एकीकृत नेपाल शिक्षक संगठन सुनछहरी गाउँपालिका कमिटीको प्रथम परिषद् सम्पन्न
जुनिश कुमार विष्ट
१६ असोज, पोबाङ ।
नेकपा (माओवादी केन्द्र) निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन सुनछहरी गाउँपालिका कमिटी रोल्पाको प्रथम पपिरषद् आज सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य एवं गाउँपालिका अध्यक्ष आशबहादुर पुनले गाउँपालिकामा शिक्षकहरुको एउटा समूहलाई सङ्ठनात्मक रुपमा ढालेर नेतृत्वदायी संगठन निर्माण गर्न सफल भएकोमा सबैलाई आभार व्यक्त गर्नुभयो । परिषदबाट महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । समाजको शिक्षित वर्ग शिक्षक नै भएकोले समाजमा अझै विश्वासको रुपमा अगाडि बढ्न प्रमुख अतिथि पुनले अनुरोध गर्भुभयो ।
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला कमिटी सचिव युवराज सुवेदी, नेकपा (माओवादी केन्द्र) सुनछहरी गाउँपालिका कमिटी रोल्पाका सचिव अमरजित पुन, नेपाल शिक्षक महासंघ जिल्ला सह सचिव जितबहादुर वली लगायतका अतिथिहरुले शुभ कामना मनतव्य राख्नुभएको थियो ।
साथै कार्यक्रममा वडाको शिक्षक संगठन अवस्था बारेमा रिपोर्ट वडा नम्बर १ सेरमबाट खिमबहादुर विष्ट, ४ नं. वडाबाट धर्मराज के.सी, ५ र ६ बाट रेगबहादुर पुन, ७ नं. वडा जेलबाङबाट मेघराज अधिकारीले राख्नुभएको थियो । प्रथम परिषद्ले लालबहादुर पुनमगरको अध्यक्षतामा एक जनापछि थप्ने गरि १५ सदस्य एकीकृत अखिल नेपाल शिक्षक संगठनको गाउँपालिका स्तरीय कमिटी गठन भएको छ । जेष्ठ सदस्य झगिन्द्र बहादुर बैजालीको अध्यक्षतामा सम्पन्न प्रथम परिषद् अधिवेशनमा एकीकृत अखिल नेपाल शिक्षकमा आवद्व शिक्षकहरुको उपस्थिति थियो ।