के भन्छन त ?  सुकिदहको गाउँपालिकाका अध्यक्ष विरबहादुर खत्री र संघर्ष समितिका संयोजक रोशण कुमार ओली

“सुकीदह गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्नुपर्दछ”
“स्थानीयतहको निर्वाचनको रिस पोखेका हुन् ।”
–विरबहादुर केसी (अपराजय)

अध्यक्ष–  सुकीदह गाउँपालिका

“सुकीदह गाउँपालिकाको नाम परिवर्तन गर्नु हुँदैन”
“जनताको मर्म विपरित चल्नुभएको छ अध्यक्ष”
–रोशनकुमार–संघर्ष समिति संयोजक
सुकिदह गाउँपालिका रोल्पाले स्थानीयतह सञ्चालन निर्देशिका २०७४ अनुसार गाउँपालिकाको नााम र केन्द्र परिवर्तनको निर्णयसँगै गाउँपालिकाबासी आन्दोलित बनेको अवस्थामा उत्पन्न समस्याको समाधान, गाउँपालिककाको विकास लगायतका विषयबस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक रेशम बि.क.ले सुकिदह गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्री ‘अपराजय’ सँग गरिएको कुराकानीको सार सङ्क्षेप्त प्रस्तुत गरिएको छ ।

रोल्पा समाचार राष्ट्रिय साप्ताहिक साप्ताहिक पत्रिकाको तर्फबाट हार्दिक स्वागत गर्दै अहिले कुन कार्यमा व्यस्त हुनुहु्न्छ ?
धन्यवाद ! कृषि सम्बन्धी एक दिन कार्यशाला गोष्ठी कार्यक्रममा सहभागीको निम्ति म लिबाङमा आएको थिएँ । जनताको दैनिक आईपर्ने समस्या कानुनी रुपमा समाधान हाम्रो उत्तर दायित्व हो । गाँउँपालिकको सम्रग विकास निर्माण लगातका लगायतका जनताको सेवामा नै म व्यवस्त छु ।
 गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको निर्णयमा गाउँपालिकाबासी आन्दोलित विषयलाई कसरी लिनुभएको छ ?
यो विषयमा स्थानीयतह सञ्चालन २०७४ मा आधारमा टेकेर जनप्रतिनिधिले गाउँपालिकाको नाम र केन्द्र सार्न सक्ने उचित देखिएको अवस्थामा जुन कानुनी आधार छ । सोही कानुन अनुसार मैले गाउँ कार्यापालिकामा १५ जनामा सदस्यले समर्थनमा गर्नुभएको छ । भने एक जना सदस्य काम विशेष कामले गाउँपालका बाहिर हुनुहुन्थ्यो । एवम् प्रकारले कार्यपालिका र गाउँ सभाबाट अनुमोदित गराउनुपर्ने कानुनी प्रावधान भएकोे सुकिदह गाउँपालिकामा ३९ जनाको सङ्ख्या छ । ३९ जनामध्ये ६ जना गाउँ सदस्यहरु कार्य व्यस्ताले गर्दा गाउँपालिका बाहिर जानुभएको थियो । ३३ जनाको सहभागितामा २८ जनाले गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको निर्णयलाई सर्मथनमा सही गरेका छन् भने ५ जनाले असर्मथनमा सही गरेका छन् । गाउँपालिकाको निर्णय हेर्न चाहनेले हेर्न सक्नु हुन्छ । यसर्थ गाउँपालिकाको अस्थायी केन्द्र चलाइरहेका छौं । सोही ठाउँमा एक वर्षभन्दा पहिले प्रकृतिक प्रकोपबाट मानवीय क्षतिसँगै भौतिक क्षति पु¥याएको थियो । सोही ठाउँमा गाउँपालिकाको केन्द्र बनाउँदा भविष्यमा सम्भावित बजार विस्तार हुँदा खोलाको डोभानमा प्राकृतिक प्रकोपले घट्ना घट्न सक्ने सम्भावना गर्दै भौगोलिक दृष्टिकोणले गाउँपालिकाको भौतिक संरचना अपुग हुने भएकोले सोही गाउँपालिकाको वडा नं २ सानधारामा गाउँपालिकाले केन्द्र परिर्वन गर्दा उयुक्त सहित सो निर्णय गरिएको हो । अर्काे कुरा सिंह दरबारमा सिमीत अधिकारकारलाई गाउँ–गाउँ सम्म पु¥याउनेसँगै स्थानीयतह संरचना निर्माणमा कस्को योगदानमा भन्दा नयाँ जनवादी क्रान्ति सम्पन्नको गर्ने लक्ष्य सहित महान जनयुद्वमा आफ्नो जीवनको आहुती दिने हुने महान शहीदको सम्मान स्वरुप कुनै शहीदलाई बाटो नामबाट, कसैलाई गाँपालिकाको नाममा, कसैलाई चौतराको नाममा ति महान शहीदको योगदान र जीवनलाई दीर्घकालिका लागि भविष्यका पुस्ताले सम्झि रहने छन् । सुकिदह परम्पारगतदेखि महान जनयुद्वको समयमा परिचित ठाउँ नै तर अहिले सुकिहद गाउँपालिकामा नपरी परिवर्तन गाँउपालिकामा पर्दछ । तसर्थ भविष्यका पुस्ताले महान शहीदको योग्दानबाट नै अन्याय अत्यचार महान शहीदको योगदानबाट शोसक, दलाल, समान्ती राज्य व्यवस्थामा नआउन नदिनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाछ छन् । त्यसैले इतिहासिमा नाम उल्लेख गर्ने उद्वेश्यले सुकिदह गाउँपालिकाको नाम परिवर्तन गरी गंगादेव गाउँपालिका नामाकरण गरेका छौं । रोल्पा जिल्लामा राज्य पुर्नर संरचनाको क्रममा जिल्लाका राजनीतिकदलका प्रमुख तथा प्रतिनिधि लगायत सरोकारवाला निकायको छलफलबाट पाँच ओटा स्थानीयतह बनाउने प्रस्ताव ल्याएको थिए । भने पछिल्लो चरणको छलफलबाट फेरी ७ ओटा स्थानीयतह बनाउने निर्णय गरेको थिए । नेकपा (माओवादी केन्द्र)को विशेष पहलमा रोल्पा जिल्लामा एक नगरपालिका र नौं गाउँपालिका बनायो । त्यसैले सो निर्णयमा अन्य जिल्लाका राजनीिितकदलहरु पनि अन्तिममा सहमतिमा नै आउनु पर्ने अवस्था भयो । जसरी नेपालमा गणतन्त्र भन्दा ‘फुटाउ र राज गर’ भन्ने विखण्डवादी भनेर नेकपा (माओवादी केन्द्र) लाई आरोप लगाउँथे । अन्तिममा नेकपा (एमाले), नेपाली काँग्रेस, राप्रपा, राष्ट्रिय जनमोर्चा लायतका सबै राजनीतिकदलहरु संघीय लोकतान्त्रिक गणतन्त्र संविधान स्वीकार्ने अवस्थामा आए । जिल्लामा दशओटा स्थानीयतहको संरचनाको परिकल्पना गर्ने नेकपा (माओवादी केन्द्र) नै हो । मैले समग्र जिल्लाको अवस्थालाई बुझेर राज्य पुर्नर संरचनाको कल्पना गर्ने व्यक्तिले सुकिदह गाउँपालिकाकाबासीलाई के अन्याय गरेको छु ? पक्कै अन्य भएको छैन । बरु न्याय गरेको छु भन्ने हो । त्यसैले सुकीहद गाउँपाकिलको नाम र केन्द्र परिवर्तन गाउँपालकामा पर्दछ । त्यसैले गाउँपालिकाले गाउँपालिकाको नाम गंगादेव गाउँपालिका नामाकरण गरेको हो । यस निर्णयबाट गाउँपालिकाको केन्द्र सुकओडारमा हिजोदेखि घर जग्गा भएका मानिसहरुले मात्र गाउँपालिकाको निर्णयप्रति असर्मथन वा विरोध गरेका हन् भने अन्य गाउँपालिकाबासी गाउँपालिकाको निर्णयप्रति सर्मथन गरेका छन् । जसरी गाउँपालिकाको निर्णयको विरोधमा आम सञ्चारमा ल्याएको समाचारभन्दा भित्र फरक नै छ । कानुन अनुसार गरिएको निर्णयलाई नमान्ने मानिसहरुले जे गरेपनि हुन्छ भने मेरो भन्नु केही छैन । गाउँपालिकाको कमजोरी देख्ने मानिसहरुलाई के भन्दछु भने २०७४ गाउँपालिका सञ्चालनको जुन निर्देशिका छ । होइन भने कानुन सङ्गत ठीकै छ अनि व्यवहारिकतामा पनि जानु प¥यो भन्नुको अर्थ के हो ? कि त कानुनलाई नै मान्दैनौ भन्नु प¥यो । गाउँपालिकाले कानुन आधारमा निर्णय गरिएको निर्णयको विषयमा सर्वदलिय चिन्तनबाट कुनै व्यक्ति विशेषको आन्दोलनको कुनै अर्थ छैन । कुनै सहमति हुन सक्दैन । त्यसैले कानुन आधारमा निर्णय गरिएको निर्णयमा कुनै सहमति हुन सक्दैन ।
गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको निर्णय राता–रात पारित गरियो भन्ने छ, नि ?
