मगर राज्य होइन मगरा“त प्रदेशको माग हो ।

मगर राज्य होइन मगरा“त प्रदेशको माग हो ।
–अमृतबहादुर बा“ठामगर (अध्यक्ष)
नेपाल मगर संघ, रोल्पा
२ रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको तर्फबाट हार्दिक स्वागत गर्र्दै तपाईको परिचय बताइदिनका लागि हार्दिक अनुरोध गर्दछु ?
%धन्यवाद, म अमृत बठामगर हँु। म अहिले नेपाल मगर संघ जिल्ला कार्य समितिको रोल्पाका अध्यक्ष पदमा रही आफ्नो भूमिका निर्वाह गरिरहेको छु ।
२वर्तमान समयको राजनीतिक परिवेशलाई कसरी विश्लेषण गरिरहनु भएको छ ? अध्यक्ष अध्यक्ष ज्यू ।
%नेपालको वर्तमान समयको राजनीतिकको परिवेशलाई विश्लेषण गर्दा वर्तमान समयको राजनीतिक परिवेश निकै जटिल अवस्थामा छ । लामो समयसम्म एकात्मक शासन प्रणलीबाट सञ्चालित यो देश नेपाल २०७२ सालको नेपालको संविधान अनुसार संघात्मक शासन प्रणालीमा प्रवेश गरेता पनि संघात्मक भित्रको एकात्मक सोच र वास्तविक संघात्मक शासन प्रणाली चाहने नेता तथा राजनीतिकदलहरूको आन्तरिक द्वन्द्वको कारणले वास्तवमा यो देश नेपाल जर्जर अवस्थामा पुगेको छ । वर्तमान समयमा संघीयात्मक शासन प्रणाली माथि नै प्रश्न खडा भएको छ । देशमा राजनीतिक अस्थिरता पैदा भएको छ ।
२ नेपालमा मगर समुदायको ऐतिहासको बारेमा जानकारी गराइदिनु हुन्छ, कि ?
%मगर समुदायको ऐतिहासिक विरासत बोकेको नेपालको आदिवासी÷जनजाति हो । मंगोल मूलका मानिने मगर समुदाय मगराँग भूमिको भूमि पुत्र हो । विशेष गरी नेपालको पूूर्वीय भू–भागका लम्जुङ, तनँहु, पाल्पा, गुल्मी, अर्घखाँची, पर्वत, गोरखा, रोल्पा, प्यूठान, रूकुम, दाङ, सल्यान, म्याग्दी, रूपेन्देही, लगाएतका १९ ओटा जिल्लामा मगर समुदायको सघन बस्ती रहेको पाइन्छ । जहाँ भूमिको नामहरू पनि समेत मगर भाषामा राखिएको इतिहासिमा कायम भएको छ । मगर समुदाय अत्यन्तै इमान्दार, कर्तव्य निष्ठ तथा निस्कपट भएको मगर समुदाय शासक जातिको रूपमा चिनिएता पनि राजा पृथ्वी नारायण शाहको एकीकरण पश्चात् आफ्नो इतिहास गुमाउँदै गाएको पाइन्छ । नेपालमा बसोबास गर्ने जातिहरूको तुलनमा जनसङ्ख्याको आधारमा समग्रमा तेस्रो र आदिबासी जनजातिहरूमध्ये पहिलो जातिको रूपमा मगर समुदाय नै हो । मगर समुदायको भाषा, साँस्कृति, भेष भुषाका दृष्टिकोणले अत्यन्त धनि जातिको चिनिन्छ । विब्बत बर्मेली अन्तर्गत पर्ने आफ्नो मगर भाषा भएको मगर समुदाय वर्तमान अवस्थामा भाषिक, साँस्कृति, प्रशासनिक, राजनीतिक लगाएतका क्षेत्रमा उत्पीडनमा रहेको जाति हो ।
२ नेपालकामगर समुदायलाई निकट भविष्यमा किन मगराँत प्रदेशको आवश्यकता प¥यो ?
