“यो जित जनताको हो ”

–दिपेन्द्र कुमार पुनमगर (सिजल)
रोल्पा ख प्रदेश सभा सदस्य
प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि सभामा विजयीको नजिक छ भने प्रदेश सभामा सदस्यमा विजयी भएका नेकपा (माओवादी केन्द्र) नेता एवं रोल्पा ख का प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ संग विजय लगत्तै रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका सम्पादक मानसिंह बिक मतगणना स्थलमा विश्वकर्माले गर्नुभएको कुराकानीको प्रस्तुत गरिएको छ ।


तपाई विजयी भई सक्नु भएको छ अब तपाई कस्तो महसुस गर्नुभएको छ ?
मैले पहिले राजनीतिक जीवनमात्रै थियो । अब जनप्रतिनिधिको रुपमा काम गर्ने रोल्पाली जनताले जो अवसर प्रदान गरेका छन् । सर्वप्रथम त सबै रोल्पाली मतदातालाई धन्यवाद व्यक्त गर्दछु । साथै रोल्पा जिल्लामा निर्वाचन सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैमा पनि धन्यवाद व्यक्त गर्दछु । साथै मलाई जसरी पार्टीले उमेद्वारी दिनका लागि निर्णय गरेपश्चात रोल्पा जिल्लामा विजयी हुनका लागि सबै हिसावले म लगायत मेरो पार्टी, बाम गठबन्धनका, नेता, कार्यकर्ता, जनंता लगायत सबैलाई हार्दिक आभार व्यक्त गर्दछु । अब नयाँ जिम्मेवारी थपिएको छ । जिम्मेवारीलाई नयाँ ढंगले बहन गर्नका लागि सबैको प्रयत्नका र मेरो भूमिका जिम्मेवारी तवरले लाग्नेछु । मेरो पहिलेको भुमिकामा अझै बढी स्पाटिलो भएर लाग्न जनताले मतदान गरेका छन् । यो अमूल्य जनताको मतलाई जनताको जीवन स्तर परिवर्तनका लागि बढल्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
तपाईको विजयलाई रोल्पालीले कसरी ग्रहण गर्ने ?
मेरो जित मात्रै होइन, यो आम जनताको जीत हो । त्यसैले आम परिवर्तन, मुक्तिकामी जन समुदायको जीत भएको छ । यो रोल्पाली जनताले पनि स्थायी सरकार, दीगो विकासका लागि चाहेका रहेछन् । त्यसैले गर्दा यो जित आम जनताको जीत हो । त्यसैले सबैले आफ्नो मत जाहेर गरेर विजयी गराएपछि आफ्नो जित नै सम्झे हुन्छ ।
तपाईको राजनीतिक पृष्ठभूमि बताईदिनुहोस् ?
कलिलै उमेरमा परिवर्तनको पक्षमा उभिदै २०४३ सालमा अ.ने.रा.स्व.वि.यू (छैठौ) को साधरण सदस्यता प्राप्त गरी राजनीति जीवनको शुरुवात गरेको थिए । २०४३ सालको कथिट राष्ट्रिय चुनाव विरोधमा कार्यक्रमहरुमा संलग्न हुँदै २०४६ सालको पंञ्याती व्यवस्थाको अन्त्यका लागि न.क.पा. (मसाल) ले लिएको निर्णयलाई भूमिगत रुपमा कार्यन्वयन गर्दै आएको थिए । २०४६ सालमा पञ्चायको अन्त्य पश्चात विद्यार्थी संगठनकै जिल्ला सदस्य हुँदै २०४८ सालमा ने.क.पा. (एकता केन्द्र) को सदस्यता प्राप्त २०५० सालमा ने.क.पा( एकता केन्द्र) को सदस्यता प्राप्त गरेको थिए । २०५० साल देखि २०५६ सालमा विद्यार्थी संगठनको केन्द्रीय सदस्यतामा रही काम गरेको थिए । २०५८ सालमा ने.क.पा. (माओवादी) रोल्पा जिल्ला संगठन समितिको सेक्रेटरी भएर २०५९ सालसम्म काम गरको थिए । पाल्पा जिल्लाको इञ्चार्ज २०६३ देखि हालसम्म रोल्पा जिल्लाको इञ्चार्ज रुपमा कार्यरहत रहेको थिए । ०५९ सालमा पार्टीको केन्द्रीय सदस्य, २०६२ सालमा पार्टीको पोलिट व्यूरो सदस्य, पार्टीको चुनबाङ बैठकले विग्रेड कमिसारको जिम्मेवारी दिएको थियो । २०६२ चैत्रमा पाल्पामा माइन विष्फोट हुँदा बायाँ हात पुरै र दायाँ हात अधिकांश गुमेको छ भने दायाँ कान फुटेको अवस्थामा रहेको छ । २०६४ सालदेखि जनक्रान्तिका घाइते तथा अपाङ्ग सङ्गठनको अध्यक्ष पदमा रहँदै आएको छु ।
जनताको सेवा कहिलेदेखि गर्न थाल्नुभयो ?
देश हालसम्म पार्टीको विभिन्न जिम्मेवारी क्षेत्रमा रहँदै काम गर्दै आएको छु । जनताको सेवा अविचलित वा निरन्तर रुपमा गर्दै आइयो । तर जनप्रतिनिधिको रुपमा होइन पार्टी प्रतिनिधिको रुपमा जनताको सेवा गरे भने अब जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्ने अवसर प्राप्त गरेको छु । आजबाट जनताको सेवामा लाग्न प्रदेशसभा सदस्यको हैसियतले जनप्रतिनिधिको रुपमा काम गर्ने अवसर प्राप्त गरेको छु । यो अबसरलाई मैले पूरा गर्नेछु ।
रोल्पाली जनताले तपाई र तपाईको पार्टीलाई किन भोत दिए ?
मलाई र मेरो पार्टीलाई मात्रै भोत दिने होइन । म वाम गठबन्धनको साझा उम्मेद्वारको रुपमा प्रस्तुत भएको हँु र हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को प्रस्तावित उम्मेद्वार भएकोले हाम्रो संयुक्त घोषणा पत्रद्वारा हाम्रो कार्यक्रमहरु सार्वजनिक गरेका छौँ । त्यही हाम्रो प्रतिवद्धता अनुसार समृद्ध रोल्पा, सुखी रोल्पालीका लागि हाम्रो घोषणा पत्रमा विभिन्न कार्यक्रम घोषणा गरेको छौँ । हामी त्यही अनुसार अगाडि बढ्नेछौँ । हाम्रो रोल्पा जिल्ला बनाउनको लागि प्रतिनिधि सभा सदस्य वर्षमान पुनमगर र प्रदेशसभा सदस्य कुलप्रसाद केसी र म लगायत हाम्रो बाम पार्टी सबैको सहकार्यबाट सुखि रोल्पाली बनाउने छौं । त्यो गर्नका लागि समृद्ध अमूर्त होइन मूर्त दिनु पर्दछ । गासँ, बास, कपास, रोजगार, आर्थिक उत्पादन, लगायत सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक रुपमा सम्बृद्धको योजना निर्माण गरेका छौँ । त्यसै अनुसार आम रोल्पाली जनतालाई नयाँ स्तरमा पु¥याउनका लागि हामी निरन्तर लागि पर्नेछौँ ।
तपाईलाई रोल्पा जिल्लाको विकासवादी नेताको रुपमा पनि चिन्छन् तपाईले यस भन्दा अगाडी राजनीतिक क्षेत्रबाट मात्रै गर्नुभयो अब जनप्रतिनिधि भएर कसरी गर्नुहुन्छ ?
मैले हिजो पनि जनताको सेवालाई नै अगाडि बढाएको थिए । आज जनप्रतिनिधिको रुपमा जनताले मलाई अबसर प्रदान गर्दा मैले त्यसलाई जिम्मेवारी ढंगले सबै क्षेत्रको सन्तुलित विकासमा ध्यान दिनेछ । प्रदेश सरकार, केन्द्रीय सरकार र स्थानीय सरकारको बीचमा सहकार्य गरी अगाडि बढाउनेछु । विकास निर्माणका केही अधुरा कामहरु बाँकी नै छन् । भौतिक पूर्वाधार, सडक, पुल पुलेसा, विद्यालय, स्वास्थ्यक्षेत्रको विकासलाई ध्यान दिनेछु । म थबाङदेखि तल डुव्रिङसम्मको हाल रहेका साविकका २६ वटा गा.वि.स.मा समान ढंगले विकास गर्नेछ ।
यतिबेला कसलाई सम्झिनु हुन्छ ?
मैले यतिबेला सबै भन्दा बढी यो महान परिवर्तनको लागि जीवन बलिदान दिने जनयुद्ध, जनआन्दोलन लगायतका महान शहीदहरुलाई सम्झिन्छु । तिनै शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै घाईते अपाङ्गहरु प्रति सम्मान व्यक्त गर्दछु । तिनै शहीद परिवार, घाइते अपाङ्ग लगायत यो युगान्तकारी परिवर्तनको लागि योगदान दिने सबैलाई यो श्रेय दिन चहान्छु । साथै आम रोल्पाली २ नं. क्षेत्रका मतदाताहरुलाई सम्झिन चहान्छु ।
अन्त्यमा केही भन्नु छ की ?
यो निर्वाचन एउटा महान र ऐतिहासिक कार्य हो । यो महान कार्यमा हामी एउटा प्रतिनिधिको रुपमा उमेद्वारी दिएका थियौं । त्यो उमेद्वारीलाई आज रोल्पा क्षेत्र नं. २ का जनताले प्रतिनिधिमा परिवर्तन गरि दिनुभएको छ । त्यसैलै आम सबैतह र तप्कामा मतदाताहरुमा धन्यवाद व्यक्त गर्दछु । साथै यो निर्वाचन शुरुवातदेखि सम्पन्न हुँदासम्म हाम्रो विजयको सुनिश्चित गर्ने सबै पार्टी, नेतृत्व, कार्यकर्ता, सञ्चारकर्मी र आम नागरिक समाजलाई धन्यवाद व्यक्त गर्दछु । साथै जो मसँगै प्रतिषपर्धामा सहभागी हुने मेरो प्रतिद्वन्दी खगेन्द्र प्रकाश हमाललाई पनि आगामी दिनको राजनीतिक सहयात्रा फेरी साथमै हुनेछ । साथै हाम्रो रोल्पा जिल्लाको विकासका लागि सबै एक भएर अगाडि बढ्नका लागि सबै तह, निकायलाई धन्यवाद व्यक्त गर्दछु । साथै निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत, अधिकृतको कार्यालयका कर्मचारी, सुरक्षाकर्मी सबैलाई धन्यवाद व्यक्त गर्दछु । तपाईको लोकप्रिय पत्रिका मार्फत जसरी हाम्रो विजयको अभियानलाई शुरुदेखि साथ दिएर हाम्रो परिवर्तनको आन्दोलनलाई साथ दिनुभयो । आगामी दिनमा पनि परिवर्तन, अग्रगमनको पक्षमा रोल्पा समाचार साप्ताहिकको प्रगतिको कामना गर्दछु । आगामी दिनमा पनि साथ दिनुहोला ।
२०७४ मंसिर २३ गते विजयी हुँदै गर्दा गरिएको कुराकानी)

You may also like