अनिवार्य छात्रा–छात्रहरुले पालना गर्नुपर्दछ ।

रोल्पा समाचार साप्ताहिक २०७३ पुस २४ मा प्रकाशित
रेडक्रस एउटा आपत विपतमा सहयोग गर्ने सँस्था हो । जसको आधार भनेको जुनियर रेडक्रस सर्कल हो । भर्खरै मात्रै जुनियर रेडक्रस सर्कलको भेला सम्पन्न भएको छ । सो सर्कल र भेलाले घोषणा गरेको ११ बुँदे घोषणा पत्रका विषयमा हाम्रा पत्रिका कार्यकारी सम्पादक रेशम बिकले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
२रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको तर्फबाट हार्दिक स्वागत गर्दै तपाईको परिचय बताइ दिनु नी ?
% धन्यवाद ! मेरो नाम कृष्णबहादुर पुन हो । मेरो घर जंकोट गाउँ विकास समिति वडा नं १ माडीचौर रोल्पामा पर्दछ । म अहिले जुनियर रेडक्रस सर्कल उप–समिति रोल्पाको अध्यक्ष पदको जिम्मेवारी निर्वाह गरिरहेको छु ।
२जिल्लामा जुनियर रेडक्रस सर्कलको जिल्ला भेलासम्पन्न भएको छ, जिल्ला भेला किन आयोजना गर्नुभएको हो ?
% हो, रोल्पा जिल्ला जुनियर रेडक्रस सर्कल जिल्ला भेला २०७३ साल पुष महिनाको १२ गते सम्पन्न भएको छ । यो भेला आयोजना गर्नुको मुख्य उद्वेश्य भनेको रेडक्रससँग आवद्व जुनियर रेडक्रस सर्कलका छात्र–छात्राहरू शिक्षक नायकहरू र शिक्षक सह–नायकहरूलाई रेडक्रसको गतिवधि, आर्दश रेडक्रसका आधारभूत सिद्वान्त केन्द्र र जिल्ला शाखाको नीति तथा योजनाको बारेमा जानकारी गराउन यो जिल्ला बाल भेलाको योजना गरिएको हो ।
२जुनियर रेडक्रस सर्कलको जिल्ला बाल भेलाले जारी गरेको घोषणा पत्रमा समावेश गरिएका बुदाहरू पनि सार्वजनिक गरिदिनुहोस्, न अध्यक्ष ज्यू ?
%नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको आयोजनामा पुष १२ गते आयोजना गरेको जिल्ला स्तरीय जुनियर रेडक्रस सर्कल गोष्ठीमा विभिन्न गतिविधिहरू, कार्ययोजना, प्रस्तावहरूमा छलफल गरि ११ बु्ँदा घोषणा–पत्र घोषणा गरेका थियौं । सोही घोषणा पत्रमा समावेश गरेका ११ बुँदा घोषणा–पत्रका बुदाहरूलाई निम्ननुसार प्रस्तुत गर्न चहान्छु ।
नेपाल रेडक्रस सोसाइटीको अभिन्न अङ्गको रूपमा रहेको जुनियर रेडक्रस सर्कलको सङ्गठन विस्तार गर्ने, २. जिल्ला स्थित शैक्षिक संस्थाहरूमा पूर्ण सरसफाइका गतिविधिहरू सञ्चालनमा तीब्रता दिने । ३. विद्यालय क्षेत्रलाई प्लाष्टिक प्रयोगमुक्त क्षेत्र बनाउने । ४. लैङ्गिक मैत्री, अपाङ्ग मैत्री खानेपानीको धारा, शौचालय निर्माण तथा उचित प्रयोग गर्ने र गराउने । ५. विद्यालयमा रेडक्रसले सञ्चालन गरेका अभियानका क्रियाकलापहरू, गतिविधिहरूलाई नियमितता दिने । ६. जिल्ला स्तरीय जुनियर रेडक्रस सर्कल गोष्ठीबाट तर्जुमा गरिएका कार्य योजनाको आ–आफ्नो विद्यालयमा कार्यन्वयन गर्ने । ७. सक्रिय सहभागि विद्यालयहरूले आफ्नो नजिकैमा रहेका छिमेकी विद्यालयहरूमा जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कल गठन तथा पुर्न गठनका लागि सहयोग गर्ने गराउने । ८. विद्यालयहरूमा सञ्चालन गरिएका जुनियर रेडक्रस युवा रेडक्रस सर्कल गतिविधिहरूको प्रतिवेदन नियमित रूपमा उप शाखा तथा जिल्ला शाखामा पठाउने । ९. जिल्ला शाखामा जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कल कोष स्थापना गर्ने । १०. जुनियर रेडक्रस र युवा रेडक्रस सर्कलको अनुगमन मूल्याङ्कन गर्दै जाने । ११. जिल्ला स्तरीय जुनियर युवा रेडक्रस सर्कल गोष्ठीको सञ्चालन गर्न सहयोग पु¥याउने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा, सहयोगी संघ संस्थाहरू लागएतका महानुभावहरूप्रति हार्दिक धन्यवादसहित आभार प्रदान गर्ने ।
२सर्कलको जिल्ला भेलाबाट किन ११ बुदा घोषणा पत्र घोषणा गर्नुभएको हो ?
