाम्रो सबैभन्दा ठूलो दाायित्व हो । यी उपलब्धिहरुको रक्षा र विकास गर्दै अब देशलाई समृद्धिको शिखरमा पु¥याएर तीब्र आर्थिक र भौतिक विकास गर्दै देशलाई नै कायापलट गर्न चाहान्छौ ।
म कुलप्रसाद के.सी. ‘सोनाम’ रोल्पा नगरपालिकाको वडा नं. ६ मा जन्मेर वर्ग संघर्षमा रोल्पाकै पूर्वी भागहरुमा जनताको सेवामा समर्पित योद्धा हुँ । जनयुद्धको आवश्यकताले युद्धमा मलाई भेरी कर्णाली क्षेत्रको सेवा गर्ने अवसर प्रदान ग¥यो । जब जनयुद्ध उत्कर्षमा पुग्दै ग¥यो अढाई वर्ष लामो जीवन भारतीय जेलमा वस्न बाध्य भएँ । युद्ध, जेल जीवन हुँदै निरन्तर जनताको वर्गिय मुक्ति आन्दोलनमा अगाडि बढेको छुु । आजसम्म मैले कुनै सरकारी लाभको पदमा बसेको छैन र आफ्नो स्वच्छ छवीमा आँच आउन पनि दिएको छैन । मैले रोल्पा जिल्ला क्षेत्र नं. १ को समग्र विकासका लागि जनताको मतद्वारा प्रदेश सभाको सभासद भै जनताको सेवा गर्न र यस क्षेत्रको समग्र विकास गर्न चाहान्छु । रोल्पाको १ नं. क्षेत्रलाई सुन्दर, हराभरा र पर्यटकीय गन्तव्य बनााउने मेरो सपना तपाई आम आमाबुबा दाजुभाई तथा दिदी बहिनीको अमूल्य मतले मात्र प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु । अतः तपाईको अमूल्य मत गोलाकार घेरा भित्रको हँसिया हथौडामा दिई अत्याधिक मतले मलाई विजयी गराउनु हुनेछ भन्ने अपेक्षा सहित मेरा निम्न प्रतिवद्धताहरु जनता सामु पेश गर्दै मतदानको निम्ती विशेष अपिल गर्न चाहान्छु ।
हाम्रा प्रतिवद्धताहरु
१. प्रत्येक गाउँपालिकाको केन्द्र जोड्ने सडकहरु कालोपत्रे गरिनेछ । हरेक वार्डहरु सडक सञ्जालले जोडिनेछ ।
२. रोल्पा रिङरोडको पूर्वी भाग (सुलिचौर थबाङ) सम्पन्न गरिनेछ ।
३. पूर्वी भेग सिर्पबाट प्यूठान जोड्ने सडक स्तरोन्नती गरिनेछ
४. सुलिचौर गाम सडकलाई मध्य पहाडी लोकमार्गसंग जोडी अन्तरदेशीय मार्गको रुपमा विकास गर्न पहल गरिनेछ ।
५) भालुबाङ, चकचके, सुलिचौर लिबाङ सडकलाई डवल लेन सडकमा विकास गरिनेछ ।
६. रोल्पाली जनताकै सेयर लगानीमा लुङग्री र माडीबाट जलविद्युत उत्पादन गरिनेछ ।
७. बेरोजगार युवाहरुलाई रोजगारीको सुनिश्चितता गरिनेछ । युवा लक्षित विभिन्न व्यवसायिक सीप प्रदान गरी व्यावसाय सञ्चालनका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।
८. पर्यटन तर्फ जेलबाङलाई नमूना शहीद गाउँ, लिस्ने लेक र गाममा जनमुक्ति सेना वीरता स्तम्भ निर्माण गरि युद्ध पर्यटन विकासमा जोड दिइनेछ ।
९. एक घर एक धाराको नीति अनुसार प्रत्येक घरमा खानेपानीको सुनिश्चितता गरिनेछ ।
१०. जनयुद्धका शहीद परिवार, वेपत्ता परिवार, घाईते अपाङ्ग, बलात्कृत लगायतलाई रोजगारीमा विशेष अवसरको श्रृजना गरिनेछ ।
११. रोल्पाको पूर्वी क्षेत्रमा स्नाकोत्तरतहसम्मको शिक्षाका लागि क्षेत्रीय स्तरमा विशेष पहल गरिनेछ साथै प्रत्येक गाउँपालिकामा न्युनतम स्नातकतहसम्मको
शिक्षाका लागी माध्यामिक विद्यालयहरुको स्तरोन्नती गरिनेछ ।
१२. जनतालाई स्वास्थ्यमा सहज पहुँचका निम्ती निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न विशेष पहल गरिनेछ ।
१२. खाद्यमा आत्मनिर्भर जिल्ला बनाउनका लागि आधुनिक उत्पादन प्रणालीको विकास गरी बजारीकरणको व्यवस्था गरिनेछ ।
१३. रोल्पा जिल्लाको सदरमुकामलाई ‘स्मार्ट सिटी’ घोषणा भैसकेकोले यसको व्यवहारिक कार्यान्वयनमा जोड दिईनेछ ।
१४. शहरी विकास कार्यक्रम अन्तरगत, रोल्पाको पूर्वी पहाडमा नयाँ शहरी विकासका लागि विशेष पहल गरिनेछ ।
१५. रोल्पाको पूर्वी भेगको उपयुक्त स्थानमा सुनिल स्मृित शालिक निर्माण गरिनेछ ।
१६. बडाचौर एयरपोर्टलाई पुनर्निमाण गरि पुनः सञ्चालनको लागि पहल गरिनेछ ।
१७. सुलिचौरमा र लिबाङमा आधुनिक वसपार्क निर्माणमा जोड दिइनेछ ।
१८. तरकारी र फलफूल खेतीका लागि १ नं. क्षेत्रका विभिन्न वडाहरुलाई पकेटक्षेत्र घोषणा गरी लागू गरिनेछ ।
१९. पूर्वी क्षेत्रमा रहेका विभिन्न खनिज पदार्थ उत्खननमा विशेष पहल गरिनेछ ।
२०.रोल्पा जिल्लाका सञ्चारको पहुँचभन्दा बाहिर रहेका गाउँ र नागरिकलाई सञ्चार सुविधाको प्रत्याभूति गराइनेछ ।
धन्यवाद

You may also like