सामजिक तथा मानवीय सेवाको हात फैलाउने एक साझा सामाजिक संस्था हो ।


१. रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको तर्फबाट हजरलाई हार्दिक स्वागत गर्दै हजुरको परिचय बताइदिनका लागि हार्दिक अनुरोध गर्दछु ।
धन्यवाद सम्पादक ज्यू मेरो नाम नरेन्द्र जी.सी. हो । मेरो घर लुङ्ग्री गाउँपालिका–४ सालडाँडाँ हाल रोजगारीको शिलसिलामा विगत ६ वर्षदेखि साउदी अरबको Panda Super Market मा कार्यरत छु ।
२. हजुर अहिले कुन कार्यमा व्यस्त हुनुहुन्छ, नि अध्यक्ष ज्यू ?
हजुर सर पहिलो करा त् कम्पनिको काम नै र दोस्रो कुरा कम्पनिको काम अलवा बचेको समयलाई दिलबहादुर घर्तीमगरको उद्वार निम्ति आवश्यक ब्लड मनी संकलन अभियान र संस्थाको बारेमा सदस्यहरुसँग छलफलमा नै समय बितिरहेको छ ।
३. साउदी अरबमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज किन गठन गर्नुभयो ?
एकदम राम्रो प्रश्न गर्नु भयो, हाम्रो प्यारो देश नेपालको रोल्पा जिल्लामा जन्मिएर रोल्पा जिल्ला मै वा देशका बिभिन्न स्थान वा बिभिन्न देशमा रोजगार वा अन्य कुनै ब्यवसाय गर्न पुगेका रोल्पालीलाई सङगठित गर्न, स्वदेश तथा विदेशका हरेक कुनामा छरिएर रहेका सामाजिक र मानव सेवा गर्न इच्छुक भएका तमाम रोल्पालीलाई सङगठित गर्दै रोल्पा र रोल्पालीको समृद्ध विकास र हितमा जोडन आवश्यक ठानिएकाले, स्वदेश तथा विदेश जहाँ त्यही रहेपनि रोल्पा र रोल्पालीको चिन्ता गर्ने र देशका अन्य ठाउँका नेपाली दाजुभाइ दिदीबहिनीको पीडा, अभाव र समस्यामा महल पत्ति लगाउन, भाइचारा, मानवता , सद्भाव र प्रेम प्रकट गर्न र सामजिक तथा मानवीय सेवाको हात फैलाउन एक साझा सामाजिक संस्थाको रुपमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज नेपाल गठन गर्दै प्रत्येक देशमा रहेका रोल्पालीलाई सङगठित गर्न जो कोहीलाई आइपर्ने समस्याको पहिचान गरी समस्याको समाधान गर्नको लागि सहज र सजिलो होस् भनि प्रत्येक देशमा संस्थाको शाखा गठन गर्नुपर्ने आवश्यक भएको कारण अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा साउदी अरब गठन गरिएको हो ।
४. कुन लक्ष्य, उद्वेश्यका साथ यो समाज दर्ता गर्नुभयो ?
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मुनाफारहित जनहितकारी सामाजिक संस्था हो । रोल्पामा जन्मिएर नेपालका बिभिन्न स्थान तथा विदेशका हरेक कुनामा छरिएर रहेका सम्पूर्ण रोल्पालीलाई गोलबन्द गरी सामाजिक र मानवीय सेवाका कार्यमा अभिप्रेरि गर्ने, रोल्पालीको सेवा भावलाई गोलबन्द गर्ने, वैदेशिक रोजगारीका क्रममा आपत विपतमा परेकालाई सहयोग पु¥याउने, रोल्पा जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका क्षेत्रहरु कला, सांस्कृति, धर्म, भाषा र भेषभुषाको प्रवर्धन र संरक्षण गर्न सहघाउने, शिक्षा, स्वास्थ्य, सञ्चार र खानेपानि लगायतका अति आवश्यक सेवा सुविधाबाट बञ्चित अति विपन्न रोल्पालीको सेवामा कार्य गर्ने, एतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै ति सम्पदाहरुलाई विश्व सामु चिनाई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पु¥याउने, सामाजिक र मानव सेवा पुग्ने सार्वजनिक संरचना र विकास पूर्वाधार निर्माण गर्ने, वैदेशिक रोजगारीमा जाने रोल्पालीलाई अभिमुखीकरण गरी सचेतना ल्याउने, जिल्लालामा रहेका विकृती विसङगति हटाउन युवाहरुलाई कुलतबाट जोगाउन र सामाजिक कार्यमा जन सहभागिता गराउने गरी चेतनामुलक कार्य गर्ने, विदेशमा