%मगराँत ऐतिहासिक विरासत बोकेको भूमिको नाम हो । जसलाई मगर पूर्खाहरूले पहिलो पटक संरक्षित गर्ने काम गरेका थिय । भूमिलाई उर्वर बनाउने काम समेत गरेको थिय । साथै यस भूमिमा मगर समुदाय पूर्खाहरूले शासन गर्दै आएका थिय । विशेष गरी राजा पृथ्वी नारायण शाहको एकीकरण अभियान पश्चात भाषा, साँस्कृति, सामाजिक पहिचान घुमि सकेपछि मगर समुदाय उत्पीडन जातिको रूपमा रहेको मगर समुदायलाई आफ्नो गुमाएका पहिचानहरूलाई उत्थान गर्दै संरक्षण गर्नका लागिपुनः मगर समुदायलाई मगराँत स्वयत्त प्रदेशको आवश्यक परेको हो ।
२ मगराँत स्वयत्त प्रदेशबाट मगर समुदायलाई के–के अधिकारहरू प्राप्त हुन्छ ?
%संघीयतामा भन्दा मगराँत स्वयत्त प्रदेशबाट आम उत्पीडनमा परेका मगर समुदायको आफ्नो भाषा, साँस्कृति, सामाजिक, भेष भुषा तथा राजनीतिक लगाएतका विषयमा अग्रधिकार मगराँत स्वायत्त प्रदेशबाट आम मगर समुदायले अधिकार प्राप्त गर्दछ ।
२मगर संघले संघीयतात्मक शासन प्राणालीलाई कसरी व्याख्या गरिरहेको छ ?
%संघीयता भनेको केन्द्री सरकारको समन्वयमा रहने गरि देशलाई त्यहाँको साँस्कृतिक, सामाजिक, भाषिक, लगाएतका धरातलिय वास्तविकता अनुसार विशेष अधिकारको प्रत्यायोजन गरि विभिन्न प्रदेशमा विभाजन गर्दै शासन व्यवस्थाको विधि हो । स्पष्ट रूपमा भन्दा जातीय, लिङ्गीय, क्षेत्रीय नेपालको प्रमुख समस्या हुन् । जसलाई लामो समयसम्म चल्दै आएको एकात्मक शासन प्रणालीले समस्याको सम्बोधन गर्न सकेन । जसको परिणाम स्वरूप देश सम्पन्नताको दिशातिर अगाडी बढ्न सकेन । त्यसैले संघीय राज्यको संरचना गर्दा नेपालको सन्र्दभमा जातीय, लिङ्गीय, क्षेत्रीय रूपले उत्पडिनमा रहेका समुदायलाई विशेष अधिकार प्रत्यायोजन गरि प्रदेशमा विभाजन गर्नु नै वैज्ञनिकता हुन्छ भन्ने नेपाल मगर संघको धारणा हो ।
२मगर समुदायको मुद्वालाई सम्बोधन गर्नका लागि विभिन्न राजनीतिकदलका भातृ मगर संठन लगाएत अन्य मगर अगुवाई व्यक्तिहरू नै एकता हुन सक्नु भएको छैन अनि कसरी मगर समुदायको मुद्वालाई सम्बोधन हुन्छ ?