काम बाध्यताले रातको समयमा गर्नुपर्ने होला । त्यो समय अनुसार काम गर्ने समय फरक हुन सक्छ । के विगतको समयमा संसद रातिको समयमा नै विभिन्न निर्णयहरु पारित भएको इतिहास छन् नि । कानुन निर्माण गर्ने र कार्यान्वयन गर्ने कुरा हाम्रो कर्तव्य दायित्व होला नि । कसैको चाहनाको समयमा कुनै निर्णय पारित गर्ने सम्भव छ ? यो सम्भव छैन । त्यो त गाउँपालिकाको आवश्यकताको आधारममा जुन सुकै समयमा निर्णय पारित हुन सक्छ । तर गाउँपालिकाले गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णयको पारित दिउँसो नै पारित भएको छ । राता–रात गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरेको भन्ने आरोप मात्र हो । समाज वास्ताविकता देखाउने ऐना आम सञ्चारमाध्यम हो । सुकिदह गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको निर्णय विषयमा वास्ताविकता बुझ्नको निम्ति हार्दिक अनुरोध गर्दछु । कानुनी आधारमा निर्णय भएको गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको निर्णयलाई वास्ताविकता समाचार संप्रेशण गर्नकोका लागि हार्दिक अनुरोध पनि गर्दछु । जसले समाजको वास्तविकता देखाउने समाजको ऐनाको रुपमा आम सञ्चारमाध्यमको विकास हुन्छ ।
कार्यालयमा ताला वन्द पश्चात् जनताको सेवाबाट बञ्चित भएका छन् ?
गाउँपालिकाले गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको निर्णय मंसिर महिनामा नै पारित ग¥यो । पुष महिनाको १ गते सुकओडारमा संघर्ष समिति गठन गरेछन् । अनि सुकओडार नजिकमा भएका घर परिवारलाई सहि गराएर छन् । सोही दिन नै गाउँपालिका कार्यालय र २ नं वडा कार्यालयमा ताला लगाए । सो संघर्ष समितिले गाउँपालिकालाई कुनै जानकारी दिएन । संघर्ष समितिले जहाँसम्म लाग्छ जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति लगायतका सरोकारवाला नियकालाई जानकारी गरायो । त्यस लगतै जिल्ला प्रमुख अधिकारी ज्यूले मलाई फोन गर्नुभयो । तपाई र २ नं वडा अध्यक्ष त भागेपछि गाउँपालिका कार्यालय र २ नं वडा कार्यालयमा ताला लगाएको छ रे भने मलाई सोध्दा म छक्क नै परेँ । मैलै प्रमुख जिल्ला अधिकारीलाई ताला वन्दको विषयमा जानरकारी नै छैन भनेर जवाफ दिएँ । म पुष ३ गते गाउँपालिका कार्यालयमा जाँदा कार्यालयमा ताला लगाएको रहेछ । मैले ताला वन्दको विषयमा बुझ्दा गाउँपालिकाले हाम्रो फाइल बुझ्नु भएन अनि कार्यालयमा ताला लगएको भन्ने कुरा आयो । त्यसपछि संघर्ष समिति र गाउँपालिका बसेर छलफल गर्दा गाउँपालिका र संघर्ष समितिको फाईल मन्त्रालयमा पठाउने र मन्त्रालयबाट गंगादेव गाउँपालिका र सानधारा केन्द्र वा सुकिदह गाउँपालिका र सुकाओडार मध्ये एक स्वीकृत भएर आएको खण्डमा दुबै पक्षले स्वीकार्ने भन्ने सहमति भयो । गाउँपािलिकाको नियमिति १४ गते बैठक बसिरहेको समयमा सोही दिन हामीलाई संघर्ष समितिका साथिहरुले गालि गलोज गर्नुभयो । गाउँपालिका कार्यालयको माथिल्लो तल्लामा हामी बैठक बसिरहेका थियौ । संघर्ष समितिका मान्छेहरु आएर कर्मचारीहरुलाई बाहिर निकाले हामीलाई ताला वन्द गरिदिए । प्रहरी तपाई यहाँबाट बाहिरिनुहोस् अहिले झडप हुन सक्छ भनेर पठाएपछि मलाई बाटोमा घेर्ने प्रयास गरेको थिए तर मलाई घेर्न पाएनन् । पछि सोही गाउँपालिकाको चौतरा विद्यालयका प्रधानाध्यापकले सही कुरा गरेपछि मलाई घेर्न सकेनन् । संघर्ष समितिले ओन्दोलनको निम्ति सुकओडारमा प्रत्येक घरबाट एक हजार सहयोग उठायो । तर सुकाओडार घर जग्गा भएका केही सहयोग दिए भने केही सहयोग दिएका छैनन् । गाउँपालिकाले कानुनी रुपमा निर्णय पारित भएको अवस्थामा गाउँपालिका जनप्रतिनिधिलाई गालिगलोज गर्नुको कुनै अर्थ छैन । स्थानीयतहको निर्वाचनको पराजयको पीडामा धमिलो पानीमा माछा मार्न सकिन्छ भन्ने मात्र हो । वास्तवमा सुकाओडारबासीले मात्र केही विरोध गरेका छन् तर अन्य गाउँपालिकाबासीले विरोध गरेका छैनन् । निर्वाचित जनप्रतिनिधिलाई पाँच वर्षसम्म विकासमा अफल बनाउने प्रमुख लक्ष्य नै संघर्ष समितिको अगुवाईको योजना भएको आम गाउँपालिकाबासीमा भन्ने गरेको समेत पाईन्छ । गाउँपालिका ताला काट्ने प्रशासन होइन । गाउँपालिका न्यायको वकालत गर्ने नियका हो । गाउँपालिकाको उपाध्यक्षको अध्यक्षतामा न्यायिक समिति गठन भएको समेत जानकारी गराउँदछु । गाउँपालिकाको अध्यक्षको हैसियतले गाउँपालिकामा लगाएको ताला म काट्न पनि जादैन । ताला लगाएर जे सुकै गरुन । पुनः माघ ८ गतेदेखि गाउँपालिकाको कार्यालय र २ नं वडा कार्यालयमा ताला लगाएका संघर्ष समितिले लगाएको छ । जुन गाउँपालिकाले पारित गरेको गंगादेव गाउँपालिका र सानधारा वा सुकिदह गाउँपालिका र सुकओडार दुवै फाइल मन्त्रालयमा पठाउने र जुन मन्त्रालयले जुन निर्णयलाई पनि दुबै पक्षले स्वीकार्ने सहमतिबाट पछाडी हटेर गाउँपालिकाको निर्णयलाई पुनः उल्टाउने भन्ने माग गर्दै आएको छ संघर्ष समितिले गाउँपालिकाले त्यसो गर्न सक्दैन । गाउँपलिकाको कार्यालयमा संघर्ष समितिल ताला लगाए पनि म सबै आवश्यक कागजात झोलामा राखेर पनि जनताको सेवा गर्न तयार छु । साथै २ नं वडा अध्यक्षलाई पनि आवश्यक कागजात झोलामा नै राखेर भएपनि जनतालाई सेवाबाट बञ्चित नर्गन निर्देशन दिएको छु । गाउँपालिकाले जनतालाई सेवाबाट कुनै हालतमा बञ्चित हुँदैनन् । प्रशासनले एउटा सरकारी कार्यालयमा ताला वन्द हुँदा त्यो ताला वन्द हटाउने जिम्मेवारी प्रशासनको हो । कि गाउँपालिकाले गैर कानुनी काम ग¥यो भन्न सक्नु प¥यो । म तत्कालन नै उल्टाउन तयार छु । होइन भने गाउँपलिका पूर्व सहमतिमा नै आगाडी बढ्छ ।
 गाउँपलिकाको केन्द्र सानधारा नै कि उपयुक्त भयो, नि ?
