आजसम्म रोल्पामा ३१ हजार २५२ जना मानिसको स्वास्थ्य परीक्षण

आजसम्म रोल्पामा ३१ हजार २५२ जना मानिसको स्वास्थ्य परीक्षण
जेठ ९ गते
लिबाङ–रोल्पा ।


जिल्ला प्रशासन कार्यालय रोल्पाबाट गृह मन्त्रालय, विपद् पूर्व तयारी तथा प्रति कार्य शाखा (राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंह दरबार काठमाण्डौैंमा आज नोबेल कोरोना भाइरस (कोभिड–१९)को दैनिक रिर्पाेट पठाएको छ ।

यस जिल्लामा आज (शुक्रबार) ३७० जना मानिसको स्वास्थ्य परीक्षण भएको छ । जिल्लामा हालसम्म कोरोना भाइरस सम्बन्धि दैनिक कार्य अन्तर्गत ३१ हजार २५२ जना मानिसहरुको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्लाको विभिन्न स्थानमा निर्माण भएको क्वारेन्टाइन वेडको संख्या १ हजार ४६० ओटा छन् भने अघिल्लो दिन २७८ जना मानिसहरु क्वारेन्टाइनमा रहेका थिए । आज ७२ जना मानिसहरु थप भएका छन् भने सोही दिन क्वारेन्टाइनबाट ५ जना मानिसहरु फिर्ता भएका छन् । क्वारेन्टाइनमा बसेको सामान्य व्यक्तिहरुमध्ये १४३ जना महिलाहरु र २०२ जना पुरुष गरी ३४५ जना मानिसहरुको रहेका छन् । क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई खानपिनको व्यवस्थापन नगरपालिका÷गाउँपालिकाहरुले राम्रोसँग व्यवस्थापन गरेका छन् ।
त्यसैगरी यस जिल्लामा २३ वेडको आइसुलेसन निर्माण भएका छन् भने आइसुलेसनबाट ३ जना फिर्ता गरेको बताएको छ । जिल्लामा हालसम्ममा पिपिईको सेट जम्मा ३४६ रहेको रिर्पाेट सम्बन्धित निकायमा पठाएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी.ले बताउनुभयो । उहाँको अनुसार हालसम्म यस जिल्लामा आरडिति परीक्षण भएका ३६६ जना मानिसहरुको कोरोना भाइरसबाट संक्रमित नभएको रिर्पाेट आएको जानकारी दिनुभयो । यस जिल्लाको विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनबाट ८ हजार १२ जना मानिसहरु फिर्ता भएका छन् भने हालसम्म आइसुलेसनबाट २० जना मानिसहरु घर फिर्ता भएको छन् । हालसम्म स्वाब परीक्षण भएका २२ जनाहरुको भाइरस संक्रमित नभएको रिर्पाेट आएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी.ले जानकारी दिनभएको छ ।

You may also like