%यहाँले भने जस्तै वर्तमान समयमा हामी सम्पूर्ण मगर अगुवाहरूलाई एक जुट पार्न नसेको अवस्था यार्थाथ हो तर मगर संघले मगर अगवाईलाई एक जुट बनाउने कार्यमा निरन्तर अगाडी बढिरहेको छ । अहिले विभिन्न मगर अग्रजहरू विभिन्न पार्टीको जिम्मेवारी व्यक्तिहरू भएकाले उहाँहरूबाट आ–आफ्नो पार्टीको अवधारणा व्यक्त गर्नु कुनै नौलो कुरा होइन । यो उहाँको नैतिक बाध्यता पनि हो तर समय परिस्थिती सँगसँगै उहाँहरू एक ठाउँमा आउनुको कुनै विकल्प नै छैन । यसो भन्दै गर्दा मगर समुदायहरू मात्र एक जुट हुनुपर्छ भन्ने पनि होइन । मगर समुदाय भित्र पनि ब्राह्मणवाद छ । जस्को ब्राह्मणवादको हामी घोर विरोध गर्दछौं । साथै पीछिडिएको मगर समुदायको अधिकारको लागि क्षेत्री, ब्राह्म, तथा अन्य समुदायका नेता ज्यूहरूको साथ दिनु हुन्छ भने नेपाल मगर संघले उहाँहरूलाई पनि साथ दिन्छौं । मगर समुदायको अधिकारको लागि मगर मात्र लड्नु पर्दछ भन्ने पनि होइन । न्याय अन्यायको आधारमा एकले अर्कालाई साथ दिने संस्कृतिको विकास गर्नु पर्दछ ।
२ प्रदेश नं ५ का पहाडी जिल्लाई प्रदेश नं ६ मा समावेश गरिदै छ भन्ने संविधान संशोधनको प्रस्तावको विरूद्व भइरहेको थियो तर नेपाल सरकारले गत मंगलबार १४ गतेका दिनमा प्रदेश नं ५ पहाडी जिल्लालाई प्रदेश नं ४ मा समावेश गर्ने गरि संविधान संशोधनको प्रस्ताव दर्ता गरेको संविधान प्रस्ताव प्रति मगर संघको वास्तविक धारणा के हो ?
%नेपाल सरकारले मंसिर महिनाको १४ गतेका दिनमा प्रदेश नं ५ का पहाडी जिल्लालाई प्रदेश नं ४ मा समावेश गर्ने संविधान संशोधन प्रस्ताव ल्याउँदा ऐतिहासिक विरासत बोकेको मगराँत भूमि धेरै एकीकृत हुने भएकोले र तमुहरू समुदायसँग व्यापक छलफल गरी मगराँत स्वायत्त प्रदेश स्थापना गर्न सहजको वातावरणको पैदा भएकोले नेपाल मगर संघले प्रदेश नं ५ पहाडी जिल्लालाई प्रदेश नं ४ मा समावेश गर्ने गरि संविधान संशोधनको प्रस्ताव दर्तालाई स्वागत गरेको छ । मगराँत स्वायत्त प्रदेश स्थापना भएपछि यो मगराँत प्रदेशको राजधानीको विषयमा वृहत छलफल गरी पाल्पा÷रोल्पा वा अन्य कुनै जिल्लामा निर्धारण गर्न सकिन्छ । कास्की जिल्लाको पोखरालाई दीर्घकालीन रूपमा मगराँत प्रदेशको राजधानी स्वीकार गर्नु पर्दछ भन्ने मगर संघको मान्यता होइन ।
२रोल्पा लगाएत केही पहाडी जिल्लालाई प्रदेश नं ६ मा राख्ने भन्ने हल्लाले सबैलाई आन्दोलित बनाएको अवस्थामा नेपाल सरकारले अन्तिममा प्रदेश नं ५ का पहाडी जिल्लालाई प्रदेश नं ४ राख्दा नेपाल मगर संघले त स्वागत गरि उक्त प्रस्तावलाई तत्काल पास गर्नका लागि जिल्ला प्रशासन कार्यालय रोल्पाबाट ज्ञापन–पत्र समेत बुझाउनु भयो किन नि ?
%प्रदेश नं ५ पहाडी जिल्लालाई प्रदेश नं ४ मा समावेश गर्ने गरि संविधान संशोधनको प्रस्ताव दर्ता गरेको संविधान प्रस्तावलाई संसदबाट पारित गराउने अभिप्रायले दवाव स्वरूप हामीले जिल्ला प्रशासन कार्यालय रोल्पा मार्फत नेपाल सरकारलाई ज्ञपन पत्र बुझाएका हौं ।
२ आम मगर समुदायको मुद्वालाई सम्बोधन गर्ने प्रयत्न गरिरहेको समयमा त मगर संघलाई नेकपा (माओवादी केन्द्र) निकटको मगर भातृ संठनको रूपमा विश्लेषण गरिरहेको समयमा मगर संघको आधिकारिक धारणा के हो ?