सुकिदह गाउँपालिकाको केन्द्र सुकाओडार भन्ने ठाउँ भौगोलिक र प्राकृतिक प्रकोपको दृष्टकोले गाउँपालिकाको केन्द्र बनाउन उयुक्त नभएकाले गाउँपालिका जनप्रतिनिधिको साझा छलफलबाट सुकिदह गाउँपालिकाको २ नं वडाको सानधारालाई उपयुक्त भएर नै गाउँपलिकाको केन्द्रको रुपमा निर्णय पारित गरियो । त्यसैले संघर्ष समितिले जनप्रतिनिधि बिहीनको अवस्थामा जस्तो सर्वदलिय समितिबाट हरेक निर्णय पारित गरेको जस्तो मान्नुभएन किन कि गाउँपालिका लगायत वडाबासीको हितमा काम गर्ने नीति निर्माण गर्ने अधिकार जनप्रतिनिधिलाई अधिकार दिएका छन् । अनि जनप्रतिनिधिले पारित गरेको निर्णयप्रति आन्दोलन गर्नुको कुनै अर्थ छ जस्तो लाग्दैन । कि गाउँपालिकाको केन्द्रको निर्णय पारित म एक्कलैले गरेको भए अध्यक्षको स्वार्थ अनुकुलतामा निर्णय पारित गरियो भन्ने तर आम जनप्रतिनिधिले गरेको निर्णयप्रति विरोधको नामा गाउँपालिकाबासीलाई बन्दक नबाउन अनुरोध गर्दछ । सबै भन्दा उपयुक्त माध्यम भनेको गाउँपालिका र संघर्ष समितिको दुबै फाइल मन्त्रालयमा पठाए मन्त्रालयको निर्णयलाई स्वीकार्ने सहमति नै उपयुक्त हो भन्ने मेरो धारणा हो ।
 संघर्ष समितिले जनताको माग सम्बोधन नभएको अवस्थामा थप आन्दोलनका कार्यक्रम आगाडी बढाउने तयारी गरी रहेको बेला कसरी अगाडी बढ्नु हुन्छ ?
म गाउँपालिकाबासीको मागलाई कहिल्यै नै व्यवास्ता गर्दैन किन कि म सामान्य पारिवारमा हुर्किएर महान जनयुद्वसँगै १२ वर्षसम्म जेल जीवन बिताएर आएका छु । त्यसैले मेरो जीवन जनताको निम्ति नै बिताएँ भने अझै पनि बिताउँछु । तर जुन संघर्ष समितिका साथिहरुले जनताको निम्ति कति वर्षसम्म जीवन बिताउनुभयो ? यो हास्यपद कुराप्रति केही भन्नु पनि छैन लिनुपर्ने पनि केही छैन । गाउँपालिकाले जुन नयाँ गाउँपालिका केन्द्र निर्धारणको सानधाराको विषयमा मेरो नाम, उपाध्यक्ष, वडा अध्यक्षका नाम लिएर राता करोड बने भन्ने आरोप समेत लगाउनु हुन्छ । तर, मैले संघर्ष समितिका साथिहरुलाई के भन्दै आएको छु भने जिल्ला स्तरीय छलफलमा नै जग्गा दलालीको हामीप्रति सङ्का हो भने मन्त्रालयले यदि स्वीकृति गरेको अवस्थामा निर्माण समितिमा तपाईहरु नै रहनुहोस् भनेको थिएँ । नापिबाट अमिन लगेर पहिलो निःशुल्क वा शुल्कमा पनि सरकारी मूल्यभन्दा बढि मूल्यमा बनाउने सर्त अगाडी बढ्छ भनेको छु । तर उहाँहरु निर्माण समितिमा आउन मान्न् हुन्न । अनि जो चोर उहीको ठूलो स्वर गर्न पाइदैन भनेको छु । म फेरी पनि दो¥याउन चाहान्छु म पूर्व सहमति भन्दा एक इञ्च दायाँ बायाँ गर्ने पक्षयमा छैन । म मन्त्रालयको निर्णयको पर्खाइमा छु ।
 आन्दोलनको विषयमा माथिल्लो निकायबाट पहल भएको छ ?
