“जनताले बामपन्थी सरकार चाहेको कुरा पुष्टी भयो”

वर्षमान पुनमगर

प्रतिनिधि सभा सदस्य
रोल्पा


तपाई विजयीकोको नजिक पुग्नु भएको छ कस्तो अनुभूति गरि राख्नु भएको छ ?
यहाँ मत गणना भई रहेको छ । हालसम्मको मत परिणाम हेर्दा म र मेरा प्रतिषप्रधीको मततान्तर डोब्बर हुँदै गएको छ । हालसम्म यो रोल्पा नेकपा (माओवादी केन्द्र) को आधार बलियो भएको जिल्ला हो । त्यसैले गर्दा आम रोल्पाली मतदाताले पनि स्थायी सरकार, दीगो विकासको अपेक्षा गरेको कुरा प्रमाणित भएको छ । यो आम रोल्पाली जनता पनि विगतदेखि नै परिवर्तनको पक्षमा रहेको रोल्पाली जनता यस पटक पनि हामी र हाम्रो साझा उमेद्वारहरुलाई मत प्रदान गरेका छन् । आम रोल्पाली जनतालाई धन्यवाद छ । रोल्पा जिल्लामा ८ जना प्रतिनिधि सभाको उमेद्वार बनेको रहेछौँ । निर्वाचन भनेको एउटा प्रक्रिया हो । यसलाई सँस्कारको रुपमा विकास गरेका छौँ । यसलाई एउटा प्रक्रियामा अगाडि बढाउनेछौँ । अब फेरी हामी सबै राजनीतिक सहकार्यमा सबैमा लाग्नेछौँ ।
तपाई त धेरै समय मत गणनामा पनि बस्नुभयो, मतदाताको स्तरलाई कसरी मापन गर्नुभयो ?
मतदाता शिक्षाको अभावमा मतदाताले बढी बदर गराएका छन् । त्यसैले आगामी दिनमा त्यसलाई सच्चाउनका लागि मतदाता शिक्षा प्रदान गर्नुप¥यो । आगामी दिनमा समिक्षा गर्नुपर्दछ ।
बाम गठन्धनको परिणाम राम्रो आउँदै गरेको अबस्थामा पार्टी एकताको सम्भावना कस्तो छ ?
जनताको विकासका लागि बाम गठबन्धन आवश्यक छ । जनताले समृद्धी, विकासको लागि सबै एक धिक्का भएको हेर्न चाहेका रहेछन् । स्थानीय तहमा पनि कतिपय स्थानमा हामीले चुनावी तालमेल मात्रै गरेका थियौँ त्यसमा जनताले सत्ता स्वार्थका लागि सम्झने रहेछन् तर यसमा हामीले समीक्षा गरेका थियौँ । अब हामीले पार्टीको एकता गर्ने महान् उद्देश्यका साथमा चुनावी तालमेल होइन कि बाम गठबन्धन गरेका हौँ त्यसैले अब जनताले पार्टी एकता, सत्ताको स्थायीत्व प्रदान गरेका छन् यसमा हामी अब सरकार र पार्टी एकता गर्दछौँ ।
पहिलो पटक आफ्नो जिल्लाबाट जनप्रतिनिधिको रुपमा बन्दै गर्दा के भन्नु हुन्छ ?
मैले पार्टीको संगठनको जिम्मेवारी अनुसार रोल्पा र अन्य जिल्लालाई राजनीतिक कार्य क्षेत्रमा रही काम गरे । म २०६४ सालमा ललितपुरबाट विजयी भएको थिए । पहिलो पटक आफ्नो जिल्लाबाट विजयीको नजिक पुग्दा मलाई खुशी लागेको छ । जिल्लाको सामाजिक, आर्थिक, राजनीतिक लगायत समग्र विकासका लागि मैले काम गर्दै आएको थिए । यस पटक जनताले मलाई विजयी बनाउने कार्यमा लागेका छन् । मलाई खुशी लागेको छ । विगतको भन्दा पनि मलाई अझै जिम्मेवारी थप हुने महसुस गरेको छु ।
तपाई माओवादी केन्द्रको ५ नं. प्रदेश इन्चार्ज हुनु हुन्छ, बामपन्थीको सरकार बन्छ ?
हालसम्मको परिणाम अनुसार बाम गठबन्धनको बहुमत हुन्छ । हामीले ५ नंं प्रदेशको समृद्धको विकासका लागि ५ वर्षसम्म स्थायी सरकार बनाएर जनताको आमूल परिवर्तनको लागि पुरै तनमनका साथ काम गर्नेछौँ ।
चुनाव खारेजको अभियानमा लागेका नेकपाले थबाङलाई शून्य भोट बनाउने थियो तर सकेन अब नेकपालाई के भन्नु हुन्छ ?
नेकपाको विषयमा विप्लब जिले बक्तव्य निकाल्नु भएको थियो । सो बक्तव्यमा उहाँले चुनावी खारेजीको अभियानमा लागेको बेलामा कसले गर्छ भन्ने भावमा छ । त्यसैले गर्दा उहाँहरुको कार्य हेर्दा राजनीति भन्दा पनि गैर राजनतिक छ । मानिस मरेका छन् बम पड्केका छन् क्षति भएको छ । यो राजनीतिक कार्यमा पदैन् । राजनीतिक सँस्कार अनुसार भन्दा पनि अनैतिक कार्यको रुप छ । त्यसैले राज्यले अब राजनीतिक र कानुनि प्रक्रिया चलाउँछ होला । मेरो अनुरोध अझै पनि राजनीतिक ढंगले अगाडि बढौँ । राजनीतिक हिसावले छलफल गरौँ ।
रोल्पाबाट पनि क्लिनस्वीप गर्नु हुने भयो, अब रोल्पाको विकासमा कसरी सहकार्य गर्नुहुन्छ त ?
हामीले राजनीतिक एजेण्डा अनुसार सबैले आफ्नो कार्यक्रम लगेर जनताका कहाँ गयौँ, जनताले हाम्रा नीति तथा कार्यक्रमहरु हेरे र मतदान गरे । त्यसैले चुनाव एउटा प्रक्रिया मात्रै हो । त्यसैले गर्दा अब रोल्पा जिल्लाको विकासमा विगतमा पनि सहकार्य नै थियो अब पनि सहकार्यका साथ अगाडि बढ्छाँै । यसमा सबैको जोड भनेको जिल्ला र प्रदेशलाइ समृद्ध बनाउने हो ।
अन्त्यमा केही छ की ?
जसरी रोल्पा जिल्लामा मतदानको लागि अहोरात्र योगदान गर्ने सबैलाई धन्यवाद छ । आम मतदातालाई पनि धन्यवाद छ । अब यो विजयको नजिक पुग्दै गर्दा तपाईले मलाई जसरी मेरो संक्षिप्त कुराकानी राख्ने अबसर दिनु भयो त्यसका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु । आम मतदाता सबैलाई धन्यवाद व्यक्त गर्दछु ।

२०७४ मंसिर २३ गते विजयी हुँदै गर्दा गरिएको कुराकानी)

You may also like