%नेपाल मगर संघ आम मगर समुदायको अधिकारका लागि गोलबन्द गर्ने संस्था हो । यसले आम मगर समुदायका भाषिक, साँस्कृतिक, सामाजिक तथा राजनीतिक अधिकारको वकालत गर्दै विगतदेखि नै आएको छ भने आगामी दिनमा पनि मगर समुदायको अधिकारका लागि वकालत गर्नेछ । यो नेपाल मगर संघलाई जसरी बाह्य रूपमा विश्लेषण गरिएको जस्तो कुनै राजनीतिक दलको भातृ संगठन होइन । नेपाल मगर संघ कुनै राजनीतिक दलको भातृ संगठन आगामी दिनमा पनि हुन सुक्तैन भने हुन आवश्यक पनि छैन । अहिले विशेष गरि नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेससहितको स्वामित्वमा रहेको दलले मगराँत भूमिको कलस्टर मिल्ने गरि प्रदेश नं ५ पहाडी जिल्लालाई प्रदेश नं ४ मा समावेश गर्ने गरि संविधान संशोधनको प्रस्ताव दर्ता गरेको संविधान प्रस्ताव दर्ता गराएपछि पार्टीगत हिसाबले सत्तापक्ष दलहरूले प्रदेश नं ५ पहाडी जिल्लालाई प्रदेश नं ४ मा समावेश गर्ने गरि संविधान संशोधनको प्रस्ताव दर्ता गरेको संविधान प्रस्ताव लगाएतका अन्य संविधान संशोधन प्रस्तावलाई स्वागत गर्नु स्वाभाविक हो । यद्वपी रोल्पाको सन्दर्भमा व्यवस्थापिका संसदका सदस्य माननीय सांसद तथा नेपाली कांग्रेसका जिल्ला सभापति अमरसिंह पुनमगर ज्यूले प्रदेश नं ५ पहाडी जिल्लालाई प्रदेश नं ४ मा समावेश गर्ने गरि संविधान संशोधनको प्रस्ताव दर्ता गरेको संविधान प्रस्तावको विरोधमा अगाडी बढिरहनु भएको छ । उहाँ यसरी प्रदेश नं ५ पहाडी जिल्लालाई प्रदेश नं ४ मा समावेश गर्ने गरि संविधान संशोधनको प्रस्ताव दर्ता गरेको संविधान प्रस्तावको विरोध गर्दै गर्दा उहाँलाई फाइदा वा वेफाइदा गर्दछ उहाँले नै जान्ने कुरा हो । अर्कातिर मगर समुदायको मात्र आंशिक रूपले भएपपिन संम्बोधन भएपछि उक्त संविधान संशोधन प्रस्ताव विधेयकलाई नेपाल मगर संघले स्वागत गर्नु स्वाभाविक कुरा हो । जुन कुरा नेपाल मगर संघ केन्द्रीय समितिले वृहत छलफलपछि निर्णय गरेको छ । यहि निर्णयलाई आधार मान्दै मगर संघ रोल्पाले सरम्पूर्ण जनवर्गिय भातृ संगठनका प्रमुख ज्यू, मगर अगुवा तथा विभिन्न राजनीतिकदलका प्रमुखहरूलाई हाम्रो कार्यक्रममा आतिथ्यता ग्रहणको लागि निमन्त्रणा गरेका थियौं तर नेपाल (माओवादी) केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर बाहेका अन्य राजनीतिकदलहरूले हाम्रो कार्यक्रमको अस्वीकार गर्दै पवित्र समाजिक संगठन नेपाल मगर संघ रोल्पाले आयोजना गरेको मगर जनसभा कार्यक्रमलाई विथोल्ने प्रयास गर्नुभयो । स्वाभाविक रूपले आफ्नो पार्टीको प्रस्ताव गरेको प्रदेश नं ५ पहाडी जिल्लालाई प्रदेश नं ४ मा समावेश गर्ने गरि संविधान संशोधनको प्रस्ताव दर्ता गरेको संविधान प्रस्ताव विधेयकलाई नेपाल मगर संघले मगर समुदायको हितमा