जनवादी गायिका सिता आचार्य पनि प्रदेश सभा सदस्यको उमेद्वारी

जनवादी कलाकार जसले विगतको आमूल परिवर्तनमा गीत संगीतको माध्यमबाट जनतालाई तत्कालीन राज्यसत्ताको विरुद्धमा धावा बोल्नका लागि प्रेरणा प्रदान गर्दै जागरण अभियानमा लागेका थिए । त्यही अभियानका अभियान्ता सिता आचार्य पनि एक अभियात्री हुनुहुन्छ । उहाँले करिव २०५१ सालबाट जलजला साँस्कृतिक परिवार हुँदै केन्द्रीय सामाना टोलीको नेतृत्व गर्दै जनयुद्ध र शान्तिकालीन समयमा गीत संगीतबाट आफ्नो भूमिका पूरा गर्दै अहिले नेकपा (माओवादी केन्द्र)का पोलिट व्यूरो सदस्य एवं रोल्पा जिल्ला सह–इन्चार्जको जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ । हाल प्रदेशसभाका सदस्यका उमेद्वार बन्नु भएको छ । उहाँ जनवादी गीतहरुमा ‘शहीदहरु हासी रहेको बोलीरहेको मैले पाए निलो अक्षरमा गैरीगाउँको बजारमा शहीद गेटैमा” भन्ने गीतबाट शान्तिकालीन समयमा बढी चर्चा कमाउनुभएका आचार्यसँग सम्पादक मानसिंह बिकले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।

