मिनाहीको एनसेल टावरमा बम बिफोट


समाचारदाता
कोर्चाबाङ– रोल्पा
रोल्पा जिल्लाको पश्चिम क्षेत्रको माडी गाउँपालिका–६ वडा कोर्चाबाङ स्थित मिनाही डाँडामा रहेको एनसेलको टावरमा सोमबार राति १२ः६ मा बम विस्फोट भएको हो ।
उक्त टावरमा मध्य रातमा बम बिस्फोट हुँदा टावरको संरचना भत्किएको हो । बम विस्फोट बनाएको जिल्ला प्रहरी कार्यालय रोल्पाको जानकारी दिएको छ । अहिलेसम्म बम बिस्फोट बनाउने निकायको अनुसान्धान भइरहेएको समेत बताएको छ । तर अहिलेसम्म आधिकारिक रुपमा घट्नाको जिम्मेवारी कुनै निकायले लिएको छैन । कोर्चाबाङ वाडबासीलगायत छिमेकी वडाबासीलाई टेलिफोन सम्पर्कमा सहजता भएको थियो । तर टावरमा बम बिस्फोट हुँदा सेवाग्राही प्रभावित भएका छन् ।

You may also like