भएको भन्दै स्वागत गर्दा नेकपा (माओवादी केन्द्रका जनवर्गिय भातृ संगठनमा अवद्वता सदस्यहरूले उपस्थिती जनाउँदा नेपाल मगर संघ नेकपा (माओवादी केन्द्र) को जनवर्गिय संगठन भातृ संगठन हुन्छ भने यसमा मेरो भन्नु केही छैन । हैन भने यो अरोप निराधार छ यस्ले कुनै तुक छैन । यो पहिचान तथा संघीय विरोधीहरूको आरोप मात्र हो । उहाँहरू जस्तै राजनीतिक चरित्र हत्या गर्दै प्रतिरोधको भावनाले मात्र बोल्ने हो भने देशभरी चलिरहेको पहिचान विरोधी आन्दोलन देशको जिम्मेवारी पार्टी नेकपा (एमाले) कै नेतृत्वमा भई रहेको छ । यदि यसो होइन भने यो आन्दोलनमा पत्रकार महासंघ, जिल्ला उद्योग वाणिज्य संघ, गैर सरकारी संस्था महासंघ लगायतका आन्दोलनमा समावेश भएकाहरू के नेकपा (एमाले) को जनवर्गिय भातृ संगठनहरू हुन् ? यसको जवाफ हामीलाई नेकपा (माओवादी केन्द्र)को जनवर्गिय भातृ संगठनको आरोप लाउनेहरूले जनतालाई जवाफ दिनु प¥यो । होइन भने कि विशुद्व समाजिक संघलाई नेकपा (माओवादी केन्द्र) को आरोप लगाउन पाइदैनँ ।
२साच्चै मगर समुदायले मगराँत प्रदेशको माग गर्दै गर्दा अन्य समुदायलाई सन्त्रास उत्पन्न भएको देखिन्छ ? यसविषयमा के भन्नु हुन्छ मगर समुदायको जिम्मेवारी व्यक्तिको हैसियतले ।
%तपाईले निकै गम्भिर प्रश्न उठाउनु भएको छ । खास गरि पहिचान तथा संघीय विरोधी नेता तथा दलहरूले मगराँत स्वायत्त प्रदेश जातीय राज्य हो । मगराँत स्वायत्त प्रदेश भएपछि सम्पूर्ण अधिकार मगरहरूले पाउँछन् भने अन्य जाति शोसन तथा उत्पीडनमा पर्दछन्, समाजमा जातीय द्वन्द्व उत्पन्न हुन्छ जस्ता भ्रम फैलाएपछि अन्य समुदायलाई सन्त्रास पैदा हुनु पनि स्वाभाविकै कुरा हो तर म तपाईको पत्रिकाका मार्फत के कुरा अनुरोध गर्दै यो विश्वास दिलाउन चाहान्छु भने मगराँत ऐतिहासिक भूमिको नाम हो । हामीले मगर राज्यको माग गरिरहेको छैनौं । मगर समुदायको एतिहासिको पहिचानको सम्मान होस् भन्ने चाहान्छौं । मगराँत भूमिको ऐतिहासिकताको मगर समुदायकसँग जोडिएको पनि यो भूमि वर्तमान अवस्थामा यहाँ बसोबास गर्ने सम्पूर्ण समुदायको साझा भूमि हो । यो भूमिमा बस्ने सम्पूर्ण जात जातिको सम्मान अधिकार रहनेछ । प्रादेशिक राज्यको हरेक निकायमा जनसंख्याको आधारमा समानुपातिक समावेशी नीति अनुरूप सम्पूर्ण जातिको सहभागिता रहनेछ । सम्पूर्ण जात जातिको सम्बन्ध समुधुर रहनेछ । त्यसैले सम्पूर्ण समुदायहरूलाई भ्रमको वाध फाल्दै हाम्रो मगर समुदायको आन्दोलनमा एक्यवद्वता जनाई दिनका लागि म हार्दिक अपिल समेत गर्दछु ।
२अहिलेसम्म त फरक–फरक पहिचान भएका जातजाती एउटा विशाल घरमा बसेका नै छै तर निकट भविष्यमा जातिय द्वन्द्वतिर जादैछ भन्ने व्यापक बहस भइरहेको अवस्थामा यस विषयमा मगर संघको धारणा बताइदिनुहोस् न ?
