रोल्पा उवाको मत पेटिका अझै उवामै

रोल्पा समाचारदाता
मंसिर ११ रोल्पा


प्रतिनिधि र प्रदेशसभाको निर्वाचन ३२ जिल्लामा मंसिर १० मा सम्पन्न भएको छ । सुरक्षा सम्वेदनशिलता मानिएको रोल्पाको पूर्वी उत्तरी उवाको मत पेटिका अझै उवामै छ । सडक सञ्जाल नपुगेको उवाबाट अभै मुख्य निर्वाचन कार्यालय लिबाङमा आउन नसकेको हो ।

बमहरु निरन्तर पड्केको भएपनि रोल्पाका सबै मतदान केन्द्रमा मतदान भएको थियो । रोल्पा जिल्लाको ५५.०९ मतदान भएको थियो । १ लाख २७ हजार ६२९ मध्ये ७० हजार ११८ मतदान गरेका थिए । अन्य सबै स्थानको मतपेतिका रोल्पा जिल्लामा आई सकेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो । उहाँको अनुसार उवालाई सुरक्षा र भौगलिक विकटताका कारणले सोमबार नै लिनका लागि केही समस्या भएकोले हिलिकप्टरबाट लिन खोज्दा पनि मौसम प्रतिकुलता र अध्यारो भएकोले गर्दा लिन नसकिएको मंगलबार विहान ७ बजेभन्दा मौसम अनुकुलता भएमात्रै लिने बताउनुभायो । आज सुरक्षाको उच्च जोखिम र बैकल्पिक सडक नभएको थबाङ, पूर्वी रोल्पाका भित्री गाम र बाहिरी गामको हिलिकप्टरबाट लिबाङ लिएको थियो । मतपेटिका सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतलाई समेत लिइएको थियो । रोल्पाको सबैभन्दा दुर्गममा मतदान गराएर सम्पन्न गरेकोमा राज्यले आपूmलाई दिएको जिम्मेवारी पूरा गरेको मतदान अधिकृत टंक कवरले बताउनुभयो ।

You may also like