सुकिदह गाउँपालिकाले स्थानीयतह सञ्चालन निर्देशिका २०७४ मा आधारित भई गाउँपालिकाको नाम र केन्द्र परितर्वनको निर्णय पारित ग¥यो । सो निर्णय पारित गरेको केही दिनपछि गाउँपालिकाबासीको नाममा अस्तुष्ट साथिहरुले संघर्ष समितिद्वारा आन्दोलन स्वरुप गाउँपालिका कार्यालयमा ताला वन्द गर्नुभयो । संघर्ष समितिले गाउँपालिकाको कार्यालय र २ नं वडा कार्यालयमा ताला वन्द गरेको केही दिनपछि नै गाउँपालिकामा नै संघर्ष समितिसँग छलफलबाट भएको समति अनुसार गाउँपालिकाको निर्णय गंगादेव गाउँपालिका र सोही गाउँपालिकाको २ नं वडाको सानधारामा केन्द्र बनाउने निर्णयको फाइल र संघर्ष समितिको सुकिदह गाउँपलिका र सुकाओडार केन्द्र बनाउने पर्दछ भन्ने फाइललाई मन्त्रालयमा पठाउने र मन्त्रालयको निर्णय दुबै पक्षले स्वीकार्ने सहमतिमा जाँदा कुनै निकायबाट ताला वन्दको विषयमा पहलको आवश्यकता नै छ । तर जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सांसद वर्षमान पुनमगर ‘अनन्त’ प्रदेश सभाका सांसद दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ जिल्लाका राजनीतिकदल, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवार निकायहरुले पहल गर्नुभएको छ । तर संघर्ष समिति पूर्व सहमतिलाई लट्याउँदै कसैको दबाबमा फेरी गाउँपालिका र संघर्ष समिति बीचको सहमतिलाई भङ्ग गर्दै पूर्ण रुपमा गाउँपालिकाको निर्णय नै उल्टाउने माग गरेको हुनाले यो मागप्रति गाउँपालिका कुनै अवस्थामा सहमति गर्ने तयार छैन । गाउँपालिका मन्त्रालयको निर्णय पर्खन्छ । त्यसपछि गाउँपलिका सोही अनुसार अगाडी बढ्छ । संघर्ष समितिको आन्दोलनप्रति माथिल्लो निकायबाट पनि पहल त भएको छ । तर गाँउपालिका पूर्व सहमति कै आधारमा अगाडी बढ्छ ।
 स्थानीय निकाय र स्थानीयतह कार्यान्वयसँगै विकास निर्माणमा कस्तो फरक पाउनुभयो ?
स्थानीय निकाय र स्थानीयतहको कार्यान्वयनसँगै विकास निर्माणमा नितान्त नै फरक भएको छ । स्थानीय निकायको शासन व्यवस्थामा साना विकास निर्माणको निम्ति वडा, गाउँ विकास समिति कार्यालय, इलाका कार्यालय, जिल्ला लगायतको चरणबाट मात्र विकास निर्माणको योजनाहरु अगाडी बढ्थे तर स्थानीयतहमा वडा कार्यालय वडा कार्यालय नभए गाउँपालिकाबाट नै विकास निर्माणमा प्रक्रियहरु अगाडी बढ्छन् । सिंहदरबारमा सीमित अधिकारलाई गाउँ–गाउँसम्म पु¥याउनेको निम्ति स्थानीयतहलाई आवश्यक परेको अवस्थामा केन्द्रीय संविधानसँगै नबाझिने गरी नयाँ ऐन कानुन निर्माण गरी कार्यान्वयन गर्ने अधिकार समेत संविधानले दिएको छ । त्यसैले गाउँपालिका भनेको एउटा सरकार नै हो । त्यसैले आम गाउँपालिकाबासीले विकासको अनुभुति गर्नेगरी गाउँपालिकामा विकासलाई तीव्र रुपमा अगाडी बढाउनु पर्ने अपरिहार्यता छ । गाउँपालिकामा टेलिफोन सम्पर्क हुन सक्दैन त्यसको निम्ति टेलिफोनको टावर राख्ने, जिल्लासँग यातायातको जोडिएको छैन । जिल्लाको दक्षिण, पश्चिम हुँदै उत्तरी क्षेत्र थबाङसम्म यातायातका साधानहरु सञ्चालन भइरहेका छन् । भने यस गाउँपालिकामा सल्यानबाट मात्र सडक जोडिएको छ । त्यसैले गाउँपालिका र जिल्लासँग सडक जोड्ने नियमित रुपमा यातायातका साधन सञ्चालन गर्ने गरी काम अगाडी बढाएको छ । भने गाउँपालिका र वडा कार्यालयसम्म जोड्ने सडक सञ्जालाई प्राथमिकता दिएको छ । साथै गाउँपालिकाका स्वास्थ्य क्षेत्रको समस्यालाई गाउँपालिकाले मध्येनजर गर्दै गाउँपालिकामा ल्याव सञ्चालनमा ल्याउने तयारीमा छौं । साथै गाउँपालिकाको आम समस्या समाधानको निम्ति अब बन्ने सरकार, प्रतिनिधि सभाका सांसद,प्रदेश सांसद लगायतका सरोकारवाला निकायसँग पहल तयारी गरिरहेको छु । जसरी मलाई सुकिदह गाउँपालिबासीले विश्वास गरी आफ्नो अमूल्य मतले विजय बनाएका छन् । त्यसैले म गाउँपालिकाबासीको निम्ति अहोरात्र खटिरहने छु । तर जनताको विरोधिसँग कहिल्यै सहमति सहकार्य हुँदैन । साविक गाउँ विकास समितिमा न्यून वजेट विनियोजिट हुन्थ्यो । त्यसले विकासको निम्ति प्रयाप्त वजेट विनियोजिट हुँदै थियो । जसले गर्दा विकास निर्माणको योजना सम्पन्न नभई बीचमा नै अलपत्र पर्ने वास्ताविकता नै थियो । तर अहिले एउटा वडामा करिव पुउने एक करोड ८५ लाखलेखि १ करोड ५० लाखभन्दा बढि वजेट विनियोजिट भएको छ । सुकिदह गाउँपालिका २३ करोडमा निशस्त्र र शसस्त्र शीर्षकमा आएको वजेट हो । त्यसैले पहिले तुलनात्मक वजेट बढि नै विनियोजिट भएको छ, बरु त्यो वजेटको सदुपयोग भएको अवस्थामा विकास निर्माणका योजना निर्धारित समयमा नै सम्पन्न हुन्छ ।
अन्तिममा यस पत्रिका मार्फट केही भन्नु हुन्छ, कि ?
अन्तिममा आम सुकिदह गाउँपालिकाबासीले आफ्नो अमूल्य मतबाट मलाई गाउँपालिकाको अध्यक्षमा विजय बनाएका हुन् । सुकिदह गाउँपालिका भनेको विकास निर्माण लगायतका हरेक कुराले पीछिएको ठाउँ हो । गाउँपालिकामा जिल्लाबाट एक प्राविधिक समेत पठाएको छैन । साथै कर्मचारी पूरा छैनन् । तर यस्तो अवस्थामा गाउँपालिकाका जनप्रतिनिधिले जनताको सेवा गरिरहेको छन् । सुकिदह गाउँपालिका न्याय प्रेमी जनताले आफ्नो कार्य व्यवस्ताका साथ अगाडी बढ्दै छन् । जनताको पक्षमा काम गर्ने जनप्रतिनिधिलाई आगामी दिनमा पनि यसरी नै साथ दिनु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु । साथ जसरी गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको निर्णयको विरोधमा उत्रिएका संघर्ष समितिका साथिहरुलाई पनि कानुन सङ्गत छैन भने भन्ने प¥यो । होइन भने गाउँपालिकाको निर्णयको विरोध गर्नुभन्दा पनि स्थानीयतह सञ्चालन निर्देशिकामा भएका कानुनी व्यवस्थालाई खारेजी गर्ने आट गर्नुप¥यो । फेरी सर्वदलिय समयन्त्र बनाउन सक्नु प¥यो । होइन भने कानुनी आधारमा निर्णय गरिएको सुकिदह गाउँपालिकाले गाउँपलिकाको नाम र केन्द्र परिवर्तनको निर्णयलाई सर्मथन गरेयौं भने मात्र सुकिदह गाउँपालिका विकास समृद्ध गाउँपालिका बन्दछ । जसरी रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाले सुकिदह गाउँपालिकाले कानुनी आधारमा गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको निर्णयको बारेमा गाउँपालिकाको विचार राख्ने अवसर दिनुभएको हादिक धन्यवाद प्रकट गर्दछु ।

“सुकीदह गाउँपालिकाको नाम परिवर्तन गर्नु हुँदैन”
“जनताको मर्म विपरित चल्नुभएको छ अध्यक्ष”
–रोशनकुमार–संघर्ष समिति संयोजक

रोल्पा जिल्लाको दश स्थानीयतह मध्ये गाउँपालिका नाम, केन्द्र परिवर्तनको विषयले गाउँपालिकाबासीले असहमति जनाउँदै केही आन्दोलन पश्चात् पुनः माघ ५ गतेसम्मको सहमतिको लागि जिल्ला स्तरीय सर्वपक्षय छलफलबाट समय निर्धारणमा सो विषयमा सहमाति नहुँदा जिल्लाको गाउँपालिकाका मध्ये एक गाउँपालिका सुकिदह गाउँपालिकामा पुनः गाउँपालिकाको कार्यालयमा तालाबन्दी सहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरी आन्दोलिन बनेको संघर्ष समिति संयोजक रोशन कुमार वलीसँग आन्दोलन लगायत अन्य समय सान्र्दभिक विषय वस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिका कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको सार सङ्क्षेप्त प्रस्तुत गरिएको छ ।
 रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको तर्फबाट हार्दिक स्वागत गर्दै हजुर परिचय बताइदिनका अनुरोध गर्दछु ?