%हो, तपाईले भनेको जस्तै फरक–फरक पहिचान भएका जात जाति एउटा विशाल घरमा बसेका छौं भने आगमी दिनमा पनि मिलेर नै हाम्रो विशाल घरमा बसिरहने छौं तर विडम्बनाको कुरा के भयो भने विशाल घरमा बस्दै गर्दा सबै समुदायको पहिचानलाई बचाउने काम भएन । राज्यले एकल भाषा, एकल साँस्कृति, एकल धर्म, एकल जातिको पहिचानलाई जोड दिँदै शासन प्रणालीलाई अगाडी बढाउँदा स्वाभाविक ढंगले मगर, गुरूङ, ललित लगाएतका अन्य समुदायको पहिचान मेटाउँदै भाषिक, साँस्कृति, सामाजिक प्रशासनिक, राजनीतिक रूपले अपाङ्ग बनाउने काम भयो । अपाङ्ग भएकै कारणले देशको मूलधारमा आउन सकेनन् । मानसिक रूपले कम्जोर जातिको मिथ्या आरोप लगाउने काम भयो । अर्कातिर एक जाति सवल र अन्य जातिहरू कम्जोर हुने वातावरण राज्य प्रणालीले सिर्जना गरेपछि देशले सम्पन्नतातिर गति लिन सकेन । वगैँचामा फूलहरूको विविधताले सुन्दरता पैदा गर्छ तर सबै जातको फूलहरूले बराबर माया, स्याहार पाएनन् । एक जातिको फूलले मात्र स्याहार पायो भन्ने वगैँचाको हाल के हुन्छ ? त्यो अवस्था नेपालमा पैदा भएको छ । अब नेपालमा गम्भिर प्रश्न के खडा भएको छ भने अब संघात्मक शासन प्रणालीमा पनि एक जातिको फूललाई मात्र संरक्षित गर्दा जातीय द्वन्द्व पैदा हुन्छ । त्यसैले वगैचाको सुन्दरता विर्गाछ भन्ने मान्यता हो भने मेरो भन्नु केही छैन होइन भने हाम्रो माग भनेको वगैचाका सबै फुलहरूलाई संरक्षित हुनु पर्दछ भन्ने नै हो ।
२ अब प्रस्तावित संविधान संशोधन प्रस्तावमा प्रदेश नं ४ मा केही मगर समुदायलाई समावेश नभएकोअवस्थामा भने मगर संघले पहिचान मिल्नेको प्रदेश बनाउरुनछ आगामी दिनमा के गर्दछ ?
%प्रदेश नं ५ पहाडी जिल्लालाई प्रदेश नं ४ मा समावेश गर्ने गरि संविधान संशोधनको प्रस्ताव दर्ता गरेको संविधान प्रस्तावमा धेरै मगर समुदायका जिल्लाहरू समावेश भएका छन् भने बाँकी सल्यान जिल्लाको पूर्वी, दक्षिण र डोल्पा जिल्लाको उत्तर, पूर्वीय भू–भाग सहित छुटेका मगराँग भूमिको खाका बनाउँदै दीर्घकालीन आन्दोलनको तय गरि नेपाल मगर संघ आगाडी बढ्ने योजना छ ।
२ नेपाल सरकारले प्रदेश नं ५ का पहाडी जिल्लालाई प्रदेश नं ४ समावेश गर्ने संविधान संशोधन प्रस्ताव मगर समुदायको हितमा छ नै तर उक्त प्रस्तावित प्रस्ताव पास नभएमा मगर संघले के गर्दछ ?
%मगराँत स्वयत्त प्रदेशको स्थापना नहुन्जेल संर्घषका कार्यक्रम जारी रहन्छन् । साथै अन्य जातिहरूको लागि लड्दै आएको इमान्दार वीर तथा कर्तव्य निष्ठावान मगर समुदायले यसपाली आफ्नो हक–अधिकारको लागि जीवन मरणको लडाई गर्छ ।
२ नेपाल सरकार संविधान संशोधन प्रस्तावित प्रस्तावले नेपालको अतित्व नै समाप्त भएको भन्दै विरोध गरिरहेको अवस्थामा मगर सुदायले भने पहाड तराई छुट्याएमा वैज्ञनिक प्रदेश बन्ने भन्दै गर्दा मगर समुदाय अहिलेसम्म भ्रमित भएको हो ?
