एकीकृत अखिल नेपाल शिक्षक संगठन सुनिलस्मृति गाउँपालिका कमिटी रोल्पाको प्रथम परिषद सम्पन्न

एकीकृत अखिल नेपाल शिक्षक संगठन सुनिलस्मृति गाउँपालिका कमिटी रोल्पाको प्रथम परिषद सम्पन्न


This image has an empty alt attribute; its file name is s5.jpg

चन्द्र रोकामगर
१६ असोज, सुलिचौर–रोल्पा
‘सम्पूर्ण मुक्तिकामी शिक्षक÷कर्मचारीहरू एक जुट होआंै’ भने मुल नाराका साथै नेकपा (माओवादी केन्द्र) निकटको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन सुनिलस्मृति गाउँपालिका कमिटी रोल्पाको प्रथम परिषद् शनिबार सुलिचौरमा सम्पन्न भएको छ ।
परिषद्को प्रमुख अतिथिमा नेकपा (माओवाद केन्द्र) का लुम्बिनी प्रदेश सदस्य तथा सुनिलस्मृति अध्यक्ष गुणेन्द्र घर्तीमगर, विशिष्ट अतिथि एकीकृत अखिल नेपाल शिक्षक संगठन रोल्पा जिल्ला कमिटी अध्यक्ष मधुसूदन पोख्रेल, अतिथिहरुमा नेकपा (माओवादी केन्द्र) सुनिलस्मृती गाउँपालिका कमिटी अध्यक्ष अध्यक्ष मनिराम बुढाथोकी, नेकपा (माओवादी केन्द्र) सुनिलस्मृति गाउँपालिका कमिटी सचिव सचिव रत्न महरा लगायतको आतिथ्यता थियो ।


This image has an empty alt attribute; its file name is s6.jpg

त्यसैगरी परिषद्ले जुपिटर कुवरको अध्यक्ष सहित २३ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ, जसमा वरिस्ठ उपाध्यक्षमा बलीराम के.सी, उपाध्यक्षहरू वुद्विराम के.सी. र पुस्पा पोखरेल, सचिव पृथ्वी बहादुर पुनमगर, सहसचिव भक्त बहादुर घर्ती, कोषाअध्यक्ष गीता के.सी, सदस्यहरुमा टोयराम रिजाल, देवेन्द्र पुन, देशान्तर महरा, हेम बहादुर घर्ती, मेघ बहादुर सेन, चुडामणी रोका, बेलमति थापा, धनमला के.सी, हिम कुमारि थापा, भुवन घर्ती, अर्जुन सिङ, होम बहादुर डाँगी, सीता के.सी, श्याम कुमार पुन, तेजमला के.सी र शङकर पुन चयन हुनुभएको छ । साथै नेपलाल पोख्रेलको सयोजकमा ८ सदस्यीय सल्लाहकार समितिमा ऋषिराज अधिकारी, ईमान थापा, हेमराज बस्याल, बलदेव गौतम, कुल बहादुर थापा, दिप बहादुर के.सी र नर बहादुर पुन चयन हुनुभएको आयोजकले बताएको छ । ऋषिराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जुपिटर कवरले गर्नुभएको थियो भने स्वागत इमान थापाले गर्नुभएको थियो ।

You may also like