धन्यवाद ! मेरो नाम रोशन कुमार वली हो । म सकिदह गाउँपलिका–६ वडीबासी हुँ । २०७२ साल असोज ३ गते घोषित लोकतान्त्रिक गणतन्त्र संविधानको भावना अनुसार देश संघीय संरचना अनुसार रोल्पा जिल्लामा राजनीतिकदल लगायत सरोकारवाला निकायहको सर्वपक्षय छलफलबाट एक नगरपालिका र नौ गाउँपालिका स्थानीयतहरु निर्धारण भएको थियो । सोही अनुसार जिल्लाको एक स्थानीयतहत सुकिदह गाउँपालिका पनि एक हो । स्थानीयतहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि निर्वाचित भएर आए पश्चात् जनप्रनिधिले जुन संविधान अनुसार नीति विधिको आधारमा गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको प्रस्ताव गरे । गाउँपालिकाको नाम र केन्द्र परिवर्तन जस्तो सम्बेदनशिल विषयलाई गाउँपालिकाबासीसँग छलफल नगरी एक्कासी गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको निर्णय पारित भयो । गाउँपालिकाबासीको भावना विपरित आएको निर्णयको विरोधमा एउटा संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम आगाडी बढाएका छौं । म सो समितिको संयोजक हुँ ।
गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको प्रस्ताव ल्याउँदा कस्तो लागेको छ ?
राज्य पुर्नर संरचनाको सयममा जिल्लाका राजनीतिकदल लगायत सरोकारवाला निकयको विवाद रहीत वातावरणमा निर्धारण गरिएको पहिचान सहितको गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको निर्णयको सुकिहद गाउँपालिकाबासीको हैसयतर संघर्ष समितिको संयोजकको हैसियले घोर भत्सर्ना गर्दछु र गर्दछौं । जनताको अमूल्य मतले विजय भएका जनप्रतिनिधिले जनताको भावना विपरित निर्णय गर्ने कुनै पनि जनप्रतिनिधिलाई छुट छैन । निर्वाचनको वावतरणमा फरक–फरक राजनीतिक अस्था राख्ने कार्यकर्ता बीच चुनावी प्रतिस्पर्धा भएपनि निर्वाचित भईसकेपछि आम जनताको भावना अनुसार निर्णय गर्नुपर्ने अपरिहार्यता छ । आगामी दिनमा सोही अनुसार निर्णय गर्न म हार्दिक अनुरोध समेत गर्दछु ।
गाउँपालिकाको निर्णयको विरोधमा पहिलो चरणमा गाउँपालिका कार्यालय लगायत वडा कार्यालयमा लगाएको ताला कुन सहमतिको आधारमा ताला खोल्नुभयो ?
जुन सुकिदह गाउँपालिका कार्यालयले गाउँपालिकाबासीको भावना विपरित गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय पारित गरेयो । सोही दिनबाट गाउँपालिकाको निर्णयको विरोधमा संघर्ष समिति मार्फत गाउँपालिका कार्यालय लगायत वडा कार्यालयमा ताला बन्द लगायतका कार्यक्रम जारी राखेयौं । गाउँपालिकाबासी आन्दोलित हुँदै गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको विषयमा गाउँपालिका स्तरीय छलफलबाट सहमतिको आधार तय हुन सक्दा प्रदेश सभाका संसद दीपेन्द्र कुमार पुनमगर ‘सिजल’, रोल्पा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, प्रमुख जिल्ला अधिकार डाक्टर डिजन भट्टराई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघर्ष समितिका पदाधिकारी लगायत जिल्लाका सरोकारवाला निकायहरुको सर्वपक्षय छलफलबाट गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको विषयमा सहमतिको लागि माघ ५ गतेसम्म छलफल आगाडी बढाउनेसँगै गाउँपालिकामा लगायतको ताला बन्द खोल्ने सहमतिमा पहिलो चरणको आन्दोलन स्थिगत गरिएको हो । तर जुन जिल्ला स्तरीय सर्वपक्षय छलफलबाट गाउँपालिकाको कार्यालयमा लगाएको ताला वन्द लगायतका आन्दोलनका कार्यक्रमहरु स्थगित गर्दै गाउँपालिकामा ताला खोलियो । तर समय बित्दै जाँदा गाउँपालिका अध्यक्षयले सहमति वातावरण तयार बनाउनुको सत्ता संघर्ष समितिको मागप्रति नै व्यवास्ता बन्नुुभयो । पुनः संघर्ष समिति आन्दोलित बन्नुपर्ने वातावरण सिर्जना भयो ।
आन्दोलन कसरी अगाडी बढ्दै छ ?