%नेपाल सरकारले ल्याएको संविधान संशोधान प्रस्तावले नेपालको अस्तित्व गुमेको भन्ने निथ्या कुरा मात्र हो । जस्को कुनै तर्क नै छैन । बरू यो प्रस्तावले पहिचानलाई बचाउने प्रयास गरेको छ । जुन यहाँको धरातलिय वास्तविकता हो । यो कुरा संघीयता विरोधी कुरा हो किन कि संघात्मक शासन प्रणालीमा त्यहाँको धरातलिय वास्तविकता, सामाजिक, साँस्कृति, ऐतिहासिक निरन्तरतालाई आधार मान्दै देशलाई विभिन्न प्रदेश राज्य विभाजन गर्न सर्वमान्य सिद्वान्त हो । सर्वमान्य सिद्वान्तलाई अवलम्वन गर्दै राज्यको सीमाङ्कन गर्दा असफल भएको एकात्मक शासन प्रणालीको शासन प्रणाली अन्तर्गत सीमाङ्कन गरिएका जिल्ला, अञ्चल, हिमाल, पहाड, तराईलाई छुट्याउन पाइदैनँ भन्दै जनतालाई भ्रमित पार्दै आन्दोलन गर्नु कति वैज्ञानिक हुन्छ । जनताले यस्ता अर्थहिन कुरामा सजक रहन जरूरी छ । अर्काे कुरा जिल्ला, अञ्चल, हिमाल, पहाड, तराईलाई छुट्यार गएपनि त्यो नेपाल भित्रको प्रदेश रहनेछ । अनि नेपालको अस्तित्व कसरी नामेद भयो ? प्रदेश विभाजन गर्न भनेको देश टुक्रिने हो भन्ने जस्तो भ्रम छर्नु संघीयताको विरोधी धारणा मात्र हो । अर्काे कुरा सामाथ्र्यको दृष्टिकोणले तराईभन्दा पहाड र हिमाल कुनै हालतमा पनि कम छैनन् । हिमाल र पहाड जडवुटी, वन जंगल, फलफूल, जलस्रोत तथा पर्यटकीय दृष्टिकोणले निकै धनि छ भने तराई कृषिको दृष्टिकोणले धनि मानिन्छ । कुनै पनि देश, प्रदेश सर्वसम्पन्न हँदैनन् प्रदेशलाई अभाव भएका वस्तुहरू सजिलै एक प्रदेशबाट अर्काे प्रदेशमा आदान प्रदान हुन्छ । त्यसैले जिल्ला, अञ्चल, हिमाल, पहडा, तराई टुत्र्mयाउनु हुँदैन भन्ने विचार व्यक्त हुुनु भनेको संघीयताको विरोधीले देशलाई पुरानो एकात्मक शासन प्रणालीमा फर्काउनुे विचार मात्र हो । यसमा विषयमा नेपाल मगर संघ कुनै भ्रमित भएको छैन भने आगामी दिनमा संघीयताको विषयमा भ्रमित हुने छैन ।
२ अन्तिममा के भन्न चाहानु हुन्छ ?
%अन्तिममा पहिचान लिङ्गीय तथा क्षेत्रीय समस्याहरूलाई आधार मानी देशलाई सीमाङ्कन गर्दा वगैचाभित्रका सबै फूलहरूको संरक्षित हुने अवसर भएकाले सम्पूर्ण जातिका समुदायहहरूलाई नेपाल मगर संघको नेतृत्वमा सञ्चालन भइरहेको आन्दोलनमा एक्यवद्वता जनाई दिनका लागि म अपिल समेत गर्दछु । मगराँग स्वयत्त प्रदेशको विषय लगाएतका विषयमा नेपाल मगर संघको विचार राख्ने अवसर दिनुभएकोमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका सम्पूर्ण टिमलाई विशेष धन्यवाद तथा आभार व्यक्त गर्दछु ।

You may also like