दोस्रो चरणको लागि रोल्पाका नेताहरु प्रदेशका अन्य जिल्लामा कृष्णबहादुर महरालाई विजयी बनाउनका लागि वर्षमान पुन लगायत अन्य नेता तथा कार्यकर्ताहरु दाङमा

 मानसिंह बिक
मंसिर ११ रोल्पा
मंसिर १० गते सम्पनन पहिलो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफूहरु र आफ्नो पार्टी नेकपा (माओवादी) केन्द्र र वाम गठबन्धनका उमेद्वारलाई मतदान गर्ने मतता एवं चुनावमा सरिक सबैलाई धन्यवाद उमेद्वारहरुले धन्यवाद व्यक्त गरेको छन् । रोल्पा जिल्लामा प्रतिनिधिसभाका उमेद्वार वर्षमान पुनमगरको प्रमुख आतिथ्यता बसेको रोल्पाका शिर्षस्थ नेताहरुको बैठकले रोल्पामा अपेक्षा अनुसार शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको निष्कर्ष निकालेको थियो । निर्वाचनको निष्कर्ष सहित रोल्पा जिल्लाका नेताहरुलाई प्रदेशभरी परिचालन गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका प्रदेश इन्चार्ज वर्षमान पुनमगर ‘अनन्त’ प्रदेशको कार्यालय दाङ


रोल्पा जिल्लामा संयुक्त वाम गठन्धनका प्रतिनिधिसभा सदस्यका उमेद्वार वर्षमान पुनमगर ‘अनन्त’ ले लोकतान्त्रिक गठबन्धनका अमरसिंह पुनलाई करिव २५ हजारमतले पछि पारी विजयी हुने निष्कर्ष समेत समिक्षा बैठकमा गरिएको छ । यस्तै रोल्पा क्षेत्र नं. १ मा वाम गगठबन्धका उमेद्वार कुलप्रसाद केसी ‘सोनाम’ ले लोकतान्त्रिक गठबन्धनका उमेद्वार शेरबहादुर महरालाई ५ हजार मतान्तरमा र २ नं. निर्वाचन क्षेत्रमा रोल्पा क्षेत्र नं.मा संयुक्त वाम गठन्धनका उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले लोकतान्त्रिक गठबन्धनका उमेद्वार खगेन्द्र प्रकाश हमाललाई करिव १० हजारको मतान्तरले जित्न सकिने समेत समीक्षामा निकालेको छ ।

गूरुलाइ वीजय बनाउन पूर्व सभामुख ओनसरी घर्तीमगर दाङ

 


रोल्पामा निर्वाचन सम्पन्न गरेपछि दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नका लागि रोल्पाका नेताहरु २० गतेसम्म नेताहरुले जिल्ला बाडफाड गरेका छन् । माओवादी केन्द्रका प्रदेश इन्चार्ज वर्षमान पुनमगर ‘अनन्त’ प्रदेशको कार्यालय दाङ जिल्ला, माओवादी केन्द्रीय कार्यालय सदस्य कुलप्रसाद केसी ‘सोनाम’ प्यूठान, पूर्व सभामुख ओनसरी घर्तीमगर दाङ, माओवादी केन्दका सचिवालय सदस्य एवं पाल्पाका पूर्व इन्चार्ज दिपेन्द्र पुनमगर ‘सिजल’ पाल्पा, माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य सिता आचार्य दाङ, समानुपातिक उमेद्वार हरीसरा घर्तीमगर दाङ, समानुपातिक उमेद्वार एवं दलित मुक्ति मोर्चाका ५ नं. प्रदेश संयोजक कर्मलाल परियार प्यूठान र माओवादी केन्द्र रोल्पाका नेता तथा कार्यकर्ताहरु रोल्पाबाट दाङ जाने भएका छन् ।

माओवादी केन्द्रीय कार्यालय सदस्य कुलप्रसाद केसी ‘सोनाम’ प्यूठान,

माओवादी केन्दका सचिवालय सदस्य एवं पाल्पाका पूर्व इन्चार्ज दिपेन्द्र पुनमगर ‘सिजल’ पाल्पा,


यस्तै अन्य रोल्पा जिल्लाका नेताहरुलाई राजनीतिक एवं शैक्षिक गुरु रोल्पाका अग्रज नेता कृष्णबहादुर महरालाई विजयी गराउनको लागि रोल्पाका सम्मपूर्ण कार्यकर्ता, वाइसिएल, विद्यार्थी लगायत सबैलाई प्रदेश इन्चार्ज वर्षमान पुनमगरले निर्देशन गर्नुभएको छ । सो निर्देशन पाएपछि रोल्पा जिल्लाका केन्द्रीय स्तरका नेता, जवस लगायत सबै जिम्मेवार व्यक्तिहरुको दाङ घोराहीमा जाने भएका छन् ।
आफ्नो जिल्लाबाट दाङबाट उमेद्वार दिएपनि कृष्णबहादुर महरालाई विजी गराउनको लागि दाङको घोराहीमा अत्याधिक रोल्पाली बसेकोले रोल्पाली मतदाताहरुलाई साइनो एवं राजनीतिक हिसावले पनि महरा लगायत वाम गठबन्धनका सबै उमेद्वारलाई विजयी बनाउनको लागि सबै आफ्नो व्यवस्थापनमा दाङ झर्ने भएका छन् ।

You may also like