उवाबाट पनि मत पेटिका लियो हिलिकप्टरले

मानसिंह बिक
रोल्पा १२ मंसिर
मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निवानको मतपेटिका सुरक्षा सम्वेदनशिलता मानिएको रोल्पाको पूर्वी उत्तरी उवाको मत पेटिका आज विहान लिबाङ लिएको हो ।
११ गते हिलिबाटै रोल्पाको मुख्य निर्वाचन अधिकृत कार्यालयमा लिने भने पनि अवेर भएपछि मौमम प्रतिकुलता भएकोले १२ गते विहान ७ः३० बजे लिबाङ लिइएको हो । उवाबाट मत पेटिका सहित सुरक्षा निकायको सम्पूर्ण टिम, कर्मचारी लगायत सबैलाई हिलिबाटै खडगदल गणमा उतारिएको थियो । बैकल्पिक बाटो नएकोले हिलीको प्रयोग गर्नु परेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो ।
अब रोल्पा जिल्लाका ८० मतदान स्थल र १६० मतदान केन्द्रका सम्पूण मत पेटिका आई सकेको निर्वाचन अधिकारी लिलु गिरीले बताउनुभयो । मट पतपेटिका राख्ने स्थान र घरलाई सबै राजीतिक दलहरुको सहभागितामा समेत रेखदेख गर्ने मुख्य निर्वाचन अधिकृत बाबुदेवलाल श्रेष्ठले बताउनुभयो ।


मंसिर २१ गते साँझबाटमात्रै मत गणना हुने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । अब सबै राजनीतिक दलहका नेताहरु अब आफ्ना प्रतिनिधि समेत राख्ने भएका छन् । सुरक्षाको निकायले कडा सुरक्षाको साथमा राखिने पनि सुरक्षा निकायले बताएको छ । य
हिजो मौसम प्रतिकुलताको कारणले पूर्वी रुकुमको मतपेटिका पनि लिबाङ लिइएको थियो आज विहान ८ बजे रुकुमकोट पु¥याएको समेत सुरक्षा निकायले बताएको छ ।

You may also like