%जुनियर रेडक्रस सर्कल भनेको सिङ्गो रेडक्रसको आधार हो । जसरी घर बनाउँदा घरको ँयगबितष्यल अनिवार्य बनाउनुपर्दछ र घर बलियो हुन्छ । त्यसरी नै जुनियर रेडक्रस सर्कल पनि रेडक्रसका ँयगबितष्यल हो । जस्मा सिङ्गो रेडक्रस आउने हुन्छ । जहाँसम्म यस भेलाबाट ११ बुदा घोषणा–पत्र किन घोषणा गरियो भन्ने सन्र्दभमा त्यस घोषणा पत्र भित्र महत्वपूर्ण बुदाँहरू समेटिएका छन् । जुन बुदाँलाई जुनियर रेडक्रस सर्कलका छात्र–छात्राहरूले अनिवार्य अक्षरंश पालना गरि आफ्ना सेवा क्षेत्रका अन्य समुदायीहरूसँग हातेमालो गरि प्रकोपको अवस्थामा मानवीय सेवामा अग्रसरता हुनु नै हो ।
२जुनिरयर रेडक्रस सर्कल उप–समिति जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा यस सर्कल कहिले स्थापना गर्नुभएको हो । साथै सर्कलको फाइदाहरू पनि उल्लेख गरिदिनु हुन्छ, कि ?
%नेपाल रेडक्रस सोसाइटी स्थापना भए पश्चात नेपाल जुनियर रेडक्रस सर्कलका सन् १९६५ मार्चका दिन स्थापना भएको हो । रोल्पा जिल्लाको सन्र्दभमा २०५० सालतिर जुनियर रेडक्रस स्थापना भएको हो । अहिलेको जुनियर रेडक्रस सर्कल त्यसैको निरन्तरता हो । सर्कलका फाइदाहरू भन्नुपर्दा यसका सवाल पक्षहरू भन्नु पर्दा नेपालमा २०७२ साल वैशाख महिनाको १२ गते महाविनाशकारी भुम्कपमा नेपाल रेडक्रस सोसाइटीको अभिन्न अङ्ग रूपमा स्थापित जुनियर रेडक्रस सर्कल÷युवा रेडक्रस सर्कलको अविस्मरणीय भूमिका रह्यो । भुम्कप प्रभावित जिल्लाहरूमा अन्य उद्वार तथा राहत वितरण संघ संस्थाको ऋयगलतच उबचत को रूपमा सहयोगी भूमिका निर्वाह गर्दै मानवीय सेवामा स्वऐच्छिक सेवा प्रदान गरेको कुरा विश्व सामु छर्लङ्गै छ ।
२जिल्लामा जुनियर रेडक्रस सर्कलको स्थापनाको किन आवश्यकता प¥यो, नि ?
