कोरोना रोकथाममा स्थानीय सरकार जिम्मेवारी बन्नुपर्छः स्वास्थ्य निर्देशक डाक्टर विनोद कुमार गिरी

कोरोना रोकथाममा स्थानीय सरकार जिम्मेवारी बन्नुपर्छः स्वास्थ्य निर्देशक डाक्टर विनोद कुमार गिरी
पुष ५ गते
लिबाङ– रोल्पा


This image has an empty alt attribute; its file name is f-1024x768.jpg
This image has an empty alt attribute; its file name is f-1024x768.jpg

कोरोना भाइसर नियन्त्रणमा स्थानीय सरकारहरु नै जिम्मेवारी बन्नुपर्ने सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशिनालयले लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशक डाक्टर विनोद कुमार गिरीले बताउनुभयो ।
उहाँले यस्तो धारणा आज लिबाङमा आयोजित रोल्पा जिल्लाका पत्रकारहरुसँग भेटघाट कार्यक्रममा व्यक्त गर्नुभएको हो । उहाँले संघीय सरकार र प्रदेश सरकारले कोरोना भाइरस रोकथामको शीर्षकमा आवश्यक वजेट स्थानीय तहहरुलाई पठाएको हुँदा अन्य बाँकी कार्यहरु स्थानीय सरकारहरु नै व्यवस्था गर्नुपर्ने उहाँको धारणा थियो । उहाँले कोरोना भाइरस रोकथामको उपाय भनेको भिडभाडमा नजाने, अनिवार्य मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, नियमित साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग, खाने कुराहरुमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । कोरोना रोकथाममा स्वास्थ्य निर्देशनालयबाट आगामी दिनमा पनि आवश्यक समन्वय सहकार्य गर्दे आउने उहाँले प्रतिवद्वता व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is f2-1024x768.jpg

जिल्ला स्तरीय अस्थायी आइसोलेसन केन्द्र सञ्चालनको अध्यक्ष एवम् जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राज बहादुर बुढागमरले सरोकारवाला निकायहरुको समन्वय सहकार्यमा केही महिनासमम्म आइसोलेसन प्रभावकारी रुपमा सञ्चालन भएको थियो । तर, आइसोलेसन सञ्चालनका लागि वजेटको व्यवस्था नहँदा पछिल्लो समयमा समस्याले आइसोलेसन बन्द अवस्थामा पुगेको उहाँको धारणा थियो । नागरिक स्तरबाट आइसोलेसन सञ्चालनको व्यापक दबाबकै कारण जलजल बहुमुखी क्याम्पसमा सञ्चालन आस्थायी आइसोलेसन गुरुङ गाउँमा स्थित सामुदायिक भवनमा रोल्पा नगरपालिकासँगको समन्वयमा सञ्चालन गरेको उहाँले बताउनुभयो । आगामी दिनमा पनि आइसोलेसन सञ्चालनका लागि वजेटको व्यवस्थापन भएमा पुनः जिल्ला स्तरीय आइसोलेसन सञ्चालन गर्न सक्ने उहाँले बताउनुभयो ।त्यसैगरी यस जिल्लामा कोरोना भाइरस रोकथाममा सरोकरवाला निकायहरुको सहकार्य, समन्वयमा प्राप्त उपलब्धिहरु र प्रभावहरु तथ्याङ्क सहित जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको प्रमुख अनिल के.सी.ले प्रस्तुत गर्नुभएको थियो । भाइरस रोकथाममा सरोकारवाला निकायहरुको ध्यान नपुगेको सहभागी पत्रकारहरुले गुनासो व्यक्त गर्नुभएको थियो । आगामी दिनमा यस जिल्लामा प्रभावकारी आइसोलेसन सञ्चालन गर्नुपर्ने पत्रकारहरुको प्रतिक्रिया थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकारहरुको सहभागी थियो । जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राज बहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्क सहायक अरुण उपाध्यायले गर्नुभएको थियो ।

You may also like