रोल्पा समाचारदाता
कोर्चाबाङ, रोल्पा
भाद्र ५
रोल्पामा अविरल वर्षासँगैै आएको बाढीले ३ वटा  सिचाई आयोजनामा पूर्ण क्षति पु¥याएको छ ।
रोल्पाको कार्चाबाङ–७ मिसिडाँडामा रहेको ३ ओटा ंिसचाई आयोजनामा बाढीले क्षति पु¥याएको हो । बाढीले मिसिडाँडामा रहेको सिल्बाङ खोला साना सिचाई आयोजना, ठूलोखोला साना सिंचाई आयोजना र १० घर साना सिंचाई आयोजना बगाएको स्थानीयले बताएका छन् । हिउँदको समयमा तरकारी, फलफूल तथा विभिन्न प्रकारका घरायसी उत्पादनका लागि प्रयोग गरिने सिंचाई आयोजनालाई नै बाढीले बगाइदिएपछि चिन्तित भएका छन् । गाउँमा सिंचाईको आवश्यक भएपछि लामो समयसम्मको आफूहरुको निरन्तर दवाब  र मागबाट सिचाई आयोजनाको निर्माण भएकोमा फेरि अहिले बाढी पूर्ण रुपले बगाइदिएपछि सिचाइ गर्न स्थानीयलाई कठिन हुने समाजसेवी एवं मा.वि. मिसिडाँडाका प्र.अ. सुवबहादुर बुढामगरले बताउनुभयो । उहाँले मर्मत गर्नका लागि निकै समस्या हुने समेत जानकारी गराउनुभएको छ । बाढीले आयोजना बगाउँदा अनुमानित करिब ७ लाख बराबारको क्षति भएको बताईएको छ ।
सो सिंचाई आयोजनाबाट सिचाई गरिरहेका कोर्चाबाङ ७ का दशघर, मिनाई लगायतका स्थानीयबासीहरुले मर्मत सम्भार गर्नका लागि आफूहरुले जनश्रमदान गरे पनि आर्थिक आवश्यक पर्ने बताएका छन् । यसमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताएका छन् ।

You may also like