माडी महोत्सवमा राेल्पा माडी गजल प्रतियोगिता हुने

रोल्पा समाचार
लिबाङ, रोल्पा
पुस १९ गते २०७३
रोल्पाको माडीचौरमा माघी सकराती २०७३ को अवसरमा माघ १ देखि ५ गते सम्म सञ्चालन रोल्पा माडी महोत्सवको अवरमा ललित साहित्य परिषद् रोल्पाको संयोजनमा रोल्पा माडी गजल प्रतियोगिता सम्पन्न हुने भएकोमा छ ।
सो कार्यक्रममा रोल्पा जिल्ला लगायत बाह्य जिल्लाबाट पनि सहभागि गराउने ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष लोक आलोक श्रेष्ठले जानकारी गराउनु भएको छ । माडीचौरमा रोल्पा माडी गजल प्रतियोगिताको प्रथम विजेतालाई ३ हजार द्वितीयलाई २ हजार, तीतृयलाई १ हजार र सान्त्वलाई ५ सय प्रदान गर्ने भएको छ । सो पुरस्कारको व्यवस्था रोल्पा माडी महोत्सव मूल आयोजक समितिले गर्ने आयोजक समितिका संयोकजक दीपेन्द्र पुनमगरले सिजलले बताउनुभयो ।
रोल्पा जिल्लाको माडी महोत्सवका लागि फिल्ड निर्माण, स्थल बुकिङ, खेलकुदको नामवाली संकलन, कृष्ण कडेलको नेतृत्वमा रहेको कृष्ण कडेलको टोली लगायत जनवादी कलाकार झनकार बुढामगर, नविन खड्का, विशेष क्षमता भएका कलाकार रोमा न्यौपाने लगायत अन्य कलाकारहरु साँस्कृतिक झाँकी लगायको कार्यक्रम गर्ने तयारी तिव्र रुपमा रहेको मिडिया संयोजक मानसिंह बिकले बताउनुभएको छ ।

You may also like