रोल्पाको परिवर्तन गाउँपालिक पुत्लाचौरमा मा राष्ट्रिय प्रतियोगिता हुँदै, उद्घाटन मन्त्री बरालद्वारा


रोल्पा समाचारदाता
लिबाङ रोल्पा
कात्तिक १ गते

प्रतियोगिताको उद्घाटन गर्दै “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित नेपाल मार्शल आर्टस हाप्किडो संघको सहयोगार्थमा र रोल्पा मार्शल आर्टस् हाप्किडो संघको आयोजना तथा परिवर्तन गाउँपालिकाको मुख्य प्रायोजनाका लागि सहिद स्मृति मार्शल आर्टस हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता–२०७६ परिवर्तन गाउँपालिका केन्द्र पुत्लाचौर रोल्पामा आज उद्घाटन हुँदैछ । प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्नुहुने भएको छ ।
सो कार्यक्रमका लागि बराल, प्रदेश सांसद दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ बिहीबार साझ नै त्यस तर्फ नै जानुभएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतको अतथिहरु पनि त्यसतर्फ प्रस्थान गर्नु भएको छ । सो खेल आज र भोली २ दिनसम्म चल्ने आयोजकले बताउँदै त्यसको लागि सबै तयारी भई सकेको कार्यक्रम संयोजक यमुना घर्तीमगरले जानकारी दिनुभयो । कार्यक्रममा विगतको विभिन्न कालखण्डहरु एक दशक सशस्त्र द्वन्द्व, २०६२÷२०६३ को दोस्रो जनआन्दोलन लगायतका परिवर्तनकारी अन्दोलनहरुमा सहिद बन्नुभएकासहिदहरुको स्मृतिसँगै खेल क्षेत्रको विकास, विस्तारबाट समुन्नत राष्ट्र निर्माण अभियान सकार पर्नका लागि यो प्रतियोगिता आयोजना गरिएको बताउनुभएको छ । यस जिल्लामा यो प्रतियोगिता पहिलो पटक आयोजना हुँदैछ । यसमा सातै प्रदेश र एक आयोजक टिम गरी आठ ओटा टिम सहभागिता हुने भएको छ । यस खेल विशेष गरी यो खेल आत्मा रक्षाका लागि खेलिने खेल र खेल कोरियाबाट स्थापना भई हाल विश्वका विभिन्न देशहरुमा यसको प्रशिक्षण भईरहेको छ । कार्यक्रममा १२ बजे परिर्वन गाउँपालिको कार्यालय पुत्लाचौर, हुनेभएको छ । अतिथिहरुको मनतव्यको, खेलाडीहरुको प्रस्तुति लगायतकाका कार्यक्रम रहेको छ । खेलाडी तथा अतिथिहरुको सहभागिताले पुत्लाचौर यतिबेला निकै भिडभाड रहेको छ ।

You may also like