राज्य पुर्नरसंरचनासँगै लिबाङमा व्यपार घट्यो

समाचारदाता
लिबाङ– रोल्पा
मानिसलाई चिसो मौसम अनुसार कपडा आवश्यता पर्नेभएकोले वर्तमान समयमा चिसो बढेसँगै न्यानो कपडाको बिक्रि पनि बढेको अवस्थामा राज्य पर्नर संरचनासँगै वितगको व्यपारको तुलनमा वर्तमान समयको व्यपार घटेको छ ।
चिसो मौसमको न्यानो कपडाको व्यपारले वार्षिक आम्दानी बनेको छ । जिल्लमा मानिसको चहल पहल घटदो अवस्थामा बजारमा एकै किसिमका व्यपारि सञ्चालनले व्यपारिमा प्रभाव परेको छ । चिसाँ बढेसँगै जिल्लाका सिरक डस्ना तथा कपडा पसलमा न्यानो कपडा अन्या महिनाको तुलनात्मक रुपम कारोबार बढेको छ । न्यानो कपडाको व्यपार हुने समय भनेको नै चिसा मौसम हो । अन्य समयमा भने न्यानो कपडाको व्यपार न्यून हुने स्वभाविक हो । साथै लिबाङमा विगतको समयमा व्यपार व्यपारिले सोचेको भन्दा बढि कारोबार हुन्थ्यो । तर राज्य पूर्नर संरचनासँगै लिबाङ बजारमा व्यपारको घटेको छ । जसले लिबाङका व्यपारी चिन्ता समेत व्यक्त गर्दछन् । साथै लिबाङ बजारको सम्रग व्यपारिमा राज्य पुर्नसंरचनाले विगतेको समयको व्यपारको तुलनामा धेरै प्रभाव परेको लिबाङका व्यापारिहरुको समेत भनाई छ । यो चिसो मौसममा लिबाङ बजारका कपडा पसलमा न्यानो कपडा किन्ने मानिसको भिडभाड देखिन्छन् । तर त्यो भिडभाड विगतको समयमा न्यून भएको व्यपारिले बताउँछन् । विगतको समयमा सरकारी सबै सेवा सुविधा जिल्ला सदरमुकाबाट प्रदान हुनेभएकाले पनि लिबाङमा व्यपार राम्रै थियो । भने जिल्लामा वर्तमान समयमा ग्रामीण क्षेत्रमा सडक विस्तार समेत लिबाङको व्यपार प्रभाव परेके अनुमान गरिन्छ । किन कि लिबाङको जस्ता व्यापरी गाउँ–गाउँमा नै व्यवसायी सञ्चालन गरी रहेको छन् । विगतमा लिबाङ मानिसको चहपहल व्यपाक नै थियो । जसले गर्दा लिबाङमा स्वभाविक दैनिक व्यपार हुन्थ्यो । तर विगतको व्यपारको तुलनामा वर्तमान समयमा व्यपार घट्दो क्रममा नै छ भन्दा फरक पर्दैन । यो कुराको पुष्टि रोल्पा नगरपालिका–४ लिबाङमा छ वर्षदेखि लिबाङ बजारमा सिरक डस्ना कपडा पसलका व्यवस्थापक किशोर कुमार शाह कुराबाट नै हुन्छ । शाह लिबाङका व्यपारिहरुमध्ये एक प्रतिनिधि व्यपारी हुन । बजारका व्यपारिको प्रतिनिधि व्यपारि हुन् । केही व्यपार हुन्छ भन्ने अपेक्षाले फाइबर कपासका सिरक, कपसाको सिरक, डस्ना, बलाङ्केट लगायत आवश्यक कडाहरु पसलमा राखिएको छ । उहाँको कपडा पसलमा चिसो मौसममा १२–१५ हजारको कारोबार भएको बताउनु हुन्छ । विगतको समयको कारोबारको तुलनामा भने व्यपार घटको व्यपारि शाहाको भनाई छ । चिसो मौसममा सिरक डस्ना जस्ता न्यायो कपडा खरिदको निम्ति ग्राहक आउने गर्दछन् । पसलमा फाइबरका २ हजार पाँच सय मूल्यका सिरक निर्माण गरिएको छन् । भने फाइबर कपासको २ हजार ५ सयदेखि ५ हजारसम्म सिरक बिक्रि भएको व्यवस्थापक शाहले बताउनुभयो । साथै विदेशी बलाङ्कन २ हजार ५ सयदेखि ५ हलारसम्म मूल्यमा बिक्रि भइरहेको छ । उहाँले भन्नुभयो–‘हाम्रो व्यपार भनेको चिसो मौसम नै हो । तर यो मौसममा पनि हामीले सोचेको जस्तो व्यपार भएको छैन ।’ यो मौसमको व्यपार नै वार्षिकको व्यपारको उहाँले बताउनुभयो । गार्मी मौसममा त छिट फुट मात्र व्यपार हुन्छ, उहाँले भन्नुभयो । चिसो मौसममा ग्राहकलाई आवश्यक पर्ने न्यानो कपडाको व्यपार अन्य महिनाको भन्दा बढि माग बढेको छ । उहाँले जन घनत्वकोले नै व्यपार हुने विचार व्यक्त गर्नुभयो । मानिसको चहल नहुँदा व्यपार नै धरापमा पर्ने चिन्ता धारणा छ । त्यसैले लिबाङमा साच्चै विगतको समयमा मानिसको चहल ह्वाटै नै घटेको छ । जसले लिबाङका व्यपारीको व्यपारमा प्रभाव परेको छ । अब लिबाङ बजारमा मानिसको चहपहल बढाउन रोल्पा नगरपालिकाको केन्द्र विन्दुमा फरक विकास गर्नुआवश्यक छ । होइन भने पुर्नर राज्य संरचनासँगै लिबाङ बजारमा होटेल व्यवसायी लगायत अन्य व्यवासीयमा प्रभाव पर्ने निश्चित छ । विगतमा सरकारी कार्यालय, गैर सरकारी सरकारी संघ संस्थाहरु जिल्ला सदरमुकामबाट नै सेवा सेवा प्रदायिकलाई प्रदान हुन्थ्यो । जसले जिल्लाको सदरमुकाममा मानिसको चहपल धेरै हुन्थ्यो । जसले व्यवसायिक बनेका व्यवसायिले अन्य मानिसलाई रोजगारको अवसर समेत पाएका छन् । तर राज्य पुर्नर संरचनासँगै केही सरकारी कार्यालय बाहेक अन्य सबै सरकारी कार्यालयहरुले दश ओटा गाउँपालिकामा विभाजित हुँदा त लिबाङको मानविय चहपहल स्वतः घट्नै भयो । बजारमा मानिसको चहपहल नभएमा त लिबाङ बजारको बजारको व्यवसायिमा प्रभावले वेरोजगारीको समस्या बढ्नेछ । त्यसैले लिबाङ बजारमा व्यवसायिक वातावरण सिर्जना गर्न स्वयम व्यपारी र सरोकारवाला निकायले सोच्नै आवश्यक छ । दाङ जिल्लाको कोइलाबास कुनै बेला रोल्पा, प्यूठान, रुकुम, सल्यान, लगायतका पहाडी जिल्लाबाट नुन लगायतका दैनिक आवश्यक पर्ने सामानहरु पैदल यात्राबाट खरिद गर्न जाँदा सोही क्षेत्रमा व्यपार धेरै नै हुन्थ्यो । तर अहिले यातायातको विस्तारसँगै सोही क्षेत्रमा कुनै व्यपार घटेर व्यवसायी विस्थापित हुनुपर्ने अवस्था सुरुवात थियो । अब जिल्लाको सदरमुकाम लिबाङ बजारमा यस्तै मानिस चहलपहल घट्दै गएमा धेरै व्यपारी विस्थापित हुनुको कुनै विकल्प नभएको व्यपारीको विश्लेषण छ । त्यसैले जिल्लाको सदरमुकाम रहेको लिबाङ बजारको व्यपार व्यवसायी बढाउनको निम्ति जिल्लाको दश स्थानीयतहमध्ये रोल्पा नगरपालिकालाई उत्तम नगरपालिका बनाउने नीति तय गर्नुपर्दछ । जसले लिबाङ बजारमा मानिसको चहलपहलमा वृद्धि बढ्ओस् ।

You may also like