गाउँपालिकाको नाम सुकिदह गाउँपालिका र केन्द्र परिवर्तनको निर्णयको विषयमा माघ ५ गतेम्म पुनः गाउँपालिका र संघर्ष समितिको समितिमा अन्तर सम्वाद छलफलको वातावरण सिर्जना गाउँपालिका अध्यक्षले निर्माण गर्न नसक्दा पुनः हामी माघ ७ गतेबाट संघर्ष समितिले गाउँपालिकाको कार्यालय सहित गाउँपालिकाको सबै गाउँपालिकाको वडा कार्यालयमा ताला वन्दी गरेको छ । गाउँपालिकाबाट गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको विषयमा ध्यान नदिँदासम्म गाउँपालिकाको कार्यालय लगायत वडा कार्यालयमा ताला वन्द लगायतका अन्य विरोधका कार्यक्रमहरु जारी राख्ने निर्णय समेत गरेको छ । गाउँपालिकाको भावना विपरित गरिएको निर्णयको विरोधमा आम गाउँपालिकाबासी पनि आन्दोलनको एक्येबद्वता जनाएको हुनाले गाउँपालिकाबासीबाट कुनै गुनाँसो समेत आएको छैन । जनताको भावना विपरित निर्णय ख्यारेजी नहुँदासम्म गाउँपालिकाबासी जस्तो समस्या भोग्न तयार छौं । संघर्ष समितिको आन्दोलनलाई गाउँपालिकाले व्यवास्ता गरेको खण्डमा हामी अझै आन्दोलनको स्वरुप परिवर्तनबाट आन्दोलनलाई अगाडी बढाउने तयारी छौं । जुन आन्दोलनबाट जनताको समस्यालाई मध्यनजर गर्दै जिम्मेवारी भूमिकाबाट नै अन्दोलनलाई प्रभावकारी बनाउँछौं । यस गाउँपालिकामा विकास निकासमा पनि जनप्रतिनिधिले आफ्नो मनपरि वजेट विनियोजिट गरे । एउटा विधि नीति अनुसार नै योजना छनोट गर्नुपर्ने त्यसो गरिएको छैन । गाउँपालिकाबाट विनियोजित वजेटबाट काम गर्ने क्रममा सुकिदह गाउँपालिका–७ वडामा सडक विस्तार गरिरहेको स्काभेटरले प्रति घण्टा पाँच हजर र छ हजारमा काम गरिरहेको भने सोही गाउँपालिका– ४ र .५ नं वडामा काम गर्ने गाउँपालिका अध्यक्षको स्काभेटले प्रति घण्टा ६ हजार र ७ हजारमा काम गरिरहेको छ । सोही क्षेत्रमा अन्यको स्काभेटर ल्याउने भन्दा अन्यको स्काभेटर ल्याउनमा निषेध गरिएको छ । विकास प्रतिस्पार्धत्मक रुपमा गर्ने हो तर यस गाउँपालिकामा विकास लगायतका क्षेत्रमा एकलौटि गरिएको छ । यसरी एकलौटि तरिकाबाट कसरी विकास सम्भछ । त्यसैले हामी गाउँपालिकाका प्रतिनिधिको एकलौटि कार्यशैलीको गाउँपालिकाबासीले घोर विरोध गर्दछ ।
कहिले आउँछ आन्दोलनको परिणाम ?
गाउँपालिकाले सोही गाउँपालिकाबासीको भावना विपरित गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको निर्णय गरेको हुनाले उक्त निर्णयको विरोधमा गाउँपालिकाबासी आन्दोलित बन्नुपर्ने बाध्यात्मक वातावरण गाउँपालिकाका जनप्रतिनिधिबाट भयो । गाउँपालिकाबासी आन्दोलित बनेको छौं । आन्दोलनलाई सम्बोधन गर्ने वातावरण गाउँपालिकाका नबनाउँदासम्म यो आन्दोलनको परिणाम आउन सक्दैन । गाउँपालिकाका जनप्रतिनिधिले आम गाउँपालिकाबासीको आन्दोलनलाई व्यवास्ता गरेको आम गाउँपालिकाबासीको बुझाई छ । किन भने अहिलेसम्म गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको विषयमा छलफलको वातावरण नै तय गाउँपालिकाका जनप्रतिनिधिले गरेका छैनन् । गाउँपालिकाको निर्णयको विषयमा संघर्ष समितिसँग छलफलको वातावरण सिर्जनासँगै यो आन्दोलनको परिणाम निस्कन्छ । अहिलेसम्म गाउँपालिका जनप्रतिनिधिले संघर्षशिल गाउँपालिकाबासीको माग प्रति ध्यान दिएको छैन । अनि कसरी आन्दोलनको परिणाम आउँछ । आन्दोलनको परिणाम निकाल्नको निम्ति गाउँपालिका जनप्रतिनिधिले जिम्मेवारीपूर्ण भूमिकाको अपरिहार्यता छ ।
पुनः गाउँपालिकाबासी आन्दोलित बन्दै गर्दा जिल्लाका सरोकारवाला निकायहरुको ध्यान केन्द्रीत भएको छ ?
सुकिहद गाउँपालिकामा नाम र केन्द्र परिवर्तनको निर्णयको विषयमा गाउँपालिकाले सर्वपक्षय छलफलको वातावरण निर्माण गर्न नसक्दा संघर्ष समिति पुनः कार्यालयमा ताला वन्द लगायतका आन्दोलनका कार्यक्रम जारी रहेको छ । गाउँपालिकाको नाम र केन्द्रको विषयमा जिल्ला स्तरीय सरकारवाला निकायको सर्वपक्षीय छलफल अनुसार गाउँपालिकाको नाम सुकिदह नै कायम गर्ने र केन्द्र हेरफेर गर्न सकिने सुझाव आएको थियो । सोही अनुसार माघ ५ गतेसम्म गाउँपालिका कार्यालयमा ताला खोलियो । सोही विषयमा छलफलको तयारी नहुँदा पुनः आन्दोलित बनेका हो । दोस्रोरचरणको आन्दोलनको विषयमा सरोकारवाला निकायको ध्यान आकर्षण भएको छैन । संघर्ष समितिले जिल्लाका सरोकारवाला निकाय लगायतका सरोकारवाला निकायहरुलाई समस्याको समाधानको निम्ति आवश्यक पहल गर्न अनुरोध गर्नेछौं ।
गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको विषयमा जिल्ला स्तरीय सर्वपक्षीय छलफल पश्चात् पुनः छलफलको भयो कि भए न ?
हामी जसरी जिल्ला गाउँपालिकाले सुकिदह गाउँपालिकाको नाम र परिवर्तनको निर्णयको विषयमा जिल्ला स्तरीय सर्वपक्षीय छलफलबाट माघ ५ गतेसम्म गाउँपालिकाको कार्यालयमा लगाएको ताला खोल्ने र गाउँपालिकाको नाम सुकिदह नै कायम गर्ने र केन्द्र सोही गाउँपालिका–२ वडा कार्यालयको सानधारामा बनाउने सहमति सहमति आन्दोलनको कार्यक्रम स्थिगत भयो । तर सो दिनदेखि गाउँपालिकाको तर्फबाट समस्याको समाधानको विषयमा कुनै औपचारिक तथा अनौपचारिक छलफलको पहल गरिएन । संघर्ष समितिको मागप्रति गाउँपालिकाले व्यवास्ता गर्दै आयो । पुनः माघ ७ गतेको दिन छलफल हुँदा गाउँपालिकाको नाम र केन्द्रको विषयमा गाउँपालिको नाम सुकिहद नै कामय गर्ने र केन्द्र गाउँपालिका–५ नं वडामा भन्ने भयो तर सबै गाउँपालिकाबासीलाई भौगोलिक आधारमा पायक पर्ने गरी २ नं वडामा कायम गरौं भन्ने हाम्रो माग थियो । तर गाउँपालका अध्यक्षले निर्णयमा नै अदान लिएपछि गाउँपालिका र संघर्ष समिति बीच कुनै सहमति बन्न सकेन । पुनः माघ ८ गतेबाट गाउँपालिका र २ नं वडा कार्यालयमा ताला वन्द लगायतका आन्दोलन संघर्ष समितिले अगाडी बढाएको छ ।
गाउँपालिकाको नाम र केन्द्रको परिवर्तनसँगै आन्दोलित बनेको अवस्थामा अब उपयुक्त उपाय के हो ?
जसरी गाउँपालिकाले नियम सङ्गत गाउँपालिको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय पारित भ¥यो । कानुन सङ्गत पारित गरेको निर्णयप्रति हाम्रो असर्मथन होइन कि गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्दा किन सर्वपक्षीय छलफलबाट गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको निर्णय पारित गरेन भन्ने हो । गाउँपालिकाले आफ्नो निर्णय पारितबाट जसरी गाउँपालिकाबासी नै आन्दोलित बनेको अवस्थामा सबै भन्दा उपयुक्त विकल्पको भनेको सुकिदह गाउँपालिका पर्यटकीय गाउँपालिकाको रुपमा चिनिएको गाउँपालिका हो । अब सुकिदह गाउँपालिकालाई समृद्ध बनाउनका लागि गाउँपालिकाको नाम सुकिदह नै राख्ने । गाउँपालिकाको केन्द्र उपयुक्त ठाउँमा परिवर्तन गरेको अवस्थामा संघर्ष समिति सहमति हुन्छ । त्यही कुरामा गाउँपालिका अध्यक्ष, जिल्ला समन्वय समिति लगायत सरोकारवाला निकायले पहल गर्नेपर्ने आवश्यकता छ । होइन भने यसको विकल्पको रुपमा अन्यक उपायहरु छन् । संघर्ष समितिले गाउँपालिकाको कार्यालयमा ताला वन्द गरी सर्व श्रेष्ठ हुन्छौं भन्ने होइन । सुकिहद गाउँपालिकाबासीको समस्यालाई मध्यनजर गर्दै आन्दोलनका स्वरुप परिवर्तन गर्न पनि सक्छौं । गाउँपालिकाको निर्णयको विरोधमा कानुनी पक्षलाई अवलम्बन गर्ने जस्ता प्रक्रिया संर्घष समितिले अवल्बमन गर्दछ । गाउँपालिका अध्यक्षलाई भविष्यमा कुनै समस्याहरु भोग्नु पर्ला सहमतिका लागि गाउँपालिकाको निर्णयप्रति पुर्नविचार गर्नुहोस् भन्दा पनि हाम्रो अनुरोध स्वीकार्नु हुँदैन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी बीच बाम गठनबाट नै साझा उम्मेद्वारीबाट प्रनितिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाम गठनबन्धनको बुहमत आएको छ । त्यसैले गाउँपालिका अध्यक्ष र हामी आगामी दिनमासँगै काम गर्ने भएकोले पनि मेरो सल्लाह सुझावलाई व्यवास्ता गरी आफ्नै एकलौटी तरिकारले आगाडी बढ्न खोज्नु हुन्छ ।
आन्दोलित रहीत गाउँपालिका बनाउने संघर्ष समितिले कस्तो भूमिका निर्वाह गर्दछ ?
हो विकास वन्द हड्तालबाट सम्भव छैन । तर जनतालाई आन्दोलित बन्नु पर्ने बाध्यत्मक अवस्था सिर्जना गर्ने जनताको बहुमूल्य मतबाट विजय भएका जनप्रतिनिधिले गरेका छन् । त्यसैले पनि गाउँपालिकालाई वन्द रहीत गाउँपालिका बनाउन जनप्रतिनिधिको धेरै नै जिम्मेवारी छ । गाउँपालिकाको अध्यक्ष भनेको स्थानीयतहको प्रमुख हो । स्थानीय सरकारको प्रमुखले कुनै पनि निर्णय गर्दा जनताको भावना विपरित निर्णय गर्ने अधिकार जनताले दिएका छैनन् । त्यसैले जनप्रतिनिधिले जनताको भावनालाई आत्मसात गर्र्दै निर्णय गर्दा नै आन्दोलन गर्नुपर्ने आवश्यकता नै छैन । तर, जनताको भावना विपरित निर्णय गरी जनतालाई आन्दोलित बनाउने जनप्रतिनिधिबाट नै भएकोले आन्दोलनको सबै जिम्मेवारी जनप्रतिनिधिले लिनु पर्दछ । स्थानीयतहको निर्वाचनमा फरक–फरक चुनाव चिन्हबाट चुनाव लडेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा देशव्यापी रुपमा बाम गठनबाट नै साझा उम्मेद्वारीबाट निर्वाचन जाने पार्टीको निर्दशन अनुसार रोल्पा जिल्लामा नेकपा (एमाले)ले पार्टीले नेकपा (माओवादी केन्द्र) साझा उम्मेदवालाई सहयोग ग¥यौं । तर यो सुकिदह गाउँपालिकाको नाम र केन्द्रको विषयमा जिल्लाका प्रतिनिधि सभाका सांसद, प्रदेश सभाका सांसद लगायत सरोकारवाला निकायहरुको ध्यान नपुगेको महशुस मैले गरेको छु । जसरी हाम्रो अमूल्य मतले विजय बन्नुभएका प्रतिनिधि सभाका सांसद र प्रदेश सांसद लगायत सरोकारवाला निकायहरुको ध्यान आकर्षण यसै पत्रिका मार्फत गराउँद छु । अझै पनि गाउँपालिका अध्यक्ष सहमति सहकार्यमा आउनु हुन्छ भन्ने मेरो आशा गरेको छु ।
गाउँपालिकाको नाम र केन्द्र परिवर्तनमा संघर्ष समितिको आपत्ति के हो ?
गाउँपालिकाको निर्णय अुनसार सुकिदह गाउँपालिकाको नाम शहीदको नाममा गाउँपालिकाको नाम राख्ने निर्णय पारित गरेको छ । शहीदको नाम पनि आफ्नै श्रीमतिको नाम राख्न जोज्नु भयो । शसस्त्र द्वन्द्वको समयमा १७ हजार मानिसले शहीद भएका छन् । तर गाउँपालिका अध्यक्ष आफ्नो श्रीमतिको नाममा गाउँपालिकाको नाम राख्ने निर्णय गाउँपालिकाबाट पारित गर्नुभयो । त्यसैले गाउँपालिका अध्यक्ष व्यक्तिवादी चिन्तनबाट अगाडी बढ्न खोज्दै हुनुहुन्छ । यस आम शहीदलाई सम्मान गर्दैन । बरु गाउँपालिकाको निर्णयले आम शहीद प्रति अपमान हुन्छ । सबै शहीदलाई सम्मान हुनेगरी गाउँपालिकाको नाम राखे पनि संघर्ष समिति सहमत हुन्छ । तर गाउँपालिका अध्यक्ष आफ्नो व्यक्तिगत चिन्तनबाट पछाडी हट्ने अवस्था छैन । सुकिदह गाउँपालिका सबैले सर्वसम्मत स्वीकार्ने गाउँपालिका हो । भने शसस्त्र द्वन्द्वको समयमा चर्चित बनेको सुकिहद हो । सुकिहदको माथि जठाक धुरी लेक, बाफुधुरी लेक, रातामाटा टावर, बठान लेक त्यस्तै तमाम पर्यटक जाने ठाउँ छ । त्यसैले गाउँपालिका अध्यक्षले सही नेतृत्व जिम्मेवारी निर्वाह गर्न हुन्थ्यो भने शहीद स्मारक निर्माण गरी शहीदलाई सम्मान गर्नु हुन्थ्यो । तर गाउँपालिका अध्यक्ष आफ्नै श्रीमतिको नामा नै गाउँपालिकाको नाम राख्दा उपयुक्त हुँदैन । शहीदको सम्मान गर्नु खोज्नुभएको भए गाउँपालिकाबासी लगायत सरोकारवाला निकायको छलफलबाट सम्रग शहीदलाई समत्ने गाउँपालिकाको नाम राखेको भए पनि उपयुक्त हुन्थ्यो तर व्यक्तिवादी चिन्तनबाट ग्रष्ट गाउँपालिका अध्यक्षले त्यस्तो गर्न सक्नु भएन । सुकिदह गाउँपालिकाका जनप्रतिनिधिले आफ्नै शहीदलाई विभेद गरेका छन् । दैविक प्रकोप र भौगोलिक हिसाबले सुकिदह गाउँपालिकाको साविकको केन्द्र जिनाबाङको सुकाओडार र गाउँपालिको निर्णय पारित गरेको सानधारा भौगोलिक, दैविक प्रकोप, जग्गाको क्षेत्रफलको दृष्टिकोणले दुबै केन्द्र उपयुक्त नै छैन । त्यसैले दैविक प्रकोप, भौगोलिक रुपमा उपयुक्त गाउँपालिकाको केन्द्र खोज्नु पर्दछ । गाउँपालिकाको उपयुक्त गाउँपालिका केन्द्र परिवर्तनको जस्तो सम्बेदनशिल विषयमा आम गाउँपालिकाबासीसँग व्यापक छलफलबाट सर्व सम्मत पारित गरेको अवस्थामा आम गाउँपालिकाबासीलाई स्वीकार्य हुन सक्छ । सोही अनुसार गाउँपालिका अगाडी बढ्नु पर्ने अवस्थामा आफ्नै एकलौटी तरिकारले अगाडी बढ्न खोज्दा गाउँपालिकाबासी आन्दोलित बन्नु प¥यो । भौगोलिक विगकताले गर्दा गाउँपालिकाको केन्द्र उपयुक्त ठाउँ सुकिदह गाउँपालिकामा पाउन कठीन छ । एकै ठाउँमा कार्यालय, खेलकुद मैदान पाउन कठीन भएको अवस्थामा कार्यालय, एकै ठाउँमा बनाउने भन्दापनि सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पु¥याउने जुन प्रमुख लक्ष्य अुनसार एउटै आधुनिक भवनबाट नै आम गाउँपालिकाबासीलाई सेवा प्रदान गर्न सकिन्छ । तबमात्र गाउँपालिबासीलाई सिंह दरबारको अधिकार गाउँ–गाउँसम्म आएको अनुभुति गर्दछन् । त्यसैले आम जनप्रतिनिधिको यतातिर ध्यान पुग्न अपरिहार्यता छ ।
समग्र सुकिदह गाउँपालिकाको विकासलाई कसरी अगाडी बढेको छ ?
चुनावको समयमा फरक–फरक राजनीतिकदलबाट चुनावी प्रक्रियामा सहभागिता भएपनि निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले साझा जनप्रतिनिधिको रुपमा कहिल्यै भुल्नु हुँदैन । सुकिदह गाउँपालिका ७ ओटा वडा मिलेर गाउँपालिका बनेको छ । स्थानीयतहको निर्वाचनबाट विजय जनप्रतिनिधिले जनताको विकासमा भेदभाव गर्नु हुँदैन । तर सुकिदह गाउँपालिकामा विवेचारी तरिकारले विकासका योजना छनोट गरिएका छन् । भो सोही अनुसार विकासको निम्ति वजेट विनियोजिटत गरिएको छ । भने जनप्रतिनिधिले गाउँपालकामा कर्मचारी नियुक्तिमा पनि आफु खुसी नियुक्ति गरिएको छ । सुकिदह गाउँपालिकाका सात ओटै वडाको सम्रग विकासको निम्ति बराबरी बजेट विनियोजिट गर्नुपर्दछ । तब मात्र सुकिदह गाउँपालिका समग्र समृद्ध विकास गाउँपालिका बन्न सक्छ । प्रत्येक वडाका जनप्रतिनिधिहरुले टोल–टोलमा आवश्यकताको अधारमा योजना संकलन गरी निवेदनको माध्यमबाट प्राथमिकताको आधारमा योजना छनोटसँगै वजेट विनियोजन गरिएको अवस्थामा विकास प्रभावकारी रुपमा अगाडी बढ्छ । तर एउटा वडामा एक करोड ९२ लाख वजेट विनियोजिट गरिएको छ । भने अर्काे वडामा आठ लाख वजेट विनियोजिट गरिएको छ । त्यो वजेट विनियोजिट सामान्ता, आवश्यकताको आधारमा वजेट विनियोजिट भएन पहँुचको आधारमा बजेट विनियोजित भयो । सुकिहद गाउँपालिकालाई समृद्ध बनाउने हो भने स्केभेटर धेरै नै छन, ति स्काभेटरलाई प्रतिस्पर्धाबाट काम गरायौं भने विकास बढि हुन्छ । तर गाउँपालिका अध्यक्षको बाहेक अरु कसै स्केभेटर आउनु भने निषेध गरिएको छ । त्यसैले विकास एकलौटिले नभएर प्रतिस्पर्धाकोबाट नै विकास सबै ठाउँ पुग्दछ । सम्भव छ ।
गाउँपालिकालाई संघर्ष समितिको तर्फबाट के भन्नु हुन्छ, नि ?
सुकिदह गाउँपालिकाले गाउँपालिकाको नाम र गाउँपालिकाको केन्द्र परिवर्तन निर्णय गाउँपालिकाबासीलाई आन्दोलित बन्नु पर्ने बाध्यत्मक अवस्था सिर्जना गएको छ । जसरी गाउँपालिकाबासी गाउँपालिकाको निर्णयको विरोधमा आन्दोलित बन्दै गर्दा जिल्ला स्तरीय सर्वपक्षय छलफलमा भएको समतिलाई कार्यान्वयन गर्नुप¥यो । जस अनुसार गाउँपालिकाको नाम सुकिदह नै कायम गरिओस् भने गाउँपालिकाको केन्द्र आवश्यकतासँगै सरकारकी मापदण्डको आधारमा केन्द्र निर्धारण गरिओस् भन्ने संघर्ष समितिको तर्फबाट सुझाव व्यक्त गर्दछु । सुकिदह र सुवर्णावती गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको निर्णय रोल्पा जिल्लालाई नै दीर्घकालिन प्रभाव पर्दछ कि ? कतै गाउँपालिकाबासीको अमूल्य मतको खेर त जाने होइन भन्ने विषयमा सबै सोच्न आवश्यकता छ । गाउँपालिकाको आन्दोलनको समस्याको समाधानको निम्ति गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि, राजनीतिकदल, प्रशासन लगायतका सरोकारवाला निकायहरुको समेत ध्यान दिनुपर्दछ ।
 अन्तिममा पत्रिकाका मार्फत केही भन्नु हुन्छ, कि ?
अन्तिममा यस पत्रिका मार्फत गाउँपालिकाले गाउँपालिकाको नाम र केन्द्र परितर्वनको निर्णय पश्चात् आन्दोलित बनेका गाउँपालिकाबासीको तर्फबाट गाउँपालिकाको समस्या गाउँपालिका स्तरमा नै समाधान गर्नुपर्दछ भन्ने थियो । तर गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधिको व्यवास्ताका कारण गाउँपालिकाको समस्या समाधानको निम्ति जिल्लासम्म आउनु पर्ने अवस्था सिर्जना भयो । गाउँपालिका अध्यक्ष सुकिदह गाउँपालिकाको साझा अध्यक्ष लगायत जनप्रतिनिधिले निर्णय गर्दा कतै कम्जोरी भएको छ कि भनेर समीक्षा गर्न आवश्यक थियो । तर गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिले समीक्षा गर्नुभएन । अब जनताको मागलाई सम्बोधनको निम्ति गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिको ध्यान पुगोस् । सहमति सहकार्यको निम्ति वातावरण निर्माण गाउँपालिका अध्यक्षको ध्यानकषर्ण गर्दछु । रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाले सुकिदह गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको निर्णय प्रति संघर्ष समितिको धारणा राख्ने अवसर दिएकोमा पत्रिकाका परिवारलाई धन्यवाद व्यक्त गर्दछु ।

You may also like