तपाईको परिचय बताई दिनुहुन्छ कि ?
म २०३२ साल पौस ६ गते जन्मेको हु । रोल्पा जिल्लाको साविक लिबाङ ६ निवासी हुँ ।
तपाई कहिले देखि राजनीतिकमा लाग्नुभएको हो ?
म सानै उमेरमा राजनीतितर्फ उद्धत भएको हो । खास गरी २०४६ सालको परिवर्तनको आन्दोलनपछि २०४७ साल बैशाख १८ गते र्सयुक्त बाम मोर्चाको कार्यक्रमबाट म बाम राजनीतिमा सहभागी भएको हु । राजनीतिक चेनासँगै साँस्कृतिक कार्यक्रममा पनि प्रगतिवादी गीत संगीतले मलाई प्रभावित बनायो । मैले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनमा आवद्ध भएको थिए । साथै जलजला परिवार रोल्पामा पनि आवद्ध भई रोल्पा जिल्लाका विभिन्न स्थानमा साँस्कृतिक कार्यक्रम गरेर अगाडि बढेको थिए ।
साथै २०५१ सालमा पार्टी सदस्यता प्राप्त गरेको हुँ । २०५५ सालमा पार्टी एरिया समिति सदस्य भई रुकम जिल्लामा कार्य क्षेत्र लिएर गएको थिए । २०५७ साल मंसिर देखि जिल्ला समिति सदस्य भएर रुकुम जिल्लाबाट भेरी कर्णाली अन्तर्गत दैलेख जिल्लामा सरुवा भएको थिए । कहिले सांगठनिक र कहिले साँस्कृतिक मोर्चाबाट राजनीतिक भूमिका पूरा गरेको छु । २०५८ सालमा भूगोल पार्टीबाट कलाकार मोर्चाको जिम्मेवारी पाएको थिए । त्यस अन्तर्गत भेरी कर्णाली क्षेत्रीय टोलीको सह–संयोजक त्यसको ४ महिना पछि संयोजकको जिम्मेवारी पाएको थिए ।
२०५८ सालको शान्ति वार्तापछि पार्टीको दोस्रो राष्ट्रिय सम्मेलबाट जनसाँस्कृतिक संघको केन्द्रीय सदस्य भएर काम गरेको थिए । सँगै साँस्कृतिक संघको संयोजक र त्यसैवलो कलाकार टिम भित्रको पार्टी कमिटिको जिल्ला सेक्रटरीको भूमिका पूरा गरेको थिए । जसको इन्चार्ज माया प्रसाद आचार्य (पारणमणी) हुनुहुन्थ्यो ।
साँस्कृतिक मोर्चाकै निरन्तरतामा अखिल नेपाल जनसाँस्कृतिक संघ महासंघ बनेको थियो त्यसको पनि केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर केन्द्रीय सचिवालय सदस्यमा काम गरेको थियो । पार्टीले साँस्कृतिक मोर्चालाई अझै घनिभूत बनाउँदै गरेको बेलामा केन्द्रीय सामाना टोली गठन गरियो । त्यस परिवारको केन्द्रीय सह–संयोजकको रुपमा रहेर काम गरेको थिए ।
त्यसैगरी २०६३ सालमा देखि केन्द्रीय सामाना टोलीको सह– संयोजकको काम गर्दै अखिल नेपाल जनसाँस्कृतिक संघ महासंघको केन्द्रीय उपाध्यक्ष साथै अखिल नेपाल जनकलाकार संघको पनि उपाध्यक्षको रुपमा काम गर्दै पार्टीले दिएको जिम्मेवारी पूरा गरेको थिए ।
पार्टी पछिल्लो चरणमा शान्ति प्रक्रियामा आएको थियो । त्यस पछि २०६५–०६६ देखि सामाना टोलीबाट नै महासंघ, जनकलाकार सँंघमा जिम्मेवारी निर्वाह सँगै ललित पुर जिल्लाको पार्टीको सह–इन्चार्ज तथा पार्टी क्षेत्रीय व्यूरो सदस्यको भूमिका पुरा गरेको थिए ।
पछिल्लो चरणमा २०६९ देखि ७० सम्म काठमाण्डाँै जिल्लाको जिम्मेवारी सँगै पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पूरा गर्दै आएको थिए । पार्टीको विभिन्न निकायमा काम गर्दै ३०७३ सालबाट पार्टीको पोलिट व्यूरा सदस्य तथा रोल्पा जिल्लाको सह–इन्चार्जको रुपमा काम गर्दैछु ।
तपाई धेरै स्थानमा पार्टीले दिएको जिम्मेवारीलाई निर्वाह गर्नुभयो किन एउटै मोर्चाबाट अगाडि बढेको भएपछि त यतिबेला यस भन्दा पनि माथिल्लो निकायसम्म पुग्नु हुन्थ्यो होला त ?
हामी पार्टी र क्रान्तिको लागि हामीले जे जिम्मा दिन्छ त्यही गर्नुपर्दछ । मलाई पार्टीले जे जिम्मा दियो त्यही गर्दै आएको छु । भविस्यमा पनि म त्यही गर्दछु ।
तपाई समानुपातिक उमेद्वार पनि पर्नुभएको छ त ?
मलाई पार्टीले योगदानको उच्च मूल्याङ्कन गरेको छ । मैले हालसम्म गरेको योगदानको कदर भएको महसुस गरेको छ । जहासम्म लाग्न पछि पठाउने बेलामा पनि मिलाएर पठाउँछ मैले यस पटक जनताको सेवा गर्न पाउने छ ।
नेकपा (माओवादी) केन्द्र) लाई भोत किन ?
१० वर्षको जनयुद्धमा हामीले वलिदानीपूर्ण इतिहासबाट क्रान्तिको सूरुवात गरेका थियौँ । ति सबै उपलब्धीहरु पूरा गर्न केही क्रान्तिका अभिभारा वाँकी नै छन् । त्यही क्रान्तिका अभिभारा पूरा गर्नका लागि अनि हाम्रो पार्टीको नेतृत्वमा भएका क्रान्तिको उपलब्धीहरु गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी, समानुपातिक लगायतका विषयलाई लक्ष्यसम्म पु¥याउनको लागि र महिलाहरुलाई पनि राज्यसत्तामा पु¥याउनको लागि नै गोलाकारभित्रको हसियाँ हथौडामा मतदान गरी विजयी बनाउनु हुनेछ भन्ने आशा गरेको छु । सम्पूर्ण जनतालाई महिला, दलित, जनजाती, मधेशी लगायत सबैप्रकारका उत्पीडनबाट मुक्ति पाउनको लागि माओवादी केन्द्रलाई विजयी बनाउनको लागि हार्दिक अनुरोध गर्दछु ।

You may also like