अलपत्र परेका, जेल परेमा र मृत्यु भएको खण्डमा नेपाल झिकाउन नेपाल सरकार, परराष्ट्र« मन्त्रालय र विदेशी राजदुताबाससँग आवश्यक पहल गरी सेवा गर्ने, विदेशमा आइपर्ने समस्याको पहिचान गरी सहयोग गर्ने, बाढि–पहीरो, आगालागी लगायतका प्राकृतिक प्रकोप वा महामारी जस्ता समस्यामा परेका पीडितलाई आवश्यक सहयोग गर्ने लगायत अन्य साना ठूला जस्तो सुकै समस्यामा परेका रोल्पाली तथा नेपालीलाई सहयोग गर्ने उद्वेश्यका साथ अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज गठन गरिएको हो ।

सामाजिक संस्थाको रुपमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज नेपाल गठन गर्दै प्रत्येक देशमा रहेका रोल्पालीलाई सङगठित गर्न जो कोहीलाई आइपर्ने समस्याको पहिचान गरी समस्याको समाधान गर्नको लागि सहज र सजिलो होस् भनि प्रत्येक देशमा संस्थाको शाखा गठन गर्नुपर्ने आवश्यक भएको कारण अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा साउदी अरब गठन गरिएको हो ।

५. विदेशी भूमिमा सेवा समाज, संस्था परिचालन गठन गर्न कति कठीन छ ?
हाम्रो देश नेपाल जलस्रोतमा विश्वको बार्जिल पछिको दोस्रो धनि देश हो । नेपाल सम्भावनै सम्भावनको खानि भएको देश हो । स्वदेशमा नै रोजगारीको वातावरण सिर्जना गरी लाखौ विदेशिएका युवालाई स्वदेशमा फिर्ता गर्न सकिन्छ तर राजनीतिक खिचातानी, अस्थिर सरकारका कारण आज हामी आफ्नो र परिवारको रोजीरोटीका लागि लाखौ युवा युवती विदेशका हरेक कुना–कुनामा रातदिन पसिना बगाई रहेका छौ । यसको अलवा पनि आफ्नो देश समाजको लागि केहि गर्नु पर्छ दुःख पीडामा परेका एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु पर्छ भन्ने उद्वेश्यका साथ विदेशका जुन सुकै कुनामा रहेर पनि टोल, वडा, जिल्ला स्तरीय सामाजिक संघ संस्था, क्लवहरु गठन गर्दै आफ्नो साना तिनो समस्यालाई मासिक तलबबाट केहि रकम छुटाएर मासिक संस्थामा जम्मा गर्दै टोल समाज गाउँको लागि उदाहरणनीय कामहरु गरेका उदाहरण तपाई हाम्रो सामु ताजै छन् । विभिन्न देशको आ–आफ्नै नियम कानुन हुन्छ । हामी जुन देशमा छांै त्यही देशको नियम कानुन भित्र रहेर काम गर्नुपर्ने हुन्छ । कम्पनिको समय तालिका अनुसार डिउटी गर्नुपर्ने हुन्छ । दिउतिको समय कसैको ८ घण्टा हुन्छ, कसैको १२ घण्टा, कसैको रातको समय कसैको दिउँसोको समय । जति हामी कल्पना गर्छौं सोच्छौ त्यति सजिलो छैन विदेशमा संघ संस्था कल्व गठन गर्ने तर पनि हामी नेपालीहरुले हरेक चुनौतीहरुको सामना गर्दै आफ्नो गाउँ समाज देशको लागि केहि गर्नु पर्छ भनेर आफ्नो छुट्टीको समयलाई सदुपयोग गर्दै हरेक संघ संस्थामा आबद्ध भइ विदेशमा दुःख पीडामा परेका नेपालीहरुलाई उद्वार गर्ने तल्लिन छांै । सयौं दःुखमा परेका नेपालीलाई उद्वार गरी स्वदेश फिर्ता गर्ने हामी नेपालीहरु सफल भएका छौं । सायद आजको दिनसम्म हामी नेपालीहरु विदेशको कुनामा रहेर बिभिन्न नामका संघ संस्था क्लव गठन गरी एकतावद्ध हुँदैन थियांै भने आजसम्म सयांै युवा युवतीहरु विदेशका काल कोठरी जेलहरुमा सड्नु हुन्ठेयो होला भने आजीवन काराबस हुनु पर्थेयो होला । यति भनि रहँदा अहिले विदेशका जेलमा कोहि पनि छैन सबैको उद्वार संघ संस्थाले गरी सक्यो भन्ने अर्थ लाग्ला तर यो हैन अझै हजारौ नेपालीहरुले विदेशमा दुःख पाई राख्नु भएको छ । अझै कयांै नेपाली जेल जीवन बिताउन बाध्य हुनु हुन्छ कयौंैको उद्वार गर्न बाँकि छ ।
६ .सेवा समाजको पदाधिकारी बारे बताई दिनुस न ?