%नेपाल रेडक्रस संस्था विश्वव्यापी छ र रेडक्रस अन्तर्गतको जुनियर रेडक्रस सर्कल पनि रेडक्रसको महत्वपूर्ण अङ्गको रूपमा स्थापित विशुद्व मानवीय संस्था हो । जो आज नेपाल अधिराज्यको ७५ जिल्ला वटै जिल्लाको विभिन्न विद्यालयहरूमा यस सर्कलको सञ्जाल रहेको छ । रोल्पा जिल्लाको सन्र्दभमा भन्नुपर्दा विशेष गरि ध्बकज एचयभअत सञ्चालनमा रहेका गाउँ विकास समिति मिझिङ, जैमाकसला र फगामका सेवा अन्तर्गत विद्यालयहरू र सदरमुकामका विद्यालयहरू पनि क्रियाशील समिति गठन भएका छन् र रोल्पा जिल्लाको अन्य सबै विद्यालयहरूमा पनि जुनियर रेडक्रस सर्कलको समिति गठन गरि महामारी प्रकोप जस्तो विपत्तिमा आइपर्ने कठिनाईसँग प्रतिवाद गर्ने एबचतलभचकजष्उ यचनबलष्शबतष्यल हो र उक्त भूमिका निर्वाह गर्न जुनियर रेडक्रस सर्कल स्थापनाको अपरिहार्यता छ ।
२जुनियर रेडक्रस सर्कलमा कस्ता व्यक्तिहरूलाई समावेश गर्दै सर्कल जिल्लाका विद्यालयमा विस्तार गरिहनु भएको छ ?
%जुनियर रेडक्रस सर्कलको समितिमा यस्तो व्यक्ति हुनुपर्दछ भन्ने छैन तर उमेरको हिसाबले जुनियर रेडक्रस सर्कल समितिको निर्देशिका अनुसार माध्यमिकतहका छात्र छात्राहरू १६ वर्षमुनिको हुनुपर्नेछ ।
२जुनिय रेडक्रस सर्कलका सदस्यलाई कुन विषयबस्तुमा प्रशिक्षित गरिरहनु भएको छ र सर्कलका सदस्यहरूको भूमिकाको बारेमा पनि जानकारी दिनुहोस्, न ?
%हाल जुनियर रेडक्रस सर्कल समितिका सदस्यहरूलाई आफु अध्ययनहत विद्यालय र समुदायमा पुगि जुनियर रेडक्रस सर्कलको जिल्ला भेलाबाट घोषणा भएको घोषणा–पत्रलाई पूर्ण रूपमा कार्यन्वयन गर्नु नै मुख्य भूमिका रहेको छ ।
२जुनिय रेडक्रस सर्कललाई अहिलेसम्म जिल्ला स्तरीयमा सक्रिय बनाउनका लागि कुन–कुन निकायहरूले सहयोग गरिरहेका छन् ?
%जुनियर रेडक्रस सर्कललाई पूर्ण रूपमा सहयोगी निकाय भनेको त नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा नै हो । साथै अन्य सहयोगी निकायको रूपमा नेपाल रेडक्रस सोसाइटी अन्तर्गत ध्बकज एचयवभअत मा कार्यरत सम्पूर्ण कर्मचारी मित्रहरू सदासमय साथ सहयोग गरिरहनु भएको छ । साथै जुनियर रेडक्रस सर्कललाई अन्य सरोकारवाला निकायहरूको पनि उत्तिकै सहयोगी भूमिका निर्वाह गरिरहनु भएको छ ।
२अहिलेसम्म जुनियर रेडक्रस सर्कलले सञ्चालन गरेको अभियानको बारेमा पनि जानरकारी गराइदिनु हुन्छ, कि ?
%जुनियर रेडक्रस सर्कल भनेको नेपाल रेडक्रस सोसाइटीको एउटा अभिन्न अङ्ग हो । हाल जुनियर रेडक्रस सर्कल रोल्पाले ध्बकज एचयवभअत सञ्चालनमा रहेका गाउँ विकास समितिहरूमा विशेषतः सरसफाइको क्षेत्रमा विद्यालय स्तर सँगसँगै समुदायमा क्रियाशिलभइ आफ्नो समाजिक अभियान सञ्चालन गरिरहेको अवस्था छ ।
२जुनियर रेडक्रस सर्कलको साँगठनिक अवस्थाको बारेमा पनि जानकारी गराइदिनका लागि म अनुरोध गर्दछु ?
जुनियर रेडक्रस सर्कलको सागठनिक अवस्थाको बारेमा जुनियर रेडक्रस सर्कल संस्करण २०६१ अनुसार ११ जनाको कार्य समिति रहनेछ । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव, कोषाध्यक्ष १÷१ जना सहित ५ सदस्य रहने गरि ११ जनाको कार्य समिति गठन हुन्छ र यस कार्य समितिको कार्यवधि १ वर्ष रहने प्रावधानको व्यवस्था गरिएको छ ।
२जिल्लामा जुनियर रेडक्रस सर्कलको सदस्यता पाउँनका लागि कुनै उमेरको हकवन्दिको आवश्यकता पर्दछ कि पर्दैन साथै अहिलेसम्म जिल्लाका यस सर्कलको सदस्यताको विस्तारको अवस्था कस्तो रहेको छ ?
%जुनियर रडेक्रस सर्कलको कार्य निर्देशिका अनुसार उमेरको हकवन्दी आवश्यक पर्दछ । माध्यमिकतह अध्यनरत छात्र–छात्राहरू नै जुनियर रेडक्रस सर्कल समितिको आवद्वता हुने भएकाले उमेरको हकवन्दी १६ वर्ष तोकेको अवस्था छ । यी १६ वर्षका छात्र छात्राहरू नै माथिल्लो तह उच्च माध्यमिक विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा पुग्दा युवा रेडक्रस सर्कलको सदस्यता पाउन उमेर १६–२५ वर्षमुनिको हुनु पर्नेछ । जहाँसम्म हामी अहिले पनि सर्कल सदस्यता विस्तारको अवस्थामा नै छौं । हाल जुनियर रेडक्रस सर्कल रोल्पाको सदस्यता ९ सयभन्दा बढि सदस्या वितरण गरि सकेका छौं । वर्तमान समयमा पनि जुनियर रेडक्रस सर्कलको सदस्यता विस्तार क्रम जारी नै छ । यदि यस सर्कलको सदस्यता लिन इच्छुक हुनुहुन्छ भने रू १० रूपैया मात्र नै जुनियर रेडक्रस सर्कलको सदस्यता लिन सकिन्छ ।
२जुनियर रेडक्रस सर्कलाई व्यवस्थित गर्नका लागि अहिलेसम्म भोगेका समस्याहरू पनि उल्लेख गरिदिनुहोस्, न ?
%जमुख्यतया जुनियर रेडक्रस सर्कललाई व्यवस्थित गर्नका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा र यस शाखा कार्यालयमा सम्वद्व कर्मचारी मित्रहरू नै मुख्य सहयोगीको रूपमा हुनुहुन्छ । साथै जुनियर रेडक्रस सर्कलसँग सरोकारवाला निकायहरूको पनि सहयोग र साथ मिल्दै आएको छ । तर, विडाम्बनाको कुरा अन्य सहयोगी निकायहरूबाट अपेक्षित रूपमा सहयोगको कमी छ । म यस पत्रिका मार्फत सम्पूर्ण सम्बद्व निकायहरूमा यो अनुरोध गर्दछु कि कम्तिमा पनि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको गतिबिधी, जुनियर रेडक्रस सर्कलको गतिविधी सम्बन्धमा एयकष्तष्खभ तजष्लनपष्लन खष्कष्यल को अपेक्षासमेत गर्दछु ।
२अन्तिममा यस पत्रिकाकाबाट केही भन्नु हुन्छ, कि अध्यक्ष ज्यू ?
%जअन्तमा या रोल्पा जिल्लाको सबैभन्दा पहिलो साप्ताहिक लोकप्रिय पत्रिकाका रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिका मार्फत जुनियर रेडक्रस सर्कल रोल्पाको संक्षिप्त गतिविधि आम स्रोता सामु पु¥याउने अवसर दिनुभएकोमा तपाई लगाएत रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका परिवारलाई विशेष धन्यवाद व्यक्त गर्दछु । जय रेडक्रस ।

You may also like