कुहिरोका कारण हवाई उडानमा समस्या

NAC_planeकाठमाडौं ६ पुस । काठमाडौ उपत्यकामा बाक्लो कुहिरो लागेर मौसम धुम्मिएपछि हवाई उडानमा समस्या आएको छ । बढ्दो वायु प्रदूषणले देशभर अत्याधिक मात्रामा चिसो बढेको मौसमविदहरुले बताए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विहान ६ बजेसम्म भिजिबिलिटी ५ सय मिटर पनि नभएको भन्दै विहान १०÷११ नबजेसम्म उडान हुन नसक्ने मौसमविद मिनकुमार अर्यालले बताएका छन् । उनले हिउँदे झरी विगतका वर्षहरुको तुलनामा ढिला भएको र तत्काल पानी पर्ने सम्भावना नरहेकाले चिसो अझै बढ्नसक्ने सम्भावना रहेको बताए ।
पानी नपर्दा मौसम सफा नभई वायुमण्डलमा सुर्यको किरण छेकिदा पानी परेर वायुमण्डल सफा नभए सम्म अझै चिसो बढ्ने मौसमविद अर्यालले बताए । मौसमविदका अनुसार डिसेम्बर २२ देखि दिन छोटा हुँदै जाने भएकाले चिसो झन् बढ्ने र हाल काठमाडौ न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको बताए ।

You may also like