अग्नी पीडितलाई राहत रकम

भाबाङ–रोल्पा
साउन ५ गते,


माडी गाउँपालिका–५ बाईबाङ भाबाङ रोल्पाका अग्नि पीडित कर्मा घर्ती मगरलाई वडा अध्यक्ष भरतबहादुर बुढाले राहत रकम प्रदान गर्नुभएको छ । पीडित परिवारलाई थप आर्थिक सहयोग हुने भएको छ ।
उक्त राहात रकम शिद्धपुजे परोपकारी सेवा संस्था माडी गाउँपालिका– ५ भाबाङ रोल्पाले रु १५ हजार, समाज सेवी दुर्गाप्रसाद पुन मगरको पहल मा २३ हजार ११९, शिद्धपुजे संस्थाको कोषाध्यक्ष नन्न कुमार डाँगीको पहलमा १२ हजार ३५१, समाज सेवी रनबहादुर वलिले एक हजार र लिलाराम वलिबाट एक हजार गरी जम्मा रु ५८ हजार ७६५ पीडितलाई प्रदान गरिएको हो । २०७६ साल वैशाख महिनाको २५ गते दिउँसो समयमा झिमरुक प्रासारणको लाईनकोे बिजुलीको तार घर नजिकको रुख छोयर तार सर्त भई घरमा पनि आगो लागेको थियो । पीडित परिवारलाई वडा कार्यालयबाट रु ७० हजार बराबरको जस्ता पाता समेत उपलब्ध गराउने निर्णय गरेको छ । अन्य विभिन्न संघ संस्थाहरुबाट समेत नगद तथा जिन्स सामानहरु समेत पीडित परिवारलाई प्रदान गरेको वडा अध्यक्ष भरतबहादुर बुढामगरले बताउनुभयो ।

विदेशमा रोजगारीमा गएका सहयोगी मनका धनी मनकारी साथिहरुले पीडित परिवारलाई दुःख म पर्दा सान्तोना स्वरुप सहयोग सङ्कलन गरि पीडितलाई आर्थिक सहयोग राहत रकम हस्तान्तरण गरिएको हो । शिद्धपुजे परोपकारी संस्थाका (साबिकको भाबाङ–३) व्यक्तिहरुद्धारा संस्था स्थापना भएपनि पीडित परिवारहरुलाई सक्दो आर्थिक सहयोग गर्दै आएको वडा अध्यक्ष एवं विकास प्रेमी भरतबहादुर बुढाले बताउनुभयो । अग्नी पीडितहको आर्थिक सहयोगको निम्ति सिद्धपुजे परोपकारी सेवा समाज दोहा कतारको अध्यक्ष भगिरथ डाँगी आर्थिक संकलन अभियानका सहयोगी निकाय, पहल कर्ताहरुलाई धन्यवाद सहित सम्मान उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिकदलका प्रतिनिधि, वडाबासीहरुको उपस्थिति थियो । कार्यक्रम सिद्धपुजे परोपकारी सस्थाको कोषाध्यक्ष नन्न कुमार डाँगी अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन मन प्रसाद खत्रीले गर्नुभएको थियो भने स्वागत हरी डाँँगीले गर्नुभएको थियो ।

You may also like