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज नेपालको केन्द्रीय समिति गठन लगतै मेरो नरेन्द्र जी.सि.को संयोजकमा २०७५ फाल्गुन २४ गतेका दिन अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा साउदी गठन गरी ३७ सदस्य पदाधिकारी चयन गरियो । जस अन्तर्गत संस्थाका उपसंयोजक राजन खड्का, सह–संयोजक किसन पुन, महासचिव चन्द्र प्रकाश पुन, सचिव महेन्द्र घर्तीमगर, सह सचिव झनबहादुर बिष्ट, कोषाध्यक्ष दोय भिम बुढामगर, सह–कोषाध्यक्ष रमेश घर्ती सहित संस्थाका सदस्यहरुमा अर्जुन बुढा, हरि, क्षीतिज मगर, भिमबहादुर बुढा, दीपक थापा, लालबहादुर ओली, बेगम रोका, मानबहादुर बि.क, इन्द्र मगर, अमृत रोका, कलमान सिंह राना, विजय खड्का, अमर आग्री, विकास मगर, रेगम खड्का, सुन्दर रोका, खिमबहादुर बि.क.लाई रहनुभएको छ भने त्यसै गरी संस्थाका प्रमुख सल्लाहकार रुकमान रामजाली, प्रमुख सल्लाहकार दिपक सिंह थापा, कानुनी सल्लाहकार खिमबहादुर थापा, आर्थिक सल्लाहकार बेगम जी.सी, सूचना सल्लाहकार पुष्प किरण डाँगी संस्थाका सल्लाहकारहरु मानबहादुर राना, टेकबहादुर घर्ती, रमेश बुढामगर, पदम घर्ती, मदन गिरी, तिलक राज घर्ती रहनुभएको छ ।
६. विदेशी भूमिमा कसरी समय व्यवस्थापन गर्दै समाज अगाडि बढाउँदै हुनुहुन्छ ?
पक्कै पनि विदेशमा हामीले चाहे अनुसारको अनुकूल समय मिल्दैन तर पनि कामको अलवा बचेको समय र हप्तामा कम्पनिबाट १ दिन पाउने छुट्टीलाई संस्थामा नै सदुपयोग गर्दै समयको ब्यबस्थापन गर्दै संस्थाको लागि ।
७. आर्थिक पक्ष कसरी व्यवस्थापन गर्दै आउनुभएको छ ?
संस्थाको आर्थिक स्रोत नै संस्थाका सदस्यहरु हुन् । सदस्यहरुबाट मासिक लेबी जम्मा गरी समाजलाई आवश्यक पर्ने आर्थिक व्यवस्थापन गर्दछौं ।
८. ‘दिलबहादुर बचाऔं’ अभियानमा सेवा समाजले हालसम्म कति रकम संकलन गरेको छ ?
हामी यो समयसम्म आउँदा साउदी अदालतले दिलबहादुर घर्तीमगरको ७५ प्रतिशत गल्ति देखाउँदै नेपाली करिव ६५ लाख ब्लड मनी फैसला गरेको अवस्थामा ब्लड मनी संकलनकै अभियानमा नै छौं हामी पनि यो अभियानकै चरणमा हुँदा अन्तर्राष्ट्रिय सेवा समाज साउदीले हालसम्म ६ लाख ५० हजार देखि ७ लाखको हाराहारीमा संकलन गरेको छ । अबको केहि दिनमा नै हामी संकलित रकमलाई जम्मा गरी केही दिनमा नै वास्तविक रकम संकलन भएको भनेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने योजनामा छौं ।
९. संकलित रकम कसरी हस्तान्तरण गर्ने तयारी गर्नुभएको छ ?
हामीले यहि मिति असार २२ गते शुक्रबारका दिन पत्रकार समेलन गरि सेवा समाज साउदी अरबले दिलबहादुरको लागि सहयोग संकलित रकम साउदीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्ने छौं भने संकलित रकम संस्थाको केन्द्रमा बुझाउने छांै र यसैगरी अन्य देशमा संकलित रकम पनि केन्द्रमा जम्मा गर्दै केन्द्रले एकमुस्ट सहयोग निम्ति संकलित रकम सरकारका विशिष्ट ब्यक्ति, पत्रकार, पीडित परिवारलाई राखी एक मुस्ट रकम पीडितको परिवारलाई हस्तान्तरण गर्ने तयारीमा छांै ।
१०. घर्तीलाई जेलमुक्तको निम्ति सहयोग गर्नुहुने सम्र्पूण सहयोगी मनहरुलाई के भन्नु हुन्छ ?
विगत केहि वर्षदेखि ब्लड मनीको अभाबमा साउदी अरबमा जेल जीवन बिताइरहनु भएका दिलबहादुर घर्तीमगरलाई जेल मुक्तको लागि अहोरात्र समय दिएर सहयोग अभियान चलाउनु हुने सम्पूर्ण देश विदेशबाट लागि रहनु भएका विभिन्न संघ संस्था, राजनीतिक दल, सामाजिक अभियान्ता लगायत व्यक्ति नेपाली दाजुभाइ दिदीबहिनीलाई यस अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज परिवारको तर्फबाट हार्दिक धन्यवाद साथै सेवा नै धर्म हो भन्ने भनाइलाई मनन गर्दै देश विदेशबाट आ–आफ्नो ठाउँ स्तरबाट सहयोग गरिदिनु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी बुबाआमालाई हार्दिक आभार प्रकट गर्दछौं र आउने दिनहरुमा पनि सहयोगको अपेक्षा गर्दछौं ।
११. सेवा समाजको तर्फबाट अझै सहयोगी मनहरुलाई थप के अनुरोध गर्नु हुन्छ ?
देश विदेशमा रहने हामी नेपालीहरुले एक अर्कामा आइपर्ने दःुख पीडामा सहयोग गर्दै आएका छौं र आगामी दिनहरुमा पनि यस्तै यस्तै एकता र सहयोगको अपेक्षा संस्थाले गर्दछ ।
१२. ‘दिलबहादुर बचाऔं’ अभियान्ताका अन्य अभियान्ताहरुसँग समम्पर्क गर्नुभयो ?
‘दिल बहादुर बचाऔं’ अभियानका अन्य अभियान्तहरुसँग चिर परिचत छु तर साउदीको भौगोलिक बनावटको कारणले हामी अभियान्त बीच प्रत्यक्ष भेटघाट भएर छलफल भलाकुसारी त भएको छैन तर अन्य चिर परिचित अभियान्तहरुसँग फोन मार्फत लगायत अन्य सामाजिक सञ्जाल मार्फत छलफल भलाकुसारी भई राखेको छ ।
१३. नेपाली महिला आफ्नो श्रीमान जेलमुक्तको निम्ति सहयोगको हातहरु खोज्दै गरेको पीडायी अवस्थालाई कसरी नियाल्दै हुनुहुन्छ ?
पहिलो कुरा त हाम्रो देशमा सम्भावना नै सम्भावानको खानि भएर पनि रोजगारीको वातावरण सिर्जना नहुनु नै आज दिन प्रतिदिन १५ सय २ हजारको हाराहारीमा परिवारको रोजीरोटीको खोजीमा युवा पलायन हुनु र विदेशमा आइसकेपछि हरेक दुःख पीडा भोक्नु र अर्को कुरा विदेशमा आइसकेपछि दःुख पीडामा परेका, जेलमा परेका, कुनै कारणबस मृत्यु भएकालाई आफ्नो देशमा फर्काउन हाम्रो सरकारले चाँसो नदिनु, राजनीतिक दलका प्रतिनिधिहरुले आवश्यक पहल नगरी दिनु, विदेशमा रहेका नेपाली कूटनीतिक नियोगले आवश्यक पहल नगरी दिनु नै विदेशमा दुःख पीडामा परेका परिवारले आफ्नो विदेशमा पीडामा परेको परिवारको उद्वार गरिदिन सहयोगको अपेक्षा गर्दै सिंगो समाज सिंगो नेपाली मजदुरी कहा आउनु हुन्छ तर वास्तवमा आफ्नो नागरिकको उद्वार गर्ने कर्तब्य सरकारको हो । हाम्रो देशको सरकारको त्यति ईच्छा शक्ति कहाँ नै छ र तर हामी नेपाली हौ एकले अर्काको दुःख पीडा बुझ्ने र सहयोग गर्ने । लाखौ मजदुरले आज हजारौ पीडामा परेका नेपालीलाई उद्वार गरेको धेरै उदाहरण छन् । मेरो देशमा दुःख पीडामा परेका, गरिब दिन दुःखीको, रोगीको, मजदुरी गरेर परिवारको रोजीरोटी टार्नेको लागि सरकार छैन यहि महसुस हुँदै छ ।
१४. ‘दिलबहादुर बचाऔं’ अभियानले घर्तीलाई जेलमुक्त बनाउन सकिन्छ ?
‘दिलबहादुर बचाऔं’ अभियानमा साउदी अदालतले फैसला गरेको नेपाली करिव ६५ लाख ब्लड मनी पूरा गरि नेपाल सरकारको वैदेशिक रोजगारीसँग सम्बन्धित निकायलाई बुझाइ र नेपालको सम्बन्धित निकायबाट साउदीको सम्बन्धित निकायमा रकम पुगी सकेपछि दिलबहादुर जेल मुक्त हुनको लागि कानुनी प्रकिया सुरु हुन्छ । कानुनी प्रकिया मिलाउँदा केहि समय ढिलो चाँडो हुनु आफ्नो ठाउँमा छ तर दिल बहादुर जेल मुक्त हुनु हुन्छ ।
१५. वैदेशिक रोजागरीमा विदेशिने जिल्लाबासी र समग्र नेपालीहरुलाई के भन्नु हुन्छ ?
विदेशमा नै न आउनुस् म भन्नै सक्दैन किन कि हा
म्रो देशमा रोजगारीको लागि पर्याप्त वातावरण नै सिर्जना भएको छैन तर विदेश आउँदा सबभन्दा पहिला यो कुरा बुझ्न जरुरी छ कि म कुन देशमा जादै छु, त्यो देशको नियम कानुन, आफु आउने कम्पनिको बारे, के कस्तो हो काम के हो मासिक तलब कति हो । म त्यो देशमा गइसकेपछि मैले त्यहाँको कानुन अनुसार मैले के गर्नुपर्छ र के गर्नु पर्दैन बुझ्न अति आवश्यक छ र विदेश आइसकेपछि देशको कानुनले बञ्चित गरेका क्रियाकलाप गर्नु हुँदैन । सकभर सीपमुलक काम सिकेर आए पछि राम्रो हुन्छ ।
१६. अन्तिममा पत्रिका मार्फत केही भन्नु हुन्छ ?
विशेष धन्यवाद तपाईलाई आज मलाई यो रोल्पालीको लोकप्रिय पत्रिकामा मेरो २ र ४ शब्द राखी दिने मौका दिनु भयो । आज हामी आफ्नो र परिवारको आय आर्जनको लागि ३० हजार रोल्पालीहरु विभिन्न देशको विभिन्न ठाउँमा छरिएर रहेका छौं । हाम्रो अगाडि धेरै समस्या र चुनौतीहरु छन् ति समस्या र चुनौतीहरुलाई पहिचान गर्दै अगाडि बढेको खण्डमा सम्भावानहरु चुम्ने छांै । यहाँ असम्भ केहि छैन हामी आत र विश्वासका साथ अघि बढ्दै शान्ति र समृद्ध नमूना रोल्पा निर्माण अभियानमा एकताबद्ध हुन् म देश विदेशमा छरिएर रहेका सम्पूर्ण रोल्पाली दाजुभाइ दिदीबहिनी आमाबुबालाई हार्दिक अपिल गर्दछु । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज राजनीतिकरहित विशुुद्ध तपाई हाम्रै साझा सामजिक संस्था हो । विदेश त् प्रवासमा रहेका रोल्पालीहरु संस्थामा एकताबद्व हुन् म पुनः अनुरोध गर्दछु साथै अहोरात्र खटिएर संस्थालाई वैधानिक बनाउनु हुने संस्थाका केन्द्रीय संयोजक सन्दिप थापा ज्यू, संस्थाका केन्द्रीय महासचिव लेख प्रसाद रोका ज्यू लगायत रोल्पा लिबाङमा रहनु हुने सल्लाहकार ज्युहरु, पत्रकार ज्युहरु लगायत संस्थालाई दर्ता गर्दा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै दिलबहादुर घर्तीमगर अभियानमा अहोरात्र खटिएर सहयोग अभियान चलाउनु हुने मेरा सम्पूर्ण सहयोगी मित्रहरु तथा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीका पदाधिकारी ज्युहरु, सल्लाहकार ज्यूहरु लगायत सम्पूर्ण सदस्य मित्रहरुलाई विदेश धन्यवाद साथै सम्पूर्ण सहयोगी हातहरुलाइ हार्दिक आभार सहित धन्